शनिबार, वैशाख १५, २०८१

बेलायती शाही परिवार विवाद : “हाम्रो परिवार रंगभेदी होइन” राजकुमार विलियम

नेपाल प्लस२०७७ फागुन २७ गते २०:२१

Credit-geo.tv

बेलायती राजपरिवारभित्र बिवाद बढ्दै जाँदा पछिल्लो समयमा राजकुमार विलियमले आफ्नो मौनता तोडेका छन् । उनले राजकुमार ह्यारीले बेलायती राजसंस्थामा रंगभेद रहेको भन्ने आरोपको खण्डन गरेका छन् ।

विवाद बढ्दै जाँदा राजकुमार विलियमले आज बिहीबार आफ्नो मौनता तोडेका हुन् । आफ्नो कान्छो भाइ ह्यारीकी पत्नी मेघानले गरेका दाबीको प्रतिक्रियामा बेलायती शाही परिवार “रंगभेदी” होइन भन्दै खण्डन गरेका हुन् । ओप्रा विन्फ्रेसँग टिभीको अन्तर्वार्तामा मेघानले आफ्नै बेलायती परिवारको सदस्यले आफ्नो छोरो आर्ची जन्मिनु अघिनै वच्चाको छालाको रङको बारेमा अचम्मित मानेको, बिभेद गरेको आरोप लगाएकि थिईन् ।

“हामी वास्तवमै जातीय बिभेदी, रंगभेदी परिवार होइनौं” राजकुमार विलियमले भनेका छन् । बेलायती शाही परिवारमाथि उनका कान्छो भाइ ह्यारीकी श्रीमती मेघनले रंगभेद गरेको दाबी गरेपछि शाही परिवार जातिवादी नभएको दाबी गरेका छन् । शाही परिवारका सदस्यले गर्भवती हुँदा उनको छोराको छालाको रंगमा प्रश्न गरेको थियो भन्ने भनाई साँचो नभएको विलियमले उल्लेख गरेको भन्दै फ्रँस २४ न्युजले जनाएको छ ।

पूर्वी लन्डनको एउटा स्कूलको भ्रमणको क्रममा विलियमले ओफ्रासितको अन्तर्वार्तापछि आफ्नो भाइसँग कुरा नभएकोपनि उल्लेख गरेका छन् ।

उनलाई रिपोटरले सोधेको थियो “तपाईको परिवार जातिय बिभेदकारी,रंगभेदी हो ?” त्यसमा उनले “हाम्रो परिवार वास्तवमै जातियवादी, रंगभेदी होइन” भन्ने जवाफ दिएका छन् ।

कालो वर्णकि आमा र गोरो वर्णका बुवाबाट जन्मेकी मेघानले बेलायती शाही परिवारलाई जातीयताको पक्षधर रहेको, झूट बोलेको र आफूलाई आत्महत्याको दायरामा धकेल्ने अवस्थामा पुर्‍याएको आरोप लगाएकि थिईन् । आइतबार साँझ मार्च १० मा अमेरिकी च्यानल सीबीएसले मेघान र ह्यारीको विशेष अन्तर्वार्ता प्रशारण गरेको थियो ।

महारानी एलिजाबेथ मंगलबार मार्च १० मा मेघान र ह्यारीद्वारा शाही परिवारमाथि लगाएको आरोपमा मौन बसेकि थिइन् । तर हाल राजकुमार ह्यारी र उनकी श्रीमती मेघनलाई के भएको थियो भनेर जान्न चाहेको र त्यस घटनाबाट आफू दु: खी भएको समाचारमा उल्लेख छ । उनका छोरा विरूद्ध जातीय भेदभावको आरोप लगाएको यो घटनाबारे आफूले गम्भीरतापूर्वक लिने आश्वासन दिएको समेत जनाइएको छ ।

तपाइँको प्रतिक्रिया