शनिबार, वैशाख १५, २०८१

“शाही परिवार माथिको आरोपलाई गम्भिरताका साथ लिइने छ”: महारानी एलिजावेथ

नेपाल प्लस२०७७ फागुन २७ गते २१:००

राजकुमार ह्यारी र उनकी पत्नी मेघानद्वारा शाही परिवारमाथि लगाइएको आरोप र त्यसपछिका घटनाले आफू दुखि बनेको महारानी एलिजावेशले बताएकि छन् । “अन्तर्वार्तामा ब्यक्त जातिवादका आरोपहरूको बारेमा म दुखि छु । दरबारले तिनीहरूलाई चिन्ताजनकरुपमा मानेको छ । र ती घटनालाई गम्भीरतासाथ लिने कुरा निर्दिष्ट गर्दछ” बकिंहम प्यालेसद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

“ह्यारी र मेघानका लागि विगतका केही वर्षहरू कत्ति गाह्रो रहेछ भनेर जान्दा पूरै परिवार दु: खी छ” दरवारले आफ्नो बिज्ञप्तीमा भनेको छ “ह्यारीको दम्पती र उनका छोरा आर्चीलाई परिवारका सदस्यहरूले सधैं माया गर्छन् ।”

“राजकुमार ह्यारी र उनकी श्रीमती मेघानले लगाएको जातिवादको आरोप चिन्ताजनक छ र यसलाई गम्भीरतापूर्वक लिने छ” बकिंहम प्यालेसले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ “उठेका मुद्दाहरू, विशेष गरी जातिसँग सम्बन्धित मुद्दा चिन्ताको विषय हो । यद्यपि केही सम्झनाहरू फरक हुन सक्दछन् । तिनलाई धेरै गम्भीरतासाथ लिन्छौं र परिवारले ह्यारीको परिवारसित निजी रूपमा व्यवहार गर्ने छ”।

मेघान मार्कल र ह्यारीले बकिंहम प्यालेसका बारेमा लगाएको आरोपले अहिले विश्वभरि चर्चा पाएको छ । बेलायती शाही परिवारमा संकट उत्पन्न भएको टिप्पणीहरु भएका छन् ।

तपाइँको प्रतिक्रिया