बिहीबार, वैशाख १३, २०८१

वरिष्ठ पत्रकार सुसिल शर्मा रहेनन्

नेपाल प्लस२०७७ फागुन २८ गते १३:०१

नेपाली पत्रकारिता क्षेत्रकै एक खम्बाका रुपमा रहेका वरिष्ठ पत्रकार सुशिल शर्माको निधन भएको छ ।

ॐ अस्पतालमा उपचार गर्दागर्दै ६१ वर्षिय शर्माको आजै विहान निधन भएको हो । उनले लामोसमय बिबिसी नेपाली सेवाको नेपाल प्रतिनिधी भएर काम गरेका थिए । माओवादी द्वन्द कालको अप्ठेरो अवस्थामापनि उनले नेपालबाट निरनतर बिबिसी सेवामा महत्वपूर्ण रिपोर्ट, लेखरचना, टिप्पाणी र अन्तर्वार्ता प्रकाशन, प्रशारण गर्दै आएका थिए ।

सरकारी मुखपत्र द राइजिंग नेपाल दैनिकबाट पत्रकारिता शुरु गरेका शर्मा अंग्रेजी साप्ताहिक स्पटलाइट पछि सन् १९९६ बाट बीबीसी नेपाली सेवाको नेपाल प्रतिनिधिको रुपमा पत्रकारिता गर्दै आएका थिए ।

उनका एक छोरा र श्रीमती छन् । आज शुक्रवारनै पशुपती आर्यघाटमा शर्माको दाहसंस्कार गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया