शुक्रबार, चैत १६, २०८०

पेरिसमा कोरोना नियन्त्रणका फेरि कडा प्रतिबन्ध लाग्न सक्ने

नेपाल प्लस२०७७ फागुन २८ गते १४:२७

पेरिसमा कोरोना भाईरसका बिरामीहरुको संख्या फेरि बढेपछि स्वास्थ्य प्रतिबन्धहरुलाई कडा पार्न सकिने स्वास्थ्य मन्त्रीले बताएका छन् ।

“पेरिसको चिन्ताजनक” कोरोना भाईरसको स्थितिले नयाँ प्रतिबन्धहरूलाई सघाउन सक्छ” स्वास्थ्य मन्त्री ओलिभिय भेरँले भने ।

फ्रान्सका स्वास्थ्यमन्त्रीले पेरिसमा कोरोना भाईरस संक्रमणको अवस्था चिन्ताजनक भएकाले महामारी अहिलेको गतिमा यत्तिकै जारी रहेमा सरकारले थप प्रतिबन्धात्मक कदम चाल्ने बताएका हुन् ।

नयाँ संक्रमणहरू तीव्र रूपमा बढ्दैनन् । जबकि सघन उपचारमा लिइएका विरामीको संख्या यो डेढ महिनामा उच्च राष्ट्रिय स्तरमा पुगेको छ । फ्रान्समा नयाँ स्वरुपका कोरोना भाईरस फैलिएपछि सघन उपचार कक्षमा भर्ना हुनेको संख्या झण्डै चार हजार पुगेको छ । फ्रान्सले हाल कोरोना भाईरसको बढि खतरनाक स्वरुपको सामना गरिरहेकोपनि स्वास्थ्य मन्त्रीले उल्लेख गरेका छन् ।

“यस क्षणमा हामी के भन्न सक्छौं भने स्वरुप बदलिएका भाईरसहरु बढी संक्रामक र बढी खतरनाक छन् । त्यसले फ्रान्समा संक्रमणको दुई तिहाइ भन्दा बढी प्रतिनिधित्व गर्दछ” ओलिभिय भेरँले भने ।

उनका अनुसार नयाँ बिरामी हरेक १२ मिनेटमा एक जना पेरिसको ब्रिहद क्षेत्रमा सघन उपचार कक्षमा भर्ना भएका छन् । महामारी कतिबेला उच्च शिखरमा पुग्छ भन्ने हाल अनुमान गर्न सकिएको छैन ।

सरकारले अस्थानिय रुपमा बिभिन्न क्षेत्रमा लकडाउन गरिरहेको छ । देशको उत्तरी क्षेत्र, पेरिस, राजधानीको आसपास र दक्षेणी क्षेत्रमा लकडाउनका अनेक उपाय जारि राखेको छ । तर पेरिसको ब्रिहद क्षेत्रमा भने यस्तो लकडाउन गर्न हिच्किचाईरहेको छ ।

पेरिस क्षेत्रमा आईसीयू युनिटमा हुने व्यक्तिको संख्या १,१०० को नजिक छ । यो मार्चको अन्त्यसम्ममा १,५०० सम्म पुग्न सक्ने अनुमान स्वास्थ्य मन्त्रीको छ । यो अवस्था जारि रहे पेरिसका अस्पतालको अवस्था मार्चको अन्त्यसम्म गम्भिर हुनसक्ने उनले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक