बुधबार, साउन २०, २०७८

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

उमाईर हाक२०७७ फागुन २८ गते १७:०५

विश्वको धेरै भागका मानिसले झैं तपाईंलेपनि सायद मेघान मार्कलको अन्तर्वार्ता हेर्नुभयो । छक्क पर्नुभयो होला । तर तपाई छक्क पर्नु पर्दैन। आज विश्वमा बिस्तारै बिस्तारै असफल देश हुनुको संदिग्ध सम्मान बेलायतलाई जान्छ। यो एक यस्तो राष्ट्र हो जुन आफैंमा पूर्ण रूपले खत्तम हुँदै छ । सायद कहिले पनि ‘रिकभर’ हुँदैन। ब्रिटेन भन्दा पनि अमेरिका अझ अगाडि छ । र यसले केहि भनिरहेको छ । यो देश यति छोटो समयमा बिग्रिसकेको छ ।

धेरै पहिले बेलायत संसारको ईर्ष्या थियो । योसँग संसारको सबभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली थियो । तपाईं सडकमा हिंड्दाहिँड्दै डाक्टरको सेवा लिन जान सक्नुहुन्थ्यो । शाब्दिक रूपमा भनुपर्दा तपाईंको घरको ढोकामा विश्वको उत्तम स्वास्थ्य सेवा पाउन सक्नुहुन्थ्यो । यसमा विश्वको सबभन्दा राम्रो सार्वजनिक प्रसारक थियो – बीबीसी । मध्यम वर्ग विस्तार हुँदै गयो । धन र आनन्द बढ्दै गएको थियो । यो विश्वको सबैभन्दा सफल राजनैतिक संस्थाको हिस्सा थियो । युरोपेली युनियन र बेलायतीसँग युरोपभरि बाँच्ने र काम गर्ने अधिकार थियो जुन धेरै अमेरिकीहरूले चाहन्थे ।

बेलायतको पनि अमेरिकासँग विशेष सम्बन्ध थियो । जसलाई अमेरिका भनिन्छ – गोरापनमा समानता । आङ्लोकर्मी, मित्रता, सहयोगीहरू र साझेदारहरू थिए यि दुई देशबिच । बेलायतसँग संसारको उच्च गुणहरू मध्ये एक थियो जीवन र समय । यो एक कोमल, बुद्धिमान, न्यानो, मैत्री, र धनी समाज थियो ।

त्यो केवल … एक दशक वा दुई दशक पहिले थियो । र अब ? बेलायत एक असफल राज्य हो । यसलाई पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलेनै भनेका छन् । यो एक राष्ट्र हो कि मूर्खता, कुरूपता, घृणा, क्रूरता, अज्ञान, लोभ, जातिय भेदभाव – सबै यी ज्वलन्त प्रदर्शनमा थिए । सतहमा थिए । जब मेघान मार्कलले उनीसँग कत्ति नराम्रो व्यवहार गरियो भनेर बताइन् । त्यसलेपनि सिद्द गर्छ ।

त्यसोभए बेलायतलाई के भयो ? जे गर्नु राष्ट्रवादले गर्‍यो । यो स्वार्थ, अहंकार, विजयीपन हो । यो कट्टरपन्थी, पूर्वाग्रह, र जातिय भेदभाव पनि हो । बेलायतले आधुनिक संसारको भाग बन्न चाहेको थियो । तर समान, साझेदार र मित्रता अंगाल्न सकेन। यसले संसारमा फेरि शासन गर्न चाहान्थ्यो । र यसैले अब ……यो आधुनिक संसारको भाग रहेन । कि त यसलाई शासन गर्न कोही पनि बाँकी छैन ।

अरु कथापनि यस्तै छ । सन् २००७ मा वित्तीय संकट पछि बेलायतले भर्खरै एक कन्जर्भेटिभ सरकारको चयन गरेको थियो । तिनीहरूले जनसंख्यालाई बेवकूफ लोककथा बेचे कि तिनीहरू खत्तम भएका छन् । अलगथलग भएका छन् भनेर । र अब बेलायतले पेटी कस्नु आवश्यक छ भनेर नारा बेचे ।

आर्थिक संकटमा प्रतिक्रिया दिनु भनेको सही तरिकाको अर्थव्यवस्थालाई उत्प्रेरित गर्नु हो भन्ने कुरालाई उठाएनन् । यसको सट्टा बेलायतले जंगलीखालको, असुहाउँदो एक क्रूर पाठ्यक्रम सुरू गर्‍यो । ती सबै प्रख्यात सार्वजनिक सेवाहरू – स्वास्थ्य सेवा, बीबीसी, यस्तै अन्य सुविधा, गौरव मान्ने सेवाहरु भत्काइयो । र त्यसपछि स्पष्ट भयो बेलायतको हालत ।

बेलायतको अर्थब्यवस्थाको पिँध खस्कियो । सार्वजनिक क्षेत्रहरूको महत्वपूर्ण एक अर्थव्यवस्था सबैभन्दा ठूलो रोजगारदाता हो । वा ती मध्ये एक हो । बेरोजगारी र गरीबी बढ्यो । सरकारले जवाफ दियो, आश्चर्यजनक रूपमा अझ बढी कठोरताका साथ अगाडि बढ्ने भनेर । अहिलेको जनसंख्याले अमेरिकी अर्थशास्त्रको यो सबैभन्दा मूर्ख लोककथा, दन्त्यकथालाई विश्वास गर्‍यो । जब आर्थिक समय कठिन हुन्छ तब खर्च कटौती गरिन्छ भनियो । यो गलत गर्‍यो । हुनुपर्ने के हो भने जब आर्थिक समय कठिन हुन्छ तब पहिलेभन्दा बढि लगानी गर्नुपर्छ । तर बेलायतले ठीक उल्टो गर्‍यो ।

पूर्वानुमान गरिएको समय भन्दापनि छिटो त्यो परिणाम बेलायतमा देखियो । अर्थशास्त्रमा केहि भरपर्दो र उपयोगी निष्कर्ष मध्ये एक के हो भने वित्तीय संकट पछि देशहरू कडा, कठिन अवस्थामा पुग्छन् । अझ कडा वास्तविकता के हो भने राष्ट्रियताको चर्का कुराको उदय हुन्छ । किन ? किनभने सरकारहरू प्राय: गलत तरिकाले जवाफ दिन्छन् जनतालाई । लगानीमाथि कडाईको छनौट गर्दछन् । मानिसहरूको झन गरिब बन्छन् । त्यो संख्या बढ्छ । सामाजिक सेवाहरु काटिन्छन् । तिनीहरूको सामाजिक संवन्धहरु मर्छन् । जनता चिन्ता, त्रास र निराशामा बाँचिरहेका हुन्छन् ।
र तपाइँले यो थाहा पाउनु अघिनै असफल, उग्र राष्ट्रवादी नेताहरुले विदेशी, आप्रवासी, अल्पसंख्यकका कारण देश यस्तो भएको, बिग्रिएको, तिनले आफ्नो देशको सेवासुविधा लिएको, आर्थिक दोहन गरेकाले समस्या उब्जिएको भनेर उनीहरूको समस्याहरूको दोष अरुमाथि दिइरहेका हुन्छन् । बेलायतमा त्यहि भैरहेको छ ।

“अमेरिका र अमेरिकी पहिले !” “बेलायतीहरूका लागि बेलायत !” यस्ता राष्ट्रियताका नारा उरालिन्छन् । आर्थिक संकटको अदृश्य मुट्ठी मार्फत् आर्थिक विनाश हुन्छ, आर्थिक संकटको समाधान आर्थिक लगानीको माध्यमबाट हुन्छ भन्ने हेक्का राख्दैनन् । जब मानिसहरू गरीब हुँदै जान्छन् तिनीहरू बढि अज्ञानी, हिंस्रक, क्रूर, स्वार्थी र लापरवाह बन्छन् ।

त्यसोभए कुन अल्पसंख्यकले बेलायतीका आफ्ना समस्याहरूका निम्ति नराम्रो गरे ? अमेरिकामा मेक्सिको र ल्याटिनोहरूमाथि दोष लगाइयो । ट्रम्पले “वास्तविक” अमेरिकीको समस्याका लागि भन्दै तिनलाई बहिष्कार गरे। बेलायतमा अविश्वसनीय रूपमा ति युरोपियनहरू थिए । कर्मशिल, दयालु, नरम युरोपियनहरूले बेलायतलाई चोट पुर्‍याउन के गरेका थिए ? केहि पनि होईन । शुद्ध अर्थमा भन्नुपर्दा ईयु बेलायतको सबैभन्दा ठूलो लगानीकर्ता मध्ये एक हो । यो सबैभन्दा ठूलो व्यापारिक साझेदार, एक विश्वसनीय मित्र थियो । लाखौं बेलायतीहरू युरोपमा बस्छन् । ईयुका अन्य नागरिक बेलायत बस्छन् । यसमा के समस्या थियो त ?

त्यसमा कुनै समस्या थिएन । तर बेलायतीहरू यस विषयमा, ठूला झूटामा मूर्ख तरिकाले विश्वास लिए । ज्ञान, मेहनत त बढ्दो गरीबीको समाधान गर्न हुनुपर्ने हो । इयुका नागरिक बेलायत बस्नु, काम गर्नु कारण होइन । ती व्यक्तिहरू हाम्रा समस्याहरूका लागि जिम्मेवार छन् जो नितिनिर्माण तहमा बसेका छन्। देशको राजनिति गर्छन् । हामीले गर्नुपर्ने के थियो त ? ति गलत ब्यक्तिहरुबाट हाम्रो देशको नियन्त्रण फिर्ता लिनु पर्थ्यो !

तर गलत, असफल नेता, नितिनिर्माणकर्ताको एक नयाँ तरंगले अविश्वसनीय, पागल, असहिष्णु, झूटा कुरालाई विश्वासजन्य गरायो । बढावा दियो । त्यसैलाई समस्या समाधानको प्रकाश मानियो । फाराजेदेखि जोनसनसम्मले बेलायत- कोमल, ज्ञानी, बुद्धिमान, विस्तार बेलायतीकोलागि भन्ने एक मशाल बाले । यो राष्ट्रवादको ज्वरो सपनाले ग्रस्त राष्ट्र बन्यो । एक कुरूप, स्वार्थी, मूर्ख, र हिंसात्मक देश बन्यो ।

त्यसैले यसले ब्रेक्सिटको बाटो समात्यो । चियर्स र प्रशंसाको छनौट गर्‍यो । ब्रेक्जिटले गर्दा त्यहाँ खुशी हुनुपर्ने के थियो ? तपाईंको सबैभन्दा ठूलो ब्यापारिक साझेदार छोड्दै हुनुहुन्छ झन त्यसमा खुशि ? ब्याकअप योजना बिना चियर्स ? तपाईं आफ्नो देशलाई कसरी पोषण दिनुहुन्छ ? नागरिकलाई कुन लुगाफाटा लगाउँनुहुन्छ सोच्नुपर्दैन ? के कसैले यसको बारेमा सोचेको थियो ? सोचेनन् ।

तिनीहरू झन अगाडि बढे । अझ बढी अविश्वसनीय र विचित्र ठूला झूटामा बिश्वास गरे । “ग्लोबल ब्रिटेन” को नारा उदय हुँदै थियो । बेलायतले ईयू, एशिया, अफ्रिका र अमेरिकाको व्यापार सम्झौताको ठाउँमा प्रतिस्थापन गर्न गएको भनियो । भयो के ? के ती सबै ठाउँहरू हजारौं किलोमिटर टाढा थिएनन्? र के उनीहरूले विश्व-स्तरीय कार वा वाईन, चीज वा औषधि जस्ता चीजहरू पनि बनाए त ? कस्तो प्रकारको मुख्याइँले यी सबैमा विश्वास गर्‍यो ?

यो झुठो नारा, अवस्था देशभरिनै स्रिजना गरियो । त्यहाँ केवल अतिवादी, कट्टरपन्थीहरु मात्रै थिएनन् जसले ब्रेक्सिटलाई समर्थन गरे । आश्चर्यजनक कुरा के भने समाजवादी, वामपन्थी, सफ्टलाईनर भनेकालेपनि गरे। यसलाई ‘लेक्जिट’ भनियो । अर्थात् लेफ्टिस्टहरुलेपनि समर्थन गरेकाले लेक्जिट । बामपन्थीहरुलेपनि यी सबै कथाहरू, यी मिथकहरूको अनुशरण गरे । आफ्नै नितिमा थप्दै लगे । ईयुसित सँगै रहन आवस्यकै छैन भनियो ।

युरोपेली युनियन विश्वको सबैभन्दा ठूलो सामाजिक प्रजातन्त्र भएको भूमी थिएन ? सामाजिक प्रजातन्त्रको इतिहासकै सबैभन्दा सफल उदाहरण भएको भूमी होइन युरोप ? के यो २७ राष्ट्रहरूले मिलेर सामुहिक निर्णय गर्ने इकाई होइन ? संयुक्त रूपमा निर्णय लिँदै एक अर्कामा लगानी गर्न, आफ्ना सबै मानिसहरूलाई आधारभूत सार्वजनिक सम्मान र मानव अधिकार दिने थिएन ईयु ?

तर बेलायती वामपन्थीहरु मूर्खपनि यति दयनिय मूर्ख थिए कि यो देख्न सकेनन् । ति पनि राष्ट्रवादको ज्वरोको सपनाले अन्धा भए । “हामी ईयूका ती दुष्ट पूँजीवादीहरूबिना साम्यवादी यूटोपिया निर्माण गर्न सक्दछौं !” यस्तो सोचे । ए मूर्खहरू ! ईयु इतिहासको सबैभन्दा ठूलो उदाहरण हो जुन बामपन्थीले हासिल गर्न सक्छ । यो सम्पूर्ण महाद्वीप हो जहाँ मानिसहरूसँग स्वास्थ्य सेवा, सेवानिवृत्ति, शिक्षा, आय, आवास, आधारभूत मानव अधिकारको रूपमा छ । कार्ल मार्क्स जिवित भएको भए छक्क पर्दा हुन् । गर्व गर्दा हुन् । तर अहंकारी, अबुझ, अशिक्षित, अयोग्य, र सुस्त ब्रिटिश बामको लागी त्यति राम्रो थिएन । इतिहासको सबैभन्दा ठूलो सामाजिक लोकतान्त्रिक परियोजना बनाएर देश निर्माण गर्ने अवधि र मौका गुमाए । बेलायती बामहरु यति दर्दनाक खालका मुर्ख थिए कि यसले अतिवादी, राईटिसको ठूलो झूटलाई विश्वास गर्‍यो । यो कति अचम्मको कुरा हो ?

सबैभन्दा ठूलो समस्या राष्ट्रियता, राष्ट्रवाद पनि हो । राष्ट्रवाद भन्छ: “हामी आफैंमा उत्तम छौं । हामी उनीहरू भन्दा राम्रो थियौं र छौं । हामी सबैसँग प्रतिस्पर्धी हुनुपर्छ । साथीहरू केहि होइनन् बरु ति विरोधीहरू हुन् । हामीले केवल आफ्नै लागि काम गर्नुपर्छ । हाम्रो मात्र प्रेरणा लोभ र स्वार्थ छ । हामी आक्रामक, क्रूर र विरोधी अरुकालागि । हामीले फाइदा मित्रता र समुदायको सामु राख्यौं । तर त्यो कुनैमा पनि सत्य छैन । यसलाई केले प्रमाणित गर्दछ ? ईयुले गर्छ । यो एक समाजको रूपमा बेलायत वा अमेरिका भन्दा बढी सफल छ । यूरोपीय चमत्कार- यस्तो छ कि व्यक्तिले इतिहासमा उच्चतम जीवन स्तरको आनन्द लिइरहेका छन्, एक जीवनकालमा । तिसित शक्तिशाली वास्तविकता छ । यसबाट प्रमाणित हुन्छ कि राष्ट्रवाद नै सबै भन्दा ठूलो झूट हो ।

चिन्ता नलिऊँ । बेलायतले स्वयं विनाशको बाटो छनौट गर्यो । समस्त मार्गहरू बन्द गरेर ।

त्यसोभए अहिले कस्तो छ बेलायतको अवस्था ? यो त्यस्तो स्थान हो जहाँ एक मिश्रित-रेड महिला राजकुमारी हुनसक्छिन् तर खुला ठाउँमा दुर्व्यवहार गरिन्छ ।

यदि तपाइँ लन्डनमा बस्नुहुन्छ भने तपाइँलाई यो थाहा नहुन सक्छ । तर तपाइँ चाँडै नै अमेरिकी शैलीको स्वास्थ्य सेवा बिलहरू प्राप्त गर्नुहुन्छ । यो किनभने लन्डनमा जीपी अभ्यासहरू एक अमेरिकी स्वास्थ्य बीमालाई बेचिन्छ । त्यो अमेरिकीहरूलाई बकवास बनाउन गइरहेको छ । किनभने यो पागलपन हो । बेलायतीले थाहा पाउँदैन कि तिनीहरूलाई के भयो । जब उनीहरूले बिल लिन्छन् अनि भन्छन् “४००० डलर एउटा एक्सरे को लागी ।” तर खास कुरो त्यहि हो । किनकि अमेरिकी स्वास्थ्य बीमाकर्ताहरू मानव दयाको लागि त्यो काम गर्दै छैनन् । पैसाको लागि गर्दै छन् । अमेरिकी शैलीको स्वास्थ्य सेवा छनौट गर्ने ति लाटा हुन् । किनभने विश्वमा सबैभन्दा राम्रो स्वास्थ्य प्रणालीको भएको बेलायतको बावजुद तिनले अमेरिकी प्रणालीको सेवा लिन्छन् ।

त्यसोभए ब्रेक्सिटका नतिजाहरू के हुन् ? भर्खर, बेलायती ट्रक संघको प्रमुखले खराब तथ्यांकहरू सार्वजनिक गरे । ट्रकहरू आधाभन्दा बढी खाली थिए । किनकि जहाँ स्वतन्त्र व्यापार हुन्थ्यो त्यहाँ अब रातो टेप लगाएको थियो । साना, मध्यम र ठूला व्यवसायहरूले सामान पठाएका थिएनन् । किनभने रातो टेप- भन्सारका फार्महरूमा ठूलो संख्यामा लगाउन महँगो थियो । त्यसका सिमा, कर्तव्य र शुल्कहरू त्यसभन्दा अझै अलग्गै तिर्नुपर्थ्यो ।

भन्सार समस्यामा नदेखिएको सरकार टिभीमा पुग्यो । बिरोधाभाषपूर्ण संख्याहरू देखायो, यति भयो उति भयो, राम्रो भयो भन्दै । त्यसपछि तथ्यांक विभागकाका प्रमुखले भने “हे, तपाईले यी संख्याहरू कहाँबाट ल्याउनु भयो ? यो कसैलाई थाहा छैन । के तिनीहरू वास्तविक हुन् ?” कसैले जवाफ दिएन ।

बेलायती अर्थतन्त्र हार्ट अट्याक हुने अवस्थामा रहेको छ । व्यापार र अर्थशास्त्रमा अचानक रोकावटको रूपमा पुग्दै छ । कसैलाई थाहा छैन के हुँदै छ । खालि यत्ति थाह छ, यो डरलाग्दो छ। कसैले ठ्याक्कै कति डरलाग्दो भन्न सक्दैनन् । किनकि सरकार पुस्तकहरू पकाउन व्यस्त छ । त्यसैले यो यत्तिको भयावह रूपमा छ भन्ने देखिँदैन । अझै पत्याउनुहुन्न भने अब युरोपबाट केहि अर्डर गर्नुहोस् बेलायतमा । तपाईंले यसलाई सजिलै प्राप्त गर्न सक्नुहुन्न । यो किनभने व्यापार एकदम महँगो भएको छ । त्यसैले युरोपबाट धेरै सामान पठाउँदैनन् बेलायत । बेलायतसित मात्रै गरिने व्यवसायमा इयुका देशको चासो र चाख घट्दो छ ।

त्यसोभए बेलायतीले सामाना कहाँबाट ल्याउँछन् त ? सजिलो उत्तर : पाउनेनै छैनन् । धेरै सामान बेलायतमा बन्दैन । गर्मी यामसम्ममा सायद भण्डार गरेको सामान रित्तिने छ । एक पटक भण्डारहरू रित्तिएभने धेरै चीजहरू बिनानै टार्नुपर्ने हुनसक्छ बेलायतीले । युरोपेली खाना, रक्सी, औषधि हुने छैन । बेलायती सरकारले भर्खर युरोपियन पानीलाई प्रतिबन्धित गर्ने प्रस्ताव गर्यो । हेर्नुस्,यी मूर्खहरू कति कट्टर छन् । औसत व्यक्तिको जीवनको स्तर बृहत्तर रूपमा खस्कँदैछ । रोजगारी पनि यस्तै छ । किनभने युरोपेलीहरूले पनि सामान बेलायतबाट किन्ने छैनन् ।

अमेरिकाले आफू स्मार्ट देखिन के गरेन ? कम्तिमा तुलना गरेर त हेर्नुपर्छ । कोही पनि आज बेलायत भन्दा संसारमा निन्दा गर्न लायक छैन । नेशनल हेल्थ सिस्टम, बीबीसीलाई बिगारेर अमेरिकी शैलीको स्वास्थ्य सेवा र मीडिया छनौट गर्ने बेलायती भन्दा मूर्ख कोहि हुन्न । दर्दनाक अवस्था र दु:खको कुरा के भने आफ्नै सरकारले गरेका गल्तीहरूका लागि सबैभन्दा राम्रो मित्र र सबैभन्दा ठूलो ब्यापारिक साझेदारलाई बलि चढाउन तयार हुने अति मूर्ख बेलायती बाहेक अरु हुन सक्दैन । र त्यसपछिपनि एक राम्रो सरकार छनौट गर्नुको सट्टा यसको साथीसँग संवन्ध विच्छेद गर्ने बेलायतीबाहेक को होला अरु ? आर्थिक विनाशमा डुबिरहनु, बेरोजगारी, गरीबी, अभावै अभाव निम्त्याइरहेका छन् बेलायतीले । यो समस्या दशकौं जाने छ आउने पिढिहरु पिडित हुने छन् ।

गोर्डन ब्राउनले बेलायत एक असफल राज्य बन्न गैरहेको छ भन्दा ठट्टा गर्दै थिएनन् । त्यसोभए बेलायतलाई के बनायो त ? तपाईंले टिभीमा देख्नुभयो । मेघानले सामना गर्नुपर्‍यो । ति सबै कुरा उल्लेख गर्नुपर्‍यो । घृणाको पुरानो विषाक्त दृष्टिकोण बाहिर ल्याईन् । अहंकार छताछुल्ल भयो । हामी तपाईको नस्ल भन्दा राम्रो छौं । स्वार्थ, सर्वोच्चता, जातिवाद, कट्टरता बाहिरियो । उनीहरूले मेघान मार्कललाई घृणा गरे । र तिनीहरूले युरोपलाई घृणा गरे ।

त्यसोभए को मन पर्छ त बेलायतीलाई ? उत्तर : कोही पनि मन पर्दैन । उनीहरु सोच्छन् कि बेलायतीहरु सबै भन्दा असल छन् । अरुमाथि शासन गर्न योग्य छन्। साम्राज्यमा छोडेको सबै चीजहरू छन् । तर सत्य के हो भने बेलायतले अब संसारको स्वामित्व लिन सक्दैन । त्यो छैन बेलायतसित । बेलायतकैपनि धेरै स्वामित्व छैन बेलायतीसित । जति अरब र चिनियाँसित छ त्यति छैन । यो साम्राज्य होईन । त्यो पुरानो मानसिकता, घृणा, वर्चस्व, अहंकारको व्यवहार र आजको दिन के उस्तै छ ? तिनीहरूको त्यो सबै गलत काम आत्म-विनाशको नेतृत्व गर्नेका लागि हो ।

सर्वोच्चता – जुन वास्तवमा राष्ट्रवाद हो । बेलायतलाई यसले उत्प्रेरणामा डोर्यायो । यती छिटो कि यसले आफ्नै पूर्व प्रधानमन्त्रीहरूलाई त्रसित बनाएको छ । उनीहरु डराउँछन् । अलमल्ल छन् । र छक्क परेका छन् । सरकार अझै पनी दुई अंकको अर्थात् दोहोरो नेतृत्वमा छ । चाँडै परिवर्तन हुँदै छैन । सायद कहिले पनि परिवर्तन हुने छैन । राष्ट्रियता – यसको कुरूपता, घृणा, नस्लवाद, स्वार्थ, लोभ, विषाक्तता – बिग्रिएको बेलायत यहीं छ। यहाँका मानिसहरूले केही पनि सिकेका छैनन् ।

त्यो दुनियाँको लागि एक पाठ हुनु पर्छ । एक दुखद, सायद हाँस्यास्पद शिक्षा । सायद कसैलाई मिल्नसक्छ । दु:खी, अनौंठो, मूर्ख संसारको कुरुप देशको कथा हो यो । यो बस्नको लागी संसारको एक उत्तम ठाउँ थियो कुनै बेला । यसले केवल २० वर्षमा नै त्यो सबै गुण नष्ट गर्यो । यति पूर्ण रूपमा नष्ट गर्‍यो कि फेरि कहिल्यै पनि त्यस्तै उत्तम ठाउँ नबन्न सक्छ ।

(मेडियम डेली डाईजेस्टमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक