शुक्रबार, वैशाख ७, २०८१

महाधिवेशन गर्ने बहानामा ‘बिरोधी खेमा खारेज’

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन २८ गते २२:१९

Credit- Nepal24hours.com

पार्टीको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने बहानामा सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका पदाधिकारीलाई खारेज गरेका छन् ।

ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एकपक्षीय रुपमा यो निर्णय बाहिर ल्याएको हो । माधवकुमार नेपाल पक्ष सहभागी नरहेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय लिएको छ ।

ओली पक्षले पदाधिकारी र केन्द्रीय कमिटी खारेज गरेर महाधिवशेन तोकेपछि एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बसेर अब पार्टी एकता असम्भव रहेको सन्देश दिएको छ । कमिटि बैठकमा झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरू सहभागी थिए ।

ओलीको यो एकल निर्णयलाई केन्द्रिय नेता र हालसम्म स्वतन्त्र देखिएका बामदेव गौतमले चर्को रुपमा बिरोध गरेका छन् । उनले भनेका छन्—‘ यो कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नै नसक्ने, गर्नै नहुने काम हो । यसलाई मैले चरम अराजकताको नमूना ठान्छु ।केपी ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।’

नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् । सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो जसलाई ओली पक्षले खारेज गरेको छ ।

अदालतको पछिल्लो फैसलापछी नेकपा एमालेलाई पहिलेको अवस्थामा फर्काउन अध्यक्ष ओलीलाइ गतिलो अवशर जुरेको थियो । तर भर्खरै गरिएको निर्णयले नेपाल कम्युनिष्ट पार्टी एमाले दोस्रो पटक फुटको संघारमा पुगेको छ । अदालतले पार्टी एकिकरण सम्बन्धी निर्णय सुनाएपछी हौसिएको ओली समुह ठ्याक्कै यो अवस्थासम्म पुग्ला भनेर आँकलन गरिएको थिएन । हुन त बामदेव गौतमले भनेका छन- “कम्युनिष्ट पार्टीको अध्यक्षले गर्नै नहुने कदम हो यो” ।

सारमा हेर्ने हो भने कम्युनिष्ट पार्टीको एउटा नेताले गर्ने ठ्याक्कै यही हो- आफ्ना दुस्मनको सफाया जुन अध्यक्ष ओलीले चालेको कदममा स्पष्ट देख्न सकिनछ । तर झलनाथ-नेपाल समुहले आफ्नो समुहको केन्द्रिय कमिटी बैठक बोलाएर आफ्नो सफाया गर्न कसैको हिम्मत नभएको संकेत दिएको छ । यो समुहले पनि चैतको पहिलो साता राष्ट्रिय भेलासमेत डाकेको छ । यसले आगामी केही दिन एमाले भित्रको शक्ती प्रदर्शन पुर्ववत अवस्था जस्तै देखिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक