शुक्रबार, चैत १६, २०८०

ईटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख, सोमवारदेखि फेरि लकडाउन

नेपालप्लस संवाददाता२०७७ फागुन २९ गते १९:०८

कोरोना भाईरसको तेस्रो लहरको सामना गर्न ईटालीले सोमवारदेखि फेरि लकडाउन गर्ने भएको छ । दोस्रो लहरपछि ब्यापारहरु खुला राखेको ईटालीले देशका धेरै भूभागमा स्कूल, अत्यावस्यक वस्तुका ब्यापारिक क्षेत्रबाहेक सबै बन्द गर्दै लकडाउन गर्न लागेको हो ।

महामारीको तेस्रो छालको सामना गरिरहेको इटालीका अधिकांश भाग सोमबारदेखि फेरि सीमित हुने इटालीको स्वास्थ्य मन्त्रालयले शुक्रबार घोषणा गरेको हो । तेस्रो महामारी लहर रोक्नको लागि स्कूल, बार र रेष्टुरेन्टहरू बन्द हुनेछन् । तेस्रो लहरले ईटालीका अस्पतालहरुलाई फेरि भरिभराउ पार्ने आँकलन गरिएको छ । यसका साथै सरकारका प्रमुख मारियो ड्रगीले महामारीसुरु भएको एक वर्ष भन्दा बढी समयपछि इटालीले संक्रामकताको नयाँ छालको सामना गरिरहेको बताएका छन् । उनले सबैभन्दा ठूलो सावधानीका लागि आह्वान समेत गरेका छन् ।

स्वास्थ्य संकट सुरु भएको एक वर्ष भन्दा बढी समयपछि दुर्भाग्यवश हामीले संक्रमणको नयाँ लहरको सामना गरिरहेका छौं” उनले रोमन एयरपोर्टमा खोप केन्द्रको उद्घाटनका बेला बताए ।

इटालीको सबैभन्दा अधिक जनसंख्या भएका क्षेत्रहरू विशेष गरी लोम्बार्डी, देशको आर्थिक केन्द्र र रोमको क्षेत्र लाजियोलाई “रेड जोन (उच्च जोखिम)” को रूपमा वर्गीकृत गरिनेछ । यो क्षेत्रमा विद्यालयहरू बन्द हुनेछन् । साथै बार र रेस्टुरेन्ट बन्द् हुनेछन् । यात्रा अनुमति काम गर्ने प्रक्रिति हेरेर दिइने छ । आधारभूत आवश्यकताहरूको खरीद र स्वास्थ्य आपतकालिनस्थितिमा बाहेक अन्य क्षेत्र बन्द गरिने छ ।

लाजियो र लोम्बार्डीको बाहेक,इमिलिया रोमाग्ना (बोलोन्याको क्षेत्र), पिडमन्ट (तुरिन), भेनेटो (भेनिस), फ्रुली-भेनेजिया गिउलिया, त्रेन्तिनो, मार्चे (उत्तर क्षेत्र) लाईपनि रेड जोनमा राखिएको छ ।

यी क्षेत्रहरूसँगै क्याम्पानिया र मोलिसेमालाईपनि सामेल गरिने छ । देशको दक्षिणमा पर्ने क्षेत्रहरू पहिले नै ‘रेड जोन’ मा वर्गीकृत गरिएको छ।

मारियो ड्रेगीको सरकारले शुक्रबार मन्त्रीहरूको काउन्सिलमा सोमबार मार्च १५ देखि अप्रिल ६ सम्मका लागि नयाँ कोविड प्रतिबन्धका उपायहरू अपनाउने निर्णय गरेको हो । विशेष गरी प्रति हप्ता २५० भन्दा बढी नयाँ विरामी दर्ता गर्ने क्षेत्रहरू स्वत: रेड जोनमा पर्ने निर्णय गरेको छ ।

रेड जोन (रातो) वर्गीकरण गरिएका क्षेत्रमा धेरै महिना देखि लागू गरिएको रंग कोड अनुसार स्कूल, कलेज, उच्च माध्यमिक विद्यालय र विश्वविद्यालय, बार र रेस्टुरेन्टहरू टेक अ वे बाहेक बन्द हुनेछन् ।

त्यसैगरि इस्टर सप्ताहन्तको लागि (अप्रिल ३,४ र ५) का दिन सम्पूर्ण ईटालीभरिनै रेड जोनका रुपमा वर्गीकृत हुनेछ ।

यस हप्ता महामारीको कारण ईटालीमा मर्नेको संख्या एक लाख भन्दा बढि भएको छ । फ्रान्समा भने हाल कोरोनाबाट ८९ हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । यस्तो मृत्यु मुख्यतया कोरोना भाईरसको बेलायती स्वरुपका कारणबाट भएको दाबी गरिएको छ । शुक्रवार ईटालीमा २४ घण्टा भित्रै २६ हजार संक्रमित भएका छन् र तिन सय ७३ जनाको ज्यान गएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक