बिहीबार, चैत १५, २०८०

देशको राजनीति देउवाका ज्योतिषको अघिपछि, ‘को हुन् सुरेशचन्द्र रिजाल ?’

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन २९ गते २१:५३

आफ्ना ज्योतिष सुरेसचन्द्र रिजालसित देउवा

राजनीतिक खिचातानी र अनिश्चयको खेलकुदमाझ फेरि उही पात्रको नाम चर्चामा आएको छ— शेरबहादुर देउवा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवा फेरि पनि र ७ पटकसम्म देशको प्रधानमन्त्री हुने घोषणा गरेर देउवासँगै अर्का पात्र पनि चर्चामा छाएका छन् । ती हुन्— दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजाल ।

सत्तारुढ नेकपा पार्टीभित्रको भाँडभैलो र जारी राजनीतिक अस्थिरताका माझ शनिबार मात्रै नेता देउवा पुन कांग्रेस नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बन्न लागेको टुंगो भएपछि सुरेशचन्द्र रिजालको नामसमेत छाएको हो । तत्कालको संभावनमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनले अबको नयाँ सरकारले बनाउने टुंगो लाग्नै लागेका बेला देउवाका निजी ज्योतिष रिजालकहाँँ अरु दलका नेता र आसेपासेहरु पनि हात हेराउन जान थालेका छन् ।

यी ज्योतिषीले २०७४ सालमैं देउवा पुन: प्रधानमन्त्री हुने र यो क्रम ७ पटकसम्म प्रधानमन्त्री रहने दावी गरेका थिए । देउवा यसअघि सन् १९९५, २००१, २००४ र २०१७ मा प्रधानमन्त्री भैसकेका छन् । ७४ बर्षिय देउवाको शासनशैली र उपलब्धीमा खासै परिणाम नदेखिएपनि ग्रहदशा र नक्षत्रले उनलाई ‘साइत पारिरहेको’ देखिन्छ । ज्योतिषी रिजालले अहिले कुम्भ राशी एकदमैं बलवान बनेर आएको र यही कारण कुम्भ राशीका देउवाको ‘दिन फिरेको’ बताएका छन् ।

देउवाका ज्योतिष रिजाल

अहिलेका प्रधानमन्त्री ओलीको राशी भने मकर हो, जुन अस्ताउने बेलामा पुगेको ज्योतिषीको दावी छ । चैत महिनाभित्रमा देउवा प्रधानमन्त्री बन्ने दावी गरे पनि देशमा रहेको अस्थिरता भने २०७८ को अन्तयसम्मै जारी रहने ज्योतिषीले जनाएका छन् ।

संयोग पनि कस्तो छ भने हिजोसम्म अहिलेको असहज परिस्थितीमा सरकारमा जानुहुन्न भनिरहेका नेपाली कांग्रेसका नेताहरु शनिबारदेखि ‘देशलाई ओलीकरणबाट जोगाउन कांग्रेस सत्तामा जाने’ बताउन थालेका छन् । कांग्रेसका युवा नेता गगन थापादेखि पार्टीमा देउवा बिरोधी खेमामा रहेका नेता रामचन्द्र पौडेलसम्मले देउवा नेतृत्व सरकारको पक्षमा लबिङ गर्दै हिंड्न थालेका छन् ।

कतिसम्म भने जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टरााई समेत देउवाको पक्षमा मन्तव्य दिंदै हिड्न थालेका छन् । भट्टराईले हालै गोर्खामा आयोजित एक समारोहमा भनेका छन्—‘ओली र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन् । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्छु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदमा सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ, अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ।’

आश्चर्य यो छ कि प्रधानमन्त्री देउवाका बारेमा गरेको भबिष्यबाणी मिल्न लागेको स्थितीमैं ज्योतिष सुरेशचन्द्र रिजाल एक सेलिब्रेटी झैं भएका छन् । शुक्रबार मात्रै रिजालकहाँ हात हेराउन गएका नेकपाका केही पुराना नेताहरुको गतिबिधि र सरोकार थाहा पाएर देउवाले एक सूचनाबाहक मार्फत भनेका रहेछन्— सुरेशचन्द्रजीले कम्तिमा ओली सरकार नहटिन्जेल र मेरो नेतृत्वमा अर्को सरकार नबनिन्जेल केही नबोलिदिउन्, कतै कसैलाई नभेटुन् पनि ।

तपाइँको प्रतिक्रिया

फेसबुक