शुक्रबार, चैत १६, २०८०

भैंसी चढेर प्रहरी गस्ती

नेपाल प्लस२०७७ चैत १ गते ५:०५

photo credit-Fernando Sette/CATERS NEWS, via FB page BURST

‘बफेल्लो पोलिस’ । अर्थात् ‘भैंसी प्रहरी ।’ ब्राजिलको माराजो टापूमा भैंसी सिपाहीहरु प्रसिद्द छन् । हो, यो पर्यटकिय क्षेत्रका प्रहरीहरु भैंसीमा चढेर गस्ती गर्छन् । उनीहरु ‘वाटर बफेल्लो’ (भैंसी) मा चढेरै ब्रजिलको माराजो टापूका सडकमा गस्ति गर्छन् । त्यहाँ प्रसिद्द कलाकार बम बार्लीका प्रशंसकहरुको भिड लाग्छ । तिनलाई खुशि पार्न त्यहाँका प्रहरीहरुले भैंसी चढेर गस्ति गर्दै आएका छन् ।

भैंसीमा सवार यि दुई सैनिक प्रहरीको फोटो फोटोग्राफर फर्नान्डोले हालैको अवलोकनका क्रममा खिचेका हुन् ।

यो माराजोको सैन्य प्रहरीको लागि परम्परागत तरिका हो । ‘यि ढिला, सुस्त, मस्तिवाल जनावरमा सवार हुनु यहाँको पुरानो शैली हो’ उनले काटर्स न्युजलाई भने ।

ब्राजिलको उत्तरी तटमा रहेको माराजो टापू आकारमा स्विजरल्याण्ड जत्रै छ । यो टापूमा करिब चार लाख ५० हजार भैंसी पालिन्छन् । यहाँ मानिसको भन्दा जनावरको संख्या बढि छ । प्रहरीहरुलाई नबोकेको बेला त्यहाँका भैंसीले कृषि उपकरणहरू बोक्दछन् । तिनलाई दुध र मासुकालागि पनि प्रयोग गरिन्छ ।

“यो एक पर्यटक आकर्षणको वस्तु भएको छ” फोटो ग्राफर भन्छन् “तर यो सुरक्षालाई सुदृढीकरण गर्ने र स्थानीय जनताको संस्कृति कायम गर्ने उद्देश्यले सुरू गरिएको हो ।”

त्यस टापूमा साना, साँघुरा गल्लीहरु भएकाले छिटो जान नसकिने । गाडी अनुपयुक्त हुने र बिस्तारै यताउति हेर्दै गस्ति गर्न सजिलो हुने भएकोले भैंसीमा गस्ति गर्न थालिएको स्थानिय भनाई छ । भैंसीमा गस्ति गर्दा कम खर्चिलोपनि हुन्छ ।

मासु, दुध खान हुने र गस्तिकालागिपनि काम लाग्ने हुनाले भैंसीलाई धेरै चिजमा प्रयोग ल्याउन सकिएको भनाईसम्ते तिनको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक