बिहीबार, वैशाख ६, २०८१

गोपीको ‘काँचो कागज’ बजारमा

नेपालप्लस समाचारदाता / लण्डन२०७७ चैत १ गते १३:३८

नेपाली कविता र नाटक लेखनमा सक्रिय गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ प्रकाशित भएको छ ।

उपन्यास प्रेम, आशक्ति र आध्यात्मको विषयमा छ । बि।सं २०४४ सालको परिवेशबाट शुरु भएको उपन्यासको कथा बि।सं। २०८८ मा टुङ्गिएको छ । उपन्यासको बारेमा गोपीले भने, ‘यो उपन्यास मैले वास्तविकताको धरातल र कल्पनाको आकाश बीचको क्षितिजमा बसेर लेखेको हुँ । त्यसैले उपन्यास कतै यथार्थजस्तो लाग्नेछ, त कतै काल्पनिकजस्तो लाग्नेछ ।’

‘काँचो कागज’ भन्दा पहिले गोपीका कविता र नाटकका आठ पुस्तक प्रकाशित भइसकेका छन् । उनी बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय छन् । उनको लेखनमा नविनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रुपमा परिचित गोपीको उपन्यासको बारेमा धेरै पाठकहरुले चासो राखेको पाइएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो ।

तपाइँको प्रतिक्रिया