शुक्रबार, वैशाख १४, २०८१

पेरिस क्षेत्रमा कोरोनाको अवस्था एकदम तनावपूर्ण

नेपाल प्लस२०७७ चैत २ गते १७:०९

फ्रान्सका प्रधानमन्त्री जँ कास्तेक्सले पेरिस क्षेत्रमा कोरोना भाईरसको अवस्था अत्यन्तै तनावपूर्ण रहेको बताएका छन् ।

कोरोना भाईरसको अवस्थाका बारेमा सरकारी धारण र अवस्थाबारे सार्वजनिक गर्न आयोजित प्रेस सम्मेलनमा कार्तेकले यस्तो बताएका हुन् ।

कोरोना भाईरस संक्रमणका घटना बढ्दै गएपनि राष्ट्रपति एमानुएल माख्रोंको प्रशासनले नयाँ राष्ट्रिय तालाबन्दी घोषणा गरेको छैन । निस र डुन्कर्क जस्ता ज्यादै प्रभावित शहरहरूमा स्थानीय स्तरमा कडा कदम चालिएको छ । तर पेरिसलाई भने अहिलेसम्म थप कडा पारिएको छैन  ।

“म सबैलाई र विशेष गरी राजधानीमा बस्नेहरुलाई अत्यन्त सावधान रहन, मास्क लगाउन र सामाजिक दूरीको सम्मान गर्न आह्वान गर्दछु । यसको उद्देश्य अस्पतालहरुमाथि पर्नसक्ने भारलाई कम गर्ने भनेको हो” कास्तेक्सले पेरिसमा अस्पताल भ्रमणको बेला भने ।

कोरोना भाईरस संक्रमित भएर हाल सघन उपचार कक्षमा भर्ना हुनेको संख्या चार हजार पुगेको छ । गत नोभेम्बरपछि यति माथि पुगेको पहिलो पटक हो । पेरिस क्षेत्रमा मात्रै सघन उपचार कक्षमा एक हजार एक सय कोरोनाका विरामी भर्ना भएका छन् ।

पेरिस र वरपरको क्षेत्रमा, स्वास्थ्य सेवा अधिकारीहरुले सघन उपचार कक्षहरु अधिक भारको नजिक पुगेको बताएका छन् ।

प्रधानमन्त्री कास्तेक्सले पेरिस वरपरको इल द फ्रँस यो सप्ताहन्तमा कोरोना भाईरस बिरुद्दको खोप लगाउन तिब्रता दिने बताएका छन् । उनले थप २५ हजार खोप ल्याइने उल्लेख गरे ।

फ्रान्सको खोप कार्यक्रमलाई प्राविधिक अवरोध र खोप निर्माताहरूले आपूर्ति गर्नमा बाधा पुर्‍याएको छ ।

फ्रान्सेली प्रधानमन्त्रीले सरकारले अप्रिल  १५ सम्ममा करिब १ करोड जनसंख्यालाई खोप लगाउने अपेक्षा गरेको तर ल्याबहरुले संझौअत अनुरुप खोप बितरणमा ढिलाई गरिदिएको गुनासोसमेत गरेका छन् ।

फ्रान्समा हालसम्म ४० लाख ४५ हजार तिन् सय १९ जनामा कोरोना भाईर संक्रमित भैसकेको छ भने ९० हजार तिन सय १५ को म्रित्यु भएको छ ।

तपाइँको प्रतिक्रिया