शुक्रबार, चैत १६, २०८०

सर्वदलिय बैठकमा के भन्लिन राष्ट्रपती भण्डारीले ?

नेपालप्लस संवाददाता२०७७ चैत २ गते २२:३५

राष्ट्रपती बिद्यादेवी भण्डारीले मंगलवार सर्वदलिय बैठक बोलाएकी छन । सामान्य रुपमा हेर्दा राष्ट्रपतीले बोलाएको यो बैठक साकारात्मक नै देखिन्छ । तर बैशाख ८ यताका १० महिनालाई हेर्ने हो भने राष्ट्रपतीको यो आब्हान हाँस्यास्पद मात्रै होइन हतास मानशिकताको अन्तिम अस्त्र जस्तो देखिन्छ । १० महिना यताका अनेक खालका कपटी युद्दहरुमा जित हाँसिल गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जितको यात्रा टुङ्गिएको छ ।

नेपालको राजनीतिमा नसोचेको तरंग र जालझेलको श्रृङ्खला सुरु भएपछि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली एकैपटक थाकेको संकेत देखा पर्न थालेको छ । तर पनि यती ठुलो तिक्डम पछी थिग्रिएको प्रधानमन्त्री पद अनयासै गुमाउने पक्षमा ओली छैनन् । सर्वदलिय बैठक प्रधानमन्त्री पद जोगाउने अन्तिम तिक्डम हो । पछिल्ला महिनाहरुमा धेरै पटक यस्ता घटना, दुर्घटना जे भनिए पनि नेपाली राजनीतिमा भएका थिए । ति चाहे अध्यादेशमा मोहर लगाउेन हुन या मध्यावदी निर्वाचनको सिफारिसलाई सदर गर्ने हुन बिद्यादेवी भण्डारीले आधा दर्जन पटक सर्वदलिय बैठक बोलाउने अवशर गुमाएकी छन । उनले त्यस्ता कुनै पनि विषयमा अन्य दलका नेताहरुसँग छलफलमा साक्षत्कार हुन चाहिनन । अब परिस्थिती अली फेरिएको छ, सम्भवत: केपी ओलीका चाल सकिएका छन । र यो एक्का देखाउने अन्तिम चाल हुनसक्छ । तर पनि त्यत्रा दलका नेताहरुलाई कुर्सीमा बसालेर के भन्लीन राष्ट्रपती भण्डारीले ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका र एमाले पार्टीकै प्रधानमन्त्रीका रुपमा उभिएका ओलीले पुर्नस्थापित संसदमा अविश्वास प्रस्ताव सामना गर्नुपर्ने स्थिती आइसकेको छ । यहीबेला प्रधानमन्त्री समेतको सुरक्षा–कवचका रुपमा चिनिएकी राष्ट्रपति भण्डारीले यो अन्तिम घडीमा सर्वदलीय बैठक बोलाएर ओली कदमको पक्षपोषण गर्नु खासै नौलो कुरो रहेन । र यसबेला राष्ट्रपती आव्हानको अनेक कोणबाट समीक्षा सुरु भएको छ । किनभने स्वयम प्रधानमन्त्री एवं नेकपा अध्यक्ष (तत्कालिन एमाले) ओलीको ब्यबहारका कारण अब माधव नेपाल गुट एमालेको ओली गुटमा नमिसिने टुंगोप्राय भैसकेको छ । बरु सांसद पद त्याग गर्नका लागि नेपाल गुटका ५० भन्दा बढी सांसद तयार भैसकेको अवस्थामा अन्तिम रक्षाकवच बनेर राष्ट्रपति भण्डारी सामुमा देखा परेकी हुन् ।

मंगलबार अपरान्ह राष्ट्रपति भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता दिइएको छ । तर, को कसले सहभागिता राख्ने भन्ने टुंगो भैसकेको छैन । अरुभन्दा पनि सर्बदलीय बैठकमा सहभागी भएर कुनै दलका कुनै हक्की नेताले यदि कुनै मुश्किलको प्रश्न गरेमा जवाफ दिने कसले ? यस्तो जवाफी पात्रको पनि योबेला खोजी भैरहेको छ । ‘संविधानमैं नभएको संसद बिघटनको सिफारिसलाई किन हत्तपत्त अनुमोदन गर्नुभयो ?’ भनेर कसैले राष्ट्रपतिसमक्ष जिज्ञासा राखेमा राष्ट्रपति भण्डारीको जवाफ के होला ? कि यसबेला पनि उनले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै जवाफ दिनेछिन्— उहाँले भनेर गरेकी हुँ ।

यसकारण यो संगीन घडीमा र अब संसदीय परीक्षणका क्रममा बहुमत ल्याउन नसक्ने घडीमा उभिएकै बेला राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सुरक्षा कवच किन बन्नुपरेको हो ? प्रश्न स्वभाविक र अपेक्षित छ ।

अथवा, मंगलबार बोलाइएको सर्वदलीय बैठकमा नेपाल मजदुर किसान पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा आदिको सहभागिता रहेन भने जनाधिकारको महत्वकै अर्थमा यो बैठकको के अर्थ ? किनभने बैठक बोलाउने राष्ट्रपति स्वयम ‘कठपुतली’ सावित भैसकेको अवस्था छ— कम से कम जनविश्वास र उनको कार्यशैली यस्तै देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक