बिहीबार, वैशाख १३, २०८१

फ्रान्समा कोरोना भाईरसको फेरि नयाँ स्वरुप फेला पर्‍यो

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ चैत ३ गते १८:५४

फ्रान्समा कोरोना भाईरसको अर्को नयाँ स्वरुप देखा परेको छ । फ्रान्सको स्वास्थ्य महानिर्देशनालयका अनुसार फ्रान्सको ब्रतान्य भन्ने क्षेत्रमा नयाँ स्वरुपको कोरोना भाइरसको समूहनै फेला परेको हो । यो भाईरसबाट आठ जना संक्रमित भएका छन् ।

फ्रँस २४ न्युजका अनुसार स्वास्थ्य सेवा निर्देशनालयले सोमवार मार्च १५ का दिन ब्रतान्यस्थित कोत दारमोर अस्पत्तालमा नयाँ स्वरुपको कोरोना भाईरस फेला पारेको उल्लेख गरेको छ ।

यसका बारेमा सबै तथ्य आइनसकेको तर यो स्वरुपको भाईरसलाई हाको स्क्रिनिङ परिक्षणले समेट्न नसक्ने संभावना रहेको हुनसक्ने आशंका गरिएको छ । यदि यस्तो भएमा यसले गम्भिर असर पार्न सक्ने स्वास्थ्य सेवा निर्देशनालयले उल्लेख गरेको छ ।

ब्रतान्यमा स्वास्थ्य अधिकारीहरुले कोरोना भाईरसको लक्षण भएका धेरै विरामीहरु फेला पारेका थिए । तिनमा कोरोना भाईरसको कुनै समूह रहेको भन्ने थियो । तर पिसिआर परिक्षण गर्दा भने नेगेटिभ देखियो । पछि उनीहरुले लानिओन अस्पत्ताल केन्द्रको कोत दार्मो भन्ने ठाउँमा नयाँ स्वरुपको भाईरस रहेको पत्ता लगाए । नयाँ स्वरुपकै भएकाले पि सि आर परिक्षणमा नदेखिएको भनाई स्वास्थ्य अधिकारीहरुको छ । त्यहि अस्पतालमा मार्च १३ मा उनीहरुले ७९ जना संक्रमित भेट्टाए । अर्को गम्भिर परिक्षण गर्दा ति मध्ये आठ जनामा मात्रै नयाँ स्वरुपको कोरोना भाईरस संक्रमित भएको पत्ता लाग्यो ।

एएफपीका अनुसार पाश्चर स्वास्थ्य संस्थाले गरेको विश्लेषणले एस प्रोटीनको नौ वटा नयाँ आनुवंशकिय परिवर्तन देखिएको उल्लेख गरेको छ । अर्थात् नयाँ स्वरुपको भाईरसमा नौ खाले बदलाव देखिएका छन् । यी आनुवंशिक परिमार्जनको सम्भावित प्रभावको आँकलन गर्नको लागी एक परीक्षण भइरहेको छ । जसलाई संक्रामक परीक्षणको अभावमा अन्वेषण गर्न गाह्रो हुने उल्लेख छ ।

यस नयाँ संस्करणको पहिलो विश्लेषणले पुरानो भाइरसको तुलनामा गम्भीरता बढेको वा बृद्धि भएको भन्ने निष्कर्षमा पुर्‍याउँदैन” सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य निर्देशनालयले भनेको छ “यसले के संकेत गर्दछ भने अझ राम्रो गर्नको लागि यो स्वरुप बदलिएको भाईरसबारे गम्भिर छानबीन भइरहेको छ ।”

भाइरसको स्वरुप बदलिएको उपस्थिति एक प्राकृतिक प्रक्रिया हो किनकि भाइरसले यसको अस्तित्व सुनिश्चित गर्न समय बित्दै जाँदा स्वरुपहरु बदल्छ । यसरि हाल विश्वभरि तीन प्रकारले स्वरुप बदलिएका भाईरस विशेष चिन्ताको विषय मानिन्छ । ति मध्ये पहिलो पटक बेलायत, दक्षिण अफ्रिका र जापानमा पत्ता लगाइएको थियो । तर ब्राजिलबाट यात्रुहरूमा देखिएको स्वरुप परिवर्तित भाईरसलाई “ब्राजिलियन संस्करण” भन्ने सामान्य नामबाट चिनिन्छ ।

त्यसैगरि परिवर्तित स्वरुपको दोस्रो कोटी पनि छ । अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले उनीहरूको सम्भावित समस्याग्रस्त आनुवंशिक विशेषताहरूको कारण अनुगमन गरेका छन् । यो तेस्रो कोटीको भाईरस अझै सानो स्तरमा मात्र प्रसारित हुन्छ ।

तपाइँको प्रतिक्रिया