शुक्रबार, वैशाख १४, २०८१

सम्झौता उल्लंघनको आरोपमा बेलायत बिरुद्द युरोपेली युनियनद्वारा दुई मुद्दा दायर

नेपालप्लस संवाददाता२०७७ चैत ४ गते ०:०२

बेक्जिटपछि उत्तरी आयरल्याण्डमा बेलायतले भन्सार नियम उल्लंघन गरेको आरोप लगाउँदै यूरोपीयन आयोगले बेलायत बिरूद्ध दुई वटा कार्यवाही आरम्भ गरेको छ । ब्रसेल्सस्थित युरोपेली युनियनको कार्यालयले बेलायतीहरुलाई उनीहरूको टिप्पणी पठाउन एक महिनाको समय दिएको छ ।

बेक्जिटपछि युरोपेली युनियन र बेलायतको संवन्धबिच्छेद पछि यि दुईबिच अब खास लडाई शुरु भजस्तो देखिएको छ ।

युरोपियन आयोगले उत्तरी आयरल्याण्डमा केही भन्सार नियन्त्रणहरू एकतर्फी स्थगित गर्ने बेलायतको निर्णय पछि बेलायतविरुद्ध ब्रेक्सिट सम्झौताको उल्लंघन गरेबापत दुई प्रक्रिया सुरु गरेको घोषणा गरेको हो ।

बेलायती सरकारले मार्च ३ मा बेलायतको टापुबाट उत्तरी आयरल्याण्डमा सामानको आगमनबारे केही विवादास्पद जाँच अक्टोबर १ सम्म ६ महिनाको लागि स्थगन घोषणा गरेको थियो ।

बेलायतको त्यो निर्णयको युरोपेली आयोगले पहिलेनै आधिकारिक रूपमा विरोध गरिसकेको थियो । सन् २०१९त को अन्त्यमा हस्ताक्षर गरिएको बेक्जिट सन्धिमा समावेश भएको आयरल्याण्ड टापुमा तोकिएको प्रोटोकोलको उल्लंघन गरेकोमा आयोगले बेलायत सरकारलाई औपचारिक सूचनाको पत्र” पठाएको युरोपेली आयोगले एक प्रेस विज्ञप्ति जारि गर्दै जनाएको छ ।

युरोपेली आयोगको प्रेस बिज्ञप्तीका अनुसार यो प्रोटोकल यूरोपियन एकल बजारलाई बचाउनको लागि हो । बेलायती टापुमा सीमा र सीमा शुल्क नियन्त्रण फिर्तीलाई बेवास्ता गर्दै उत्तरी आयरल्याण्ड र आयरल्याण्डको बेलायती क्षेत्र बीच साझेदारी गरिएको थियो, ईयूको एक सदस्यका रुपमा ।

यो पत्र पठाउनु भनेको उल्लंघन प्रक्रियामाथि कारवाहिको पहिलो चरण हो जुन युरोपियन युनियनको अदालतको अगाडि लामो प्रक्रियापछि अन्त्य हुनसक्छ । संझौता उल्लंघन भएको ठहर भएमा युरोपेली अदालतले बेलायतलाई दण्ड वा आवधिक दण्डको भुक्तान लगाउन सक्छ ।

युरोपेली आयोगले बेलायतलाई आफ्नो टिप्पणीहरू पठाउन एक महिनाको समय तोकेको छ ।

अर्कोतर्फ आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायती सरकार भित्र युरोपेली आयोगसँग सम्बन्ध राख्ने प्रभारी डेभिड फ्रस्टलाई एक राजनीतिक पत्र पठाउँदै बेलायतलाई यो घोषणा फिर्ता लिन आग्रह गरेका छन् ।

यो पत्रले बेक्जिट फिर्ती सम्बन्धी सन्धि दवारा प्रदान गरिएको राम्रो विश्वासयोग्य दायित्वलाई गैर-सम्मान गरेको भन्दै निन्दा गरेको छ । मारोस सेफकोभिकले मार्च महिनाको अन्त्यसम्ममा आपसी सहमतिमा समाधान खोज्ने उद्देश्यका साथ बेलायतलाई युरोपेली आयोगसँग द्विपक्षीय परामर्शमा सहभागी हुन आग्रह गरेका छन् ।

युरोपियन युनियन र बेलायत खासगरि उत्तरी आयरल्याण्डले मिलेर सामुहिक प्रोटोकलमा जान सहमत भएका छन् । “हामी यसलाई एकसाथ कार्यान्वयन गर्न बाध्य छौं । एकतर्फी निर्णय र बेलायतले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्ने उद्देश्य (प्रोटोकल) को बिरूद्ध जान्छ र यसलाई कमजोर पार्छ । हामीबीच भरोसा छ भन्ने विस्वास राख्छौं” मारोस सेफकोभिकले बिज्ञप्तीमा भनेका छन् ।

एक युरोपीयन अधिकारीले छ महिना पछि यो दोस्रो पटक बेलायती सरकारले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्न तयारी गरिरहेको बताएका छन् ।

गत वर्ष, बोरिस जोनसनको सरकारले युरोपियन विरोधको सामना गर्नुपर्दा उत्तरी आयरल्याण्ड प्रोटोकलमा भएको विधेयक पारित गर्ने धम्की दिएको थियो । तर त्यो घटनाले उल्टै बेलायतमाथिको विश्वासलाई क्षति पुर्‍यायो ।

आइतवार परराष्ट्रमन्त्री साइमन कोभेनीले युरोपेली युनियनले सुरु गरिएको प्रक्रिया स्वागतयोग्य नभएको भन्दै टिप्पणी गरेका थिए । तर बेलायत सरकारको कदमले गर्दा ईयूसित विकल्प नरहेको अवस्था छ । “प्रोटोकल कार्यान्वयन गर्ने तरिका एकतर्फी बदल्नु भनेको सम्झौताको उल्लंघन हो “आयरल्याण्डका विदेश मन्त्री साइमन कोभेनीले टिप्पणी गरेका छन् ।

बेलायती सरकारले भने आफ्नो पक्षका लागि भन्सार नियन्त्रणहरू अस्थायी रूपमा माफी दिएर ब्रेक्जिट सन्धि उल्लंघन नगरेको दाबी गरेको छ । “यस प्रकारका कार्यकारि उपायका धेरै उदाहरणहरू छन् र अन्य अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरूमा पनि यि सामान्य हुन्” बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मार्चको सुरूमा भनेका थिए ।

बेलायतले इयुबाट कुनै आधिकारिक सूचना प्राप्त नभएको उल्लेख गरेको छ । “जब हामी ईयूबाट पत्र प्राप्त गर्छौं, हामी त्यो सामग्री अध्ययन गर्नेछौं र समयमै जवाफ दिनेछौं” बेलायती सरकारी प्रवक्ताले भनेका छन् ।

(नेपालप्लसको साथमा द लोकाल, एपी, र फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया