बिहीबार, वैशाख १३, २०८१

स्पेनमा ८५ हजार ब्यवशाय बन्द, पोचुगलको पर्यटनमा ९० प्रतिशत नकारात्मक प्रभाव, बेल्जियमद्वारा नयाँ कार्यक्रम घोषणा

नेपालप्लस संवाददाता / बेल्जियम२०७७ चैत ४ गते ०:४७

कोरोना भाईरसको तेस्रो लहरसँगै स्पेन, पोर्चुगल लगायतका देशमा लाखौं ब्यवशाय बन्द भैसकेका छन् । स्पेनमा मात्रै हस्पिटालीटी क्षेत्रका ८५ हजार ब्यवशाय सदाकालागि बन्द भए । यो त्रास र आर्थिक समस्याका बिच बेल्जियम सरकारले त्यस क्षेत्रलाई सुधार्ने योजना अगाडि सारेको छ । मे भन्दा पहिलेनै बेल्जिक सरकारले आत्म–परिक्षणको विकाश गर्ने लक्ष्य लिएको छ । मे देखि नै हस्पिटालिटी र पर्यटन व्यवसायमा निश्चित नियम निर्धारण गरि खोलिने तयारिपनि भएको छ ।

गत ५ मार्चमा सार्वजनिक गरिएअनुसार सरकारले मेबाट आत्म–परिक्षणको विकाश सुरु गर्ने निर्णय गरेको हो ।  असम्भव भनेर गलत बुझिएको भन्दै संघिय सार्वजनिक स्वास्थ्य मन्त्री फ्रेंक भान्देनव्राउकेले मंगलवारको हाउस कमिटीको स्थानिय कार्यक्रममा त्यस्तो जानकारि सार्वजनिक गरेका हुन् ।

बेल्जियम सरकारले बढी इनडोर क्रियाकलापकालागि रेपिड टेस्ट र आत्म–परिक्षण वृहतरुपमा मे देखि मात्र वितरण गरिने भन्दै ५ मार्चमा सार्वजनिक गरेको थियो । मंगलवार यो विषयमा प्रश्न गरिएपछि मन्त्री फ्रांकले यसको आशय जतिसक्दो छिटो मे भन्दा पहिले गर्ने बताएका हुन् । त्यसलाई जतिसक्दो छिटो सुरु गर्ने लक्ष रहेको बताए । यो सबैभन्दा प्रभावकारी ति कम्पनीहरुकोलागि हुनेछन् जुन कम्पनीहरुले भर्चुअल माध्यमबाट कार्य गर्न सकिरहेका छैनन् ।

यो विषयमा आगामी स्वास्थ्य क्षेत्रको अन्तर मन्त्रिय सम्मेलनमा पुन छलफल हुने छ । “हामीले जे सुरु गर्न सकिनेछ त्यो छिटो भन्दा छिटो गर्नेछौं” उनले कार्यक्रममा भने ।

यता एक वर्ष देखि अनिश्चितकालकालागि बन्द भएका हस्पिटालिटिका व्यवसाय र पर्यटन पेशामा लाखौं मानिस वेरोजगार हुने सम्भावना भएकाले सरकारले नयाँ सहयोगी कार्यक्रम नल्याएमा व्यवसायीहरु मर्कामा पर्ने देखिन्छ । अझ स्वास्थ्यको लागि किट सहज वितरण नगरेसम्म हस्पिटालिटिको व्यवसाय सरकारले खोल्न नदिने निश्चित जस्तै छ ।

यसै साता युरोपियन युनियनले यस क्षत्रलाई सहयोगकालागि नयाँ योजना बनाउन पोर्तुगलका मन्त्री रिताले छलफलमा कुरा उठाएको व्रसेल्स टाइम्समा उल्लेख गरिएको छ । उनकाअनुसार यो क्षेत्रका व्यवसायी र त्यस्ता व्यवसायमा आवद्ध कामदारहरुकालागि युनियनले सहयोग गरेर आगामी १ वर्षमा पुन अवस्था सुधार्न सहयोग मिल्ने छ । अन्यथा यी व्यसाय अधिकांश बन्द हुने निश्चित छ ।

पोचुगलमा कोरोना भाईरसको तेस्रो छालले गर्दा यो पेशामा ९० प्रतिशत नकारात्मक प्रभाव पारेको छ । यता स्पेनमा पनि ३० प्रतिशत सदाकालागि बन्द भएका छन् । त्यसको अर्थ ८५ हजार सदाकालागि बन्द भएका छन् । अंशिक रुपमा हाल २ लाख ७७ हजार बन्द छन् । यि मध्येपनि केहि फेरि सदाकालागि बन्द हुनसक्छन् । युरोपेली युनियनले रिकभरी प्याकेज ल्याएमा मात्र हस्पिटालिटि र पर्यटन व्यवसायलाई जगाउन सकिने तर्क दिएका छन् ।

तपाइँको प्रतिक्रिया