बिहीबार, चैत १५, २०८०

दलिय सिन्डिकेट तोड्न पत्रकार महासंघ केन्द्रिय अध्यक्षमा बुढाथोकीको उमेदवारी

नेपाल प्लस२०७७ चैत ५ गते १३:०८

नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा पेशागत र श्रमजिवी पत्रकारका तर्फबाट गजेन्द्र बुढाथोकीले आफ्नो उमेदवारी घोषणा गरेका छन् । उनले नेपालप्लस डटकमसित संक्षित कुराकानी गर्दै पार्टी कार्यालय धाउने, पार्टीको मुख्यालय र नेताको आशिर्वाद थापेर पेशागत, श्रमजिवी र पत्रकारिताको मूल आचारसंहिता पालना गर्ने पत्रकारहरुको नेता बन्ने प्रचलनका बिरुद्द आफूले उमेदवारी घोषणा गरेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचान यहि चैत्र २५ गते हुँदै छ ।

उनले नेपालप्लससित भने “राजनितिक पार्टीको केन्द्रिय सदस्य रहेका ब्यक्ति पत्रकार महासंघको अध्यक्ष बने । अहिले त मुठ्ठी उठाएर हामी पार्टीका कार्यकर्ता हौं, सदस्य हौं भन्नेहरुलेनै पत्रकार महासंघमा नेत्रित्व लिन थाले । पार्टीका कार्यकर्ता, नेताका पिछलग्गुहरुले कसरि पेशागत, श्रमजिवी पत्रकारको नेत्रित्व गर्न सक्छन् ? कसरि पार्टीका कार्यकर्ताले गरिखाने, पत्रकारिताको आधारभुत सिद्दान्त मान्नेहरुका दुख, पीडा र अधिकारको रक्षा गर्न सक्छन् ? मेरो उमेदवारी आम श्रमजिवी पत्रकारको हकहितका लागि हो ।”

नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रिय सदस्य गोबिन्द आचार्य नेपाल पत्रकार महा संघको केन्द्रिय अध्यक्ष बनेको उल्लेख गर्दै उनले त्यस्ता ब्यक्तिले पार्टीको हित हेर्ने तर पत्रकारको हकहित र पेशागत मान्यता नहेर्ने हुनालेपनि अब आम श्रमजिवी पत्रकारले एकताबद्द भएर श्रमजिवी पत्रकारकै नेत्रित्व चुन्नुपर्ने खाँचो रहेकोपनि औंल्याए ।

उनले आफ्नो उमेदवारीको औचित्य र खाँचो प्रस्ट पार्न खोजे “कोरोना भाईरसको महामारीका बेला ३५०० पत्रकारले रोजगारि गुमाए । कति पत्रकारले त भोकहडतालनै गर्नुपर्‍यो । तिनलाई सहयोग गर्नुको साटो नेपाल पत्रकार महासंघकै नेत्रित्वकर्ताले यस्तो हडताल गर्नुहुन्न समेत भने । यस्ता पार्टी र नेताको हित हेर्नेले कसरि पेशागत पत्रकारको हक हित हेर्छ ? त्यसैले मेरो उमेदवारी पत्रकार आचारसंहिताको पालना, पत्रकारको हकहितको रक्षा र पत्रकारलाई पत्रकारकै संस्थाको रुपमा लैजाने नेत्रित्व गर्नकालागि हो ।”

पत्रकारको सामाजिक सुरक्षा र महासंघलाई राजनितिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्पनि आफूले उमेदवारी दिएको बताए ।

यस अघि गजेन्द्र बुढाथोकीले केहि पत्रकारहरुको समूह नेपाली कांग्रेस कार्यालय गएर महासंघको आगामी नेत्रित्वकालागि नेताहरुको आशिर्वाद लिएको र अर्काथरी वामपन्थि भनिएका पत्रकारहरु एमाले र नेकपा कार्यालय पुगेको सामाजिक सन्जालमा उल्लेख गरेका थिए ।

आफूले गत साँढे दुई दशकदेखि पत्रकारिता गर्दै आएको । यो समयाअवधिमा अनेक दुख कस्ट भोगेको, धम्कि सहेको । कतिपय अवस्थामा आर्थिक अभावकाकारण दालमोट, चिउरा र चाउचाउ खाएरपनि छाक टारेको । तर पत्रकारिताको सिद्दान्त, धर्म र आचार संहितालाई एकरत्ती अनादार नगरेको बताउँदै गजेन्द्र बुढाथोकीले नेपालप्लससित भने “अहिले त पार्टी कार्यालय धाएर नेताको आशिर्वाद लिने, पार्टीको केन्द्रिय सदस्यनै पत्रकार महासंघको अध्यक्ष बन्न थाले । अब त पेशागत पत्रकारनै संकटमा पर्ने बेला भो ।”

नेपाल पत्रकार महा संघको आचार संहिताले कुनैपनि पत्रकारले कुनैपनि राजनितिक दलको सदस्यता लिन नहुने प्रावधान हुँदाहुँदै त्यसको अनादार गरेर महा संघको नेत्रित गर्ने गरेको उनले उल्लेख गरे । “गत साँढे दुई दशकदेखिको नेपाल पत्रकार महासंघको निर्वाचन हेर्दा पार्टीका कार्यकर्ताहरुनै नेपाल पत्रकार महासंघको प्रतिनिधी चुनिँदै आएका छन् । यसलाई अब शुद्दिकरण गर्नपनि पेशागत पत्रकारहरुले आफ्नोलागि आफैंले नेत्रित्व चुन्नुपर्छ भनेर पेशागत, श्रमजिवी पत्रकारका तर्फबाट उमेदवारी घोषणा गरेको हुँ” बुढाथोकीले स्पष्थ पारे ।

पेशागत पत्रकारका तर्फबाट अध्यक्षमा आफूलाई कुन कुन पत्रकारले सहयोग र समर्थन गर्छन् भन्ने नैतिक समर्थन लिन उनले छुट्टै अभियान थालेका छन् । पेशागत पत्रकारको पक्षमा उभिने हरेक पत्रकारसित एक सय रुपियाँ उठाएर मनोनयन दर्ता गर्ने उनको योजना छ । सामाजिक सन्जालमा उनले भनेका छन् “मनोनयन तिर्ने पैसाकालागि पेशागत पत्रकारबाटै सय सय रुपियाँ चन्दा उठाएर उमेदवारी दिन्छु । पैसा तिर्न नसकेर होइन, कतिले साथ दिन्छन् भन्ने नैतिक परिक्षण गर्छु । यदि तपाई महासंघमा दलिय सिन्डिकेट चाहनुहुन्छ भने साथ दिनुहुन्छ ?”

गजेन्द्र बुढाथोकी दुई आर्थिक पुस्तकका लेखकपनि हुन् । अपांगता भएका पत्रकार बुढाथोकीले अपांगता भएका अन्य ब्यक्तिहरुको हकहित र सुविधाकालागिसमेत बिभिन्न अभियान चलाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक