शुक्रबार, वैशाख १४, २०८१

साईकल चढ्ने प्रधानमन्त्री चौथो कार्यकालपनि प्रधानमन्त्री हुने

नेपालप्लस संवाददाता / नेदरल्याण्ड्स२०७७ चैत ५ गते १४:४१


photo credit Piroschka van de Wouw, Reuters via france 24.com

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेलको सरकारमाथि भ्रस्टाचार र अनियमितताको आरोप लाग्यो । त्यसपछि उनको सरकारले गत जनवरीमा राजिनामा दियो । राजिनामा दिएर उनी साईकलमा सरर दरवारतिर लागे । यसले मेडियामा निकै चर्चा पायो । राजिनामा पस्चात अर्को निर्वाचनकलागि उनको सरकार काम चलाउको रह्यो ।

नेदरल्याण्डका तिनै प्रधानमन्त्री मार्क रुट्टले चौथो कार्यकालको लागि बुधवारको राष्ट्रिय चुनावमा सबैभन्दा बढि सिट जितेका छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टले बुधवारको चुनावमा ठूलो जीत भएको दाबी गरेका हुन् । चौथो कार्यकालकालागि प्रधानमन्त्री बन्ने देखिएपछि उनले कोरोनाभाइरस महामारी पछि देशको पुनर्निर्माण गर्न आफ्नो चौथो कार्यकालको पद प्रयोग गर्ने वाचा गरे ।

“नेदरल्याण्डका मतदाताहरूले मेरो पार्टीलाई ठूलो भरोसा दिएका छन” मुस्कुराउँदै रुट्टले संसदमा पत्रकारहरूलाई भने।

रुट्टले भने “गत १० वर्षमा सबै ठीकठाक भएको छैन” जसमा जातिय फुट गराएर अनादार गरेको आरोप लागेको थियो । त्यस्तै मानिसहरूलाई जातीय हिसाबले राखिएको र बालबालिकाका फाइदाहरूमा घोटाला गरेको आरोप लगाइएको थियो । त्यसमा सत्यता छैन ।”

“तर अर्को वर्षको टेबुलमा पनि मुख्य मुद्दा भनेको कसरी कोरोना पछाडि अगाडि बढिरहेको देशको पुनर्निर्माण गर्ने भन्ने हो ” उनले भने “मसँग देश विकास गर्ने दस वर्ष थप उर्जा छ ।”

युरोपको सबैभन्दा लामो समय प्रधानमन्त्रीका रुपमा राजनिति गर्नेने नेतामध्ये एक हुन् उनी । उनले प्रधानमन्त्रीका रुपमा एक दशक काम गरिसकेका छन् । एग्जिट पोलले देखाए अनुसार रुट्टेको उदारवादी पार्टीले सामाजिक दूरी कायम राखेर तीन दिनसम्म गरिएको मतदान पछि संसदमा सबैभन्दा बढी सिट जितेको छ ।

रुट्टेको भिभिडी पार्टीले संसदको १५० सिट मध्ये ३३ सिट जित्यो । सन् २०१७ को निर्वाचनका बेला भन्दा तिन सिट बढायो । रुट्टेको सरकारमा अर्थमन्त्रीको रूपमा काम गर्ने बजेट हक, हप्पे होइकस्ट्राको पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १४ सीट जित्यो । डि६६ भन्नेले २७ सिट जितेको छ । यो युरोपेली समूहको बढि वकालत गर्ने पार्टी हो ।

यस अनुमानले उनलाई डच इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुनसक्ने देखाएको छ । ५४ वर्षका रुट्टेले ईयूसँग साझा परियोजनाहरूको प्रतिरोध गर्ने आफ्नो रणनीतिलाई कायम राख्न सक्छन कि सक्दैनन् भन्ने प्रश्न उठेको छ । किनकि उनी ईयुका धेरै विषयमा आलोचक थिए । उनको पार्टी एक्लैले नजितेकाले गठबन्धन राख्ने प्रक्रियामा महिनौं लाग्न सक्ने अनुमान छ ।

नेदरल्याण्डको संसदमा अब १७ वटा दल हुनेछन् । वर्तमान संख्यामा दुई नयाँ पार्टी थपिएका छन् । सन् २०१७ मा पनि संसदमा धेरै पार्टी भएकाले मिलिजुली सरकार बन्न सात महिना लागेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक