शुक्रबार, वैशाख १४, २०८१

एमाले जोगाउने हो भने

सिद्धिचरण भट्टराई२०७७ चैत ५ गते १५:४१

लुँडो खेलमा सर्पको मुखमा परेपछि पुछारमा आए जस्तै जेट विमानको यात्रामा निक्लेको नेकपा तिन वर्ष नपूग्दै अदालतको निर्णयले फेरी एमाले बन्यो । आफ्नै सहमतिमा दुई पार्टीहरुले आफुलाई बिघटन गर्दै नेकपा(नेकपा) बनाएका थिए । यहाँ सर्प बनेको अदालतलाई नेकपालाई एकता गर्नु एकदिन अगाडिको स्थीतिमा पुर्याएको हो । यसको मतलव ०७५ जेष्ठ २ गते नेकपा एमाले र माओवादी केन्द्रको जुन अवस्था थियो त्यही अवस्थामा पुर्नस्थापीत भए भनेर नबोले पनि हुने फैसलाले बोल्यो ।

फैसलाको न्यायीक बैधता माथि प्रश्न उठीरहेपनि कानुनी बैधता लिएकाले नेकपा भन्दै आएका नेताहरुले एकैचोटी आफुलाई अर्को स्वरुपमा परिचय दिनुपर्ने भयो । कतिपयलाई अप्ठेरो लाग्यो, कसैले जिते र कसैले हारेजस्तो महसुस गरे । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका पुर्व समुह एकाएक पुर्व समुहबाट बैधानिक पार्टीमा फेरिए । तर यो कसैको हार वा जित थिएन। कसैले प्रपन्च गरेर अनुकुल फैसला गराएको भए यो हामीले जित्यौं भन्नेहरुले नै प्रपन्च गरेका ठहरिन्छ । अदालतमा ऋषि कट्टेलको पार्टीले हो मुद्धा जितेको । ओली र प्रचण्ड मध्ये कुनै एकले जितेको हैन ।

वास्तवमा ओली र प्रचण्डले आआफ्ना पार्टी बिघटन गरेर तेश्रो पार्टी बनाएका थिए । तव ओली र प्रचण्डले आआफ्ना पार्टी बिघटन गरेर तेश्रो पार्टी बनाएका थियो त्यो तेश्रो पार्टी बनेको नेकपा हारेको हो । त्यसका पहिला अध्यक्ष हुँ भनेर दावा केपी शर्मा ओलीले गरेका हुन । हारेको भए ओली हारेका हुन । प्रचण्ड हारेका हुन । तर यहाँ जो हारेको हो उसैले जयजयकार गरिँदै छ । यो विचित्र घटना भएको छ नेपालमा ।

जे हुने भयो, अदालतले गरेको फैसलालाई बैधानिक पार्टीले शिरोधार्य गर्नै पर्थ्यो, गर्यो । फैसला कानुनी नभएर राजनीतिक र अमुक पक्षलाई फाईदा पुग्ने किसिमले लक्षित देखिएपनि फैसला फैसला नै भएकाले यहाँ अस्वीकार गर्ने विषय कसैले पनि गरेन । यो भैसकेपछि नेकपा एमाले अध्यक्षमा रुपान्तरित भएका अध्यक्षले नेकपा एमालेको बैठक आव्हान गरी सबैलाई समेटने अभिव्यक्ति आउला भन्ने आम आशा विपरित कथित उनि समर्थीत साईबर सेनाको मनोविज्ञानमा आधारित उनले आफैंले सारा संसार जिते जस्तो गरी आफ्नै सहयात्रिहरुलाई अपाच्य हुने व्यवहार देखाए । पहिले राम बहादुर थापा, मणि थापाहरुको व्यवस्थापनको बारेमा हल्ला फिँजाएर बालुवाटारमा गुटको भेला गरी त्यसैलाई पार्टी बैठकको नाम दिए । नवौ महाधिवेशनबाट निर्वाचित दर्जन बढि पदाधिकारीको जिम्मेवारी खोसे । यसबाट केपी ओली समझदारी र एकता निर्माण हैन विभाजन तिर आन्दोलनलाई लैजान उद्यत रहेको नै प्रमाणीत हुन्छ । विगत २ वर्ष देखि उनले लगातार यस्तै व्यवहार देखाएका छन ।

पार्टी भित्र आन्तरिक खिचलो चलिरहँदा बैठक नराख्ने, आफु अल्पमत हुने कुनै बैठकमा कुरा नसुन्ने र प्राविधिक बहुमतको आडमा निर्णय गर्दैजाने र छलफललाई निषेध गर्ने ओलीजिको पबृति देखिएकै थियो । गतवर्ष नै कोभिड लकडाउन भैरहँदा समेत मधेस पुगेर जसपाका सांसद अपहरणका काण्ड भएको थियो । त्यही बेला दलविभाजन अध्यादेश ल्याई पार्टी विभाजन सजिलो पार्न खोजिएको थियो । भन्नलाई जसपा विभाजन गर्न भनिएपनि खासमा एमाले विभाजन गर्न थियो भन्ने दुनियाँले बुझेकै हुन् । यस कुरामा पार्टीले कडा कदम लिएपछि उनले २ दिनमै त्यो फिर्ता लिएका थिए । यसलाई आफ्ना योजनाको व्याकफायर भएपछि उनि यस्तै दाउमा थिए । उनले फेरी अचानक हिउँद अधिवेशन बोलाउने समय आएकै बेला प्रतिनिधी सभा नै विघटन गरी मध्यावधि निर्वाचनमा जाने अप्रत्यासित निर्णय लिए । यो पनि पार्टी भित्रको कलह व्यवस्थापन गर्न नसकेर उनले जनताको नासो ठानिएको प्रतिनिधी सभालाई बलिको बोको बनाए ।

स्वभाविक रुपमा पार्टीमा यस घटनालाई लिएर ३ धार देखा पर्यो । एक पक्ष असम्बैधानिक रुपमा गरिएको विघटनलाई प्रतिगमनको नाम दिएर अदालतको शरण लियो । अर्को पक्षले जनतामा जाने देशव्यापी दौडाहा गर्यो । दुवै पक्षले आफुलाई नेकपा(नेकपा)को आधिकारीक रहेको दावा गर्दै सूर्य चिन्ह आफ्नो भएको दाबि गरिरहे । निर्वाचन आयोगमा ४४१ सदस्यमा दुई तिहाई बहुमत रहेको माधव र प्रचण्ड पक्षले नजिरहरुकै आधारमा आधिकारिकता दावा गर्नु अस्वभाविक थिएन । तर प्रधानमन्त्री ओलीले आफु प्रथम अध्यक्ष भएकोले आफु आधिकारिक रहेको एक खालको कुर्तक गरिरहे र हजारौंलाई केन्द्रिय सदस्य बनाएर आफु बैधानिकता दाबि गरीरहे । पद बाँडेर तालि पिटने जमात बनाईरहे । तर मूल्य मान्यतामा कुनै वास्ता गरेनन् ।

निर्वाचन आयोगले उनको हर्कतलाई बलपुग्ने गरी अनिर्णयको बन्दी बन्दै बसि रह्यो । यही विचमा अदालतले प्रतिनिधी सभा पुर्नस्थापनको फैसला गर्यो । एक खालले माधव प्रचण्ड पक्ष र अन्य विपक्षि दलहरुको एक स्वरले उठाएको आवाजको सम्बोधन भयो । तर ३ वर्ष अघि दर्ता भएको अनिर्णित ऋषि कट्टेलको पार्टी नेकपाको मुद्धाको फैसलामा घुसाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताईयो । यसले अदालत संग दलको नेतृत्वको सेटिंगले राम्रै चर्चा पायो । नेतृत्वको अदुरदर्शिताले असजिलो बनाइएको नेकपाको एकता पुर्णता नपाउँदै भत्कीयो । यसले एउटै घोषाणापत्र बनाएर निर्वाचन लडेका पार्टी मतको अपमान भयो । राजनीतिक नेतृत्वको एकताको अपमान भयो । देशले स्थीरता र दीगो विकासमा देखेको सपनामाथि कालो बादल मडारियो । आज पुर्नस्थापित भएका एमाले पनि एक नहुने अवस्था रह्यो । माओवादी पनि पहिले भन्दा कमजोर हुने भयो । यी सबै अवस्थाका एकमात्र प्रमुख जिम्मेवार केपी शर्मा ओली हुन भन्ने घाम जस्तै छर्लंग छ । उनमा सर्वसत्ताबाद छ, अराजतकता छ र निषेधकारी व्यवहार छ । उनी मात्र सच्चिने हो भने एमाले एक हुन्छ र नेकपा एक हुन्छ, बामपन्थीको सरकारको निरन्तरता हुन्छ र पार्टीको बिधिमात्र मानेर चल्नेहो भने समाजवादी मुल्यमा आधारित कार्यक्रमहरु सरकारले ल्याउन सक्छ । तर त्यता ध्यान पुग्न नै दिइएको छैन ।

प्रधानमन्त्री पदमा पुगको व्यक्ति नै अरुको निन्दामा बढता आनन्द मानेको देखिन्छ । उनी त्यसैमा रमाएका छन । उनलाई आलोचना र अवस्था बिश्लेषण गर्ने मानिस मन पर्दैन । भजनमण्डली र अन्धसर्मथकहरुको भिडमा बढि बिश्वास गर्छन । यसले समग्र आन्दोलनलाई ठूलो क्षति हुने भएको छ ।

अझैपनि ओली पक्षिय नेताहरुले ओलीलाई साँचो कुरा बताईदिने हो भने ओलीले युटर्न लिन्छन भन्ने मलाई बिश्वास छ । तर सत्ताको चास्नीमा रमाएका अधिकांश सल्लाहकारहरु यसो गर्न रुचि राख्दैनन् । ओलीलाई एकोहोर पारेर सत्ता लम्बाउने खेलमा मात्र उनिहरुको ध्यान छ । यसो गर्दा उनिहरुलाई नै बढि फाईदा छ । सत्ता खोसिने अब सत्तामा जाने सम्भावना बोके प्रगतिशील युवा वयका कार्यकर्ताको हो । उनिहरुले राम्ररी ओली नेतृत्वलाई पार्टी बिधि र पद्धतिमा चलाउन दबाब दिँदै सिंगो एमालेको पार्टी जिवनलाई पुर्नजिवित गर्न स्पष्ट भएर अघि बढन अपिल गर्दछु ।

एमाले एउटा व्यवस्थीत लोकतान्त्रिक र संगठीत पार्टी थियो । यो पार्टीको संगठीत जीवन दक्षिण एशियामा नै उदाहरणीय हो । आज त्यो पार्टी त्यस्तो हुनसकेको छैन । विगत ७ वर्ष देखि पार्टीमा भित्रिएको अराजकताले अहिले असली रुप देखाउँदैछ । हामी एमालेका तल्ला तहका कार्यकर्ता सिँगो एमाले चाहन्छौं । विभाजित एमाले होइन । यसो गर्न ओली र माधव पक्ष दुवै ०७५ जेष्ठ २ गतेको अवस्थामा फर्किनै पर्छ । यसो भन्नुको अर्थ हो त्यतिखेरको जुनजुन पदमा रहेको कमिटी हो त्यही कमिटीको बैठक बसेर एकताबद्ध एमालेका लागि पहल लिनु । हिजोका गल्तीहरुको मार्क्सवादी समिक्षा गर्नु । त्यसका लागि सबैले पूर्व शर्तहरु पालना गर्नैपर्छ । हामीले मुख्यत त्यसैमा दबाब दिने हो ।

तपाइँको प्रतिक्रिया