शुक्रबार, वैशाख १४, २०८१

बेलायतमा कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाउने युरोपेली युनियनको चेतावनी

नेपाल प्लस२०७७ चैत ५ गते २०:१२

युरोपभरि कोरोना भाईरसको तेस्रो लहर चलिरहेका बेला युरोपेली एयुनियन (ईयु) ले बेलायतमा कोरोना भाईरसको खोप निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । बेक्जिट संझौतापछि बेलायत र ईयु बिचको संवन्धमा तिक्तता आइरेहेका बेला ईयुले बुधवार यस्तो चेतावनी दिएको हो ।

आफ्नै नागरिकका लागि खोपको दुर्लभ मात्रा सुरक्षा गर्न भन्दै बेलायत निर्यातमा रोक्का गर्ने चेतावनी दिएको जनाइएको छ । यदि ईयुबाट खोप निर्यात नभएमा बेलायतले यो महामारीपछिको बेला यात्रा पुनः सुरु गर्ने योजनालाई जोखिममा पार्नेछ ।

युरोपियन युनियनमा कोरोना भाईरससित संवन्धित मृत्युको संख्या साँढे पाँच लाख नाघ्नै थालेको छ । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेइनले महामारीको स्थिति बिग्रँदै गएको बताउँदै पत्रकारहरुलाई भनेकि छन् “हामी यो शताब्दीकै संकटमा छौं ।”

ईयु सदस्य राष्ट्रहरूमा तेस्रो छालको उचाई देखिन लागेकोले आफूहरुले खोपको दरहरू तिव्र पार्नु पर्ने उनले उल्लेख गरिन् ।

भोन डेर लेनका अनुसार खोप उत्पादनको प्रवाह अ मेरिकासँग मिल्दोजुल्दो छ । तर बेलायतको एस्ट्राजेनेकाबाट वितरण हुन नसक्दा निराश बनाएको छ । उनका अनुसार एक करोड खोप युरोपियन युनियन प्लान्टबाट बेलायत पुगेको थियो ।
“हामी अझै पनि बेलायतबाट डोज आउने प्रतीक्षा गरिरहेका छौं” भोन डर लेयनले ब्रेक्जिटपछि बेलायत र ईयुबीचको सम्बन्ध बिग्रिएको संकेत गर्दै भनिन् ।

बेलायती विदेश मन्त्री डोमिनिक रबले ईयुले बेइज्जत गर्दै बेलायतमाथि आरोप लगाएर सरकारले ईयूले अनुबन्धन गरिएको निर्यातलाई रोक्ने अभिप्राय नभएको आश्वासन पाएकाले स्पष्टीकरणको लागि आग्रह गरेका छन् ।

“मलाई लाग्छ यसले केहि स्पष्ठ पारेको छ किनकि विश्वले त्यो हेर्दैछ ।।। यसले आयोगबाट भएको प्रत्यक्ष आश्वासनलाई पनि अनादार गर्छ” राबले रोयटर्सलाई भने “हामी आशा गर्छौं कि ती आश्वासन, कानूनी पक्ष र अनुबंधित आपूर्तिलाई सम्मान गरिनेछ ।”

“स्पष्ट कुरा, म यस कुराकानी भैरहँदा छक्क परेको छु । यो बेलायत र ईयूको टीमले अस्वीकार गर्ने कुरा हो । हाम्रो भन्दा कम प्रजातान्त्रिक शासन भएका अन्य देशहरू यस किसिमको झगडामा संलग्न हुन्छन् ।”

भोन डर लेनले ईयूका छवटा देशहरूले ईयु मुख्यालय ब्रसेल्सलाई भनिएको भन्दा कम खोप आपूर्ति गरिरहेको बारेमा गुनासो गरेका थिए । यसले ईयुको पहिल्यै समस्याग्रस्त खोप अभियानमा बाधा पुर्‍याइरहेको छ । किनभने एस्ट्राजेनेकाले आपूर्ति गर्न मन्जुर भएको मात्रा घटाइदिएको छ ।

फ्रान्स, जर्मनी र ईटालीका ठूला र धेरै जनसंख्या भएका देशले सुरक्षा जाँच गर्नुपर्ने भन्दै एस्ट्राजेनेकाको खोप रोकिदिएपछि युरोपेली मुलुकहरुमा खोपकोलागि थप जतिलताहरु देखिएका छन् ।

यस स्थितिले युरोपेली आयोगले ग्रिन डिजिटल सर्टिफिकेट (हरित डिजिटल प्रमाणपत्र) ” सुरू गर्ने घोषणाको योजनालाई अवरुद्द पार्न सक्छ । किनकि त्यसले खोपहरू, परीक्षणहरू र कोरोनाबाट छुट्कारा पाइसकेको (कोरोना लागेर निको भैसकेको) सम्बन्धी सूचनाहरू जम्मा गर्ने गर्दछ ताकि यात्रीहरूलाई फेरि स्वतन्त्र सीमा पार गर्न दिन सकियोस् ।

दक्षिणी ईयू देशहरू पर्यटनमा निर्भर छन् । तिनले जून महिना सम्ममा अन्तिम स्वीकृति प्राप्त गर्ने आशा गरेका छन् । गर्मीयामको शुरुदेखि त्यसलाई अनलाईनमा राखिदिएर पर्यटकहरु तान्न सहयोग हुने आशा ति देशको छ । तर फ्रान्स, बेल्जियम र जर्मनीलगायत देशहरूले भने शंका व्यक्त गरेका छन्।

ईयु देशहरू लगभग ४५ करोड जनताको लागि खोप लगाएर निर्धक्क बन्ने साझा स्थितिलाई सफल पार्ने चापमा छन् ।

यस अघि बेक्जिट संझौता उल्लंघ गरेको भन्दै ईयुले बेलायतबिरुद्द ईयुको अदालतमा दुई मुद्दा दायर गरेको थियो ।

तलको समाचारपनि हेर्नुस्

सम्झौता उल्लंघनको आरोपमा बेलायत बिरुद्द युरोपेली युनियनद्वारा दुई मुद्दा दायर

तपाइँको प्रतिक्रिया