बिहीबार, वैशाख ६, २०८१

फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा

नेपाल प्लस२०७७ चैत ६ गते ११:४४

फ्रान्सका १६ वटा प्रान्त (डिपार्टमेन्ट) मा एक महिनाकालागि लकडाउन घोषणा गरिएको छ । यहाँका प्रधानमन्त्री जँ कास्टेक्सले बुधवार घोषणा गर्दै भनेका छन- यो लकडाउन कम्तीमा ४ हप्ताका लागि हुने छ । तर पछील्ला अन्य लकडाउन भन्दा खुकुलो हुने छ ।

लकडाउनका समयमा अत्याबस्यक बस्तुहरु जस्तै खाद्यान्न, ओखती पसल, चुरोट पसल, गाडी सर्भिसिंग सेन्टरहरु र किताव पसलहरु बाहेक सबै बन्द रहनेछन् । स्कूल र कलेजहरु खुलै हुनेछन् भने विश्व बिद्यालयहरु बन्द रहनेछन् ।

सरकारले एक क्षेत्रबाट अर्को क्षेत्रका यात्रामा बन्देज लगाएको छ । यसअघी नै घोषणा गरिएको रात्रीकालीन कर्फ्यु साँझ ८ बजेको सट्टा ७ बजेबाट शुरु हुने छ ।

फ्रान्समा पछीला दिनमा कोरोना संक्रमितहरुको संख्यामा असोचनिय तरिकाले वृद्धि भएको छ । अस्पातलका क्याविनहरु भरिएका छन । कोरोनाबाट मृत्‍युदर समेत उच्च रहेको छ ।

फ्रान्समा अहिले सम्म लगभग ४२ लाख मान्छेहरुमा यसको संक्रमण देखिएको छ भने मृत्‍यु हुनेको संख्या एक लाखको हाराहारिमा पुगेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक