शनिबार, वैशाख ८, २०८१

ओलीलाई झड्का : एमालेका पुराना नेता ओलीका बिरुद्दमा

नेपाल प्लस२०७७ चैत ६ गते ११:२६

credit-samachardainik.com

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि अर्को झड्का लागेको छ । एमालेमा बैचारिक, त्याग र अनुभवले खारिएका, पुराना नेताहरु ओलीबिरुद्द देखिएका छन् । नेकपा भित्रको बिवाद बाहिरिँदा ओलीको पक्षमा बैचारिक भनाई राखेका नेतासमेत अन्तत ओलीबिरुद्दनै लागेका छन् । एमालेमा बिचारमा तगडा मानिएका प्रदिप नेपाल, अर्का त्यागि नेत मोहनचन्द्र अधिकारी, कमल कोइराला, सिद्दिलाल सि, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित लगायतका नेताहरु ओलीबिरुद्द लागेका हुन् ।

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले ललितपुरको सानेपामा आयोजन अगरेको राष्ट्रिय भेलामा ति नेताहरु सरिक भएका छन् ।

विसं २०२८ सालमा झापा विद्रोहका बेला मोहनचन्द्र अधिकारी, राधाक्रिष्ण मैनाली, प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूले वर्षौं जेल जिवन बिताएका थिए । ओली, नेपाल र खनाललाई सबैभन्दा नजिकबाट चिन्ने नेताका रुपमा चिनिन्छन् मैनाली । मोहनचन्द्र अधिकारीले भने १७ वर्ष जेल जिवन बिताएका थिए । मैनाली र अधिकारी दुबै राजनितिमा खासै सक्रिय छैनन् । तर खनाल-नेपालको एमाली भेलामा हाल सहभागि हुन पुगेका छन् ।

नेकपा बिवाद बाहिरिएका बेला प्रदीप नेपालले भने ओली पक्षको जित हुने अभिब्यक्ति दिएका थिए । तर हाल उनीपनि ओलीबिरुद्द देखिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक