शुक्रबार, वैशाख १४, २०८१

जर्मनीको गल्ली गल्लीमा ‘कोरोना गाईड’

नेपाल प्लस२०७७ चैत ६ गते १३:०७

Photo credit: Screenshot from IKAT’s Facebook page

जर्मनीको बर्लिन जिल्लास्थित नोएखोए (Neukölln) का गल्लीमा यतिखेर ‘कोरोना गाईड’हरु घुमिरहन्छन् । आप्रवाशीहरुको बाक्लो बसोबास रहेको र कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले तिनलाई सहयोग गर्न ‘कोरोना गाईड’ हरु खटाउन थालिएको हो । तिनका हातमा कोरोनाबाट कसरि बच्ने भनेर लेखिएका जानकारिहरु हुन्छन् ।

यो क्षेत्रमा शरणार्थी र अन्य आप्रवाशीहरुक्जो ठूलो बसोबास रहेकाले तिनले स्थानिय भाषा र पद्दती नबुझ्दा झन संक्रमित देखिएपछि गाईडहरु खटाउन थालिएको हो ।

विशेष गरी कोरोना भाईरसबाट प्रभावित बर्लिन जिल्लामा टाउन हलले आप्रवासी र शरणार्थी जनसंख्यासित सम्पर्कका लागि “कोविड गाईड्स” नियुक्त गरेको हो । जानकारीको अभाव र आवासमा अत्यधिक भीडले गर्दा यी जनसंख्यामा कोरोना भाईरस संक्रमणको जोखिम अन्यत्रभन्दा दोब्बर छ।

कोरोना महामारीले विशेष गरी आप्रवासी र शरणार्थीहरू सहित कमजोर जनसंख्यालाई असर गरेको टाउन हलको भनाई छ ।

यी गाईडहरले पाँच भाषा बोल्छन् । राम्रोसैत सम्पर्क गर्न उनीहरू ब्रोशर हातमा बोकेर आसपासका सडकहरूमा घुम्दछन् । “कोविड महामारी फेरि शुरू भयो, यो हिंस्रक छ” यात्रीहरु नजिक पुगेर भट्याउँछन् । उनीहरुले सकेसम्म धेरै मानिसहरूलाई परीक्षणको लागि प्रोत्साहित गर्ने प्रयास गर्छन् ।

यो सुविधा चौबिसै घण्टा छ । तिनले सरसल्लाह प्रदान गर्छन् । प्रतिबन्धको बारेमा जानकारी दिन्छन् । निःशुल्क स्क्रीनिंग परीक्षणको ब्यवस्था मिलाइदिन्छन् । यसले राम्रोसित काम गरिरहेको छ । गाईडहरुसित जानकारि लिन मानिसहरुले फोन गर्ने गरेका छन् । स्वास्थ्यमा कुनै गडबडीको संकेत देखिए खबर गर्न ति गाईडहरुले प्रेरित गर्छन् ।

यो कामले निकै राम्रो सकारात्मक प्रतिक्रियाहरू दिएहो छ । किनकि जिल्लाका बासिन्दाहरूमध्ये कोही व्यक्तिलाई कुनै स्वास्थ्य समस्या खासगरि संक्रमणको संकेत देखिएमा ति गाईडले उनीहरू र स्वास्थ्य अधिकारीहरूबीच सम्बन्ध बनाइदिन्छन् ।

यस जिल्लामा १५० भन्दा बढी राष्ट्रका नागरिक बसोबास गर्छन् । त्यसैले अरू ठाउँहरूमा भन्दा यस ठाउँबाट संक्रमित हुने खतरा दुई गुणा बढी छ । संक्रमणको घटना दरपनि राजधानीमा उच्च छ । यसैकारण जिल्ला टाउन हलले स्थानीय व्यक्तित्वलाई सामाजिक नेटवर्कमा जानकारी राखिदिन आग्रह गर्दछ ।

“नोएखोएका अधिकांश बासिन्दाहरूको पेशा यस्तो छ जसले उनीहरूलाई टेलिफोन गर्न अनुमति दिदैन” नोएखोए जिल्लाका मेयर मार्टिन हाइकलले बताएका छन् “यस क्षेत्रको आवासमा अति भीडभाड छ । महामारीको बारेमा प्रायः थोरै जानकारी हुन्छ तिनलाई ।”

यो मिश्रणले गर्दा अन्यत्र भन्दा ठूलो महामारीको संभावना यहाँ बढि छ । जर्मनीमा सघन उपचार कक्षमा आप्रवासीहरूको बढी प्रतिनिधित्व देखेर चिकित्सा क्षेत्र पनि चिन्तित छ । स्वास्थ्य अध्ययनका अनुसार यी जनसंख्यामा मृत्युको जोखिम दुई गुणा बढी छ । अस्पताल भर्ना र मृत्युदर पनि उच्च दरमा छ ।

महामारी शुरू भएको एक वर्ष पछि जर्मन स्वास्थ्य अधिकारीहरूले कोरोनाका बिरामीहरूको वंश र ति कहाँबाट आएका हुन्, कुन सामाजिक बनोटका हुन् भनेर तिनको उत्पत्तिमा एउटा अध्ययन सुरु गरेका छन् । अब यस्ता गाईडहरु जर्मनीको अन्य क्षेत्रमापनि बिस्तार गर्न सुझाव दिइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक