बिहीबार, चैत १५, २०८०

कोरोना खोपको ७० प्रतिशत दुष्प्रभाव महिलामा

नेपाल प्लस२०७७ चैत ७ गते १४:३१

स्विजरल्याण्डमा कोरोना खोपबाट हुने दुष्प्रभाव (साईड इफेक्ट) ७० प्रतिशत महिलामा देखिएको छ ।

कोरोना भाईरस बिरुद्दको खोपको असरका बारेमा सूचिक्रित गर्दा असर देखिएका कूल ५९७ जना मध्ये ६८ दशमलव सात प्रतिशत महिलामा देखिएको हो ।

स्विस औषधि नियामक स्विसमेडिकले मार्च ८ सम्म कोरोना खोपको साइड इफेक्टको तथ्यांक सार्वजनिक गर्दा यस्तो तथ्य भेटिएको हो । जबकि महिलाहरू खोपबाट पुरुषभन्दा छिटो प्रभावितपनि भएका छन् । खोप लिईसकेपछि २१ जनाको मृत्यु भएको थियो । तर तिनको सरदर उमेर ८५ वर्षको थियो ।

अहिलेसम्मको मृत्यु संक्रमण, कार्डियोभास्कुलर घटनाहरू वा फोक्सो र श्वास प्रस्वाश रोगहरूव्खोपबाट स्वतन्त्र रूपमा देखा परेको हो । दिर्घरोग वा गम्भिर कुनै अन्य रोगसित सम्बन्धको बाबजुदपनि खोप मृत्युको कारण हो भन्ने संकेतको गर्न कुनै ठोस प्रमाण नभएको मेडिक स्विसको बिज्ञप्तीमा उल्लेख छ ।

दुई वटा खोपका दुष्परिणाम (साईड इफेक्ट) हरू आउँदा धेरै भिन्नता थिएन । फाइजर बायोटेकको खोपबाट ३४३ प्रतिकूल प्रतिक्रियाहरू रिपोर्ट गरिएको थियो । मोडेर्ना खोपको साईड इफेक्ट भने २५१ जनामा देखियो । एस्ट्राजेनेकाको खोप भने स्विसमेडिकले अझै अनुमति दिएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक