बुधबार, वैशाख १२, २०८१

जंगली बाख्रा शहर पसेपछि

नेपालप्लस न्युज डेस्क२०७७ चैत ७ गते ०:४२

जंगली बाख्राहरु ग्वारग्वारती शहर पसेपछि अहिले वेल्सको लान्डुड्नो शहरका मानिसहरुलाई अचम्मै भएको छ ।

जंगली क्षेत्रमा खानेकुराको कमी, मौसमको प्रतिकूलताको कारण बसाइ सर्ने मेसोमा शहर पसेका यी बाख्राहरु बाटै बन्द हुनेगरी हूलमा हिंडेका छन् । घरी यिनीहरु सपिङ मलका अगाडि भेटिन्छन् त कहिले चर्चको अगाडि घाँसे चौरमा उग्राइरहेका । घरका बगैंचाका घाँस स्वाद मानेर खाइरहेका बाख्राहरुलाई देखेर पनि घरमूलीहरुले यिनीहरुलाई प्रेम गरेकै भेटिन्छन् ।

कोरोना भाइरसले सबैतिर लकडाउन, शहर सुनसान भएका बेला यिनलाई शहर घुम्न फुक्काफाल भएछ । मानिसका बगैंचा, सार्वजानिक घाँसे मैदान जताजता जे जे भेटिन्ट खाँदै हिंडेका यी बाख्राहरु पोहोर भन्दा झन् बढेको रेकर्ड रहेछ सरकारसँग । कोरोनाको कारण डाक्टरहरुले बाख्रीहरुको परिवार नियोजन गर्न पाएनन् ।

सँख्या नियन्त्रण गर्न पशु मन्त्रालय अन्तर्गत जंगली बाख्रीहरुको परिवार नियोजन गर्छ सरकारले । तर अहिले गर्न पाइएन । सँख्या ह्वात्तै बढेछ । अहिले वेल्सका बजारमा ३५ जति जंगली बाख्राहरु मस्त घुमिरहेकाछन् । यी स्वस्थ छन् र कसैसँग डराउँदैनन् ।

तपाइँको प्रतिक्रिया