बिहीबार, वैशाख १३, २०८१

नागरिकमा विस्वाश जगाउन फ्रान्सेली प्रधानमन्त्रीले लगाए एस्ट्राजेनेका खोप

नेपाल प्लस२०७७ चैत ७ गते १९:४५

credit-yahoonews.uk

एस्ट्राजेनेका खोपका बारेमा अनेक आशंका र आलोचना भैरहेका बेला यो खोपबारे आम नागरिकबिच विस्वाश दिलाउन फ्रान्सेली प्रधानमन्त्रीले एस्ट्राजेनेकाको पहिलो डोज लगाएका छन् ।

यस खोपको अस्थायी अवरोध पछि फ्रान्सेलीलाई आश्वासन दिन प्रधानमन्त्री जँ कास्तोलेले शुक्रबार दिउँसो कोरोना भाईरस बिरूद्ध एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएका हुन् ।

फ्रान्सेली सरकार प्रमुखले आफैं एक उदाहरण बन्न खोजेका हुन् । प्रधानमन्त्रीले शुक्रवार मार्च १९ का दिन भाल द मार्न क्षेत्रस्थित सैनिकहरुद्वारा ब्यवस्थापन गरिएको अस्पताल सँ मँदेमा लगाएका हुन् । “मैले खासै केहि अप्ठेरो महसुस गरिन” खोप लगाएपछि प्रधानमन्त्रीले मेडियाहरुसित भने।

जनसंख्याको केही अंशमाथि अविश्वासको जोखिमको सामना गर्दै जँ कास्तोले मंगलबार एस्ट्राजेनेकाको निलम्बन हटाएलगत्तै त्यहि खोप लगाउने घोषणा गरेका थिए । सम्भावित साइड इफेक्टको चिन्ताको बावजुद यो खोपलाई उपयोगी सिद्द गर्न प्रधानमन्त्रीलेनै यो खोप लगाएको समाचारहरुमा उल्लेख छ ।

“अहिलेसम्म म बच्ने काम गरेको थिएँ । मैले खोप लगाउनकालागि आफ्नो पालो कुरेर बसेको थिएँ । कुनै विशेष सुविधा नलिई अन्य नागरिकलेझैं आफ्नो पालो कुरेर बस्दा आफ्नो पालो आएपछि लगाएको हुँ” उनले भने ।

युरोपेली चिकित्सा एजेन्सी (एी एम ए) ले बिहीबार एस्ट्राजेनेका खोप “सुरक्षित र प्रभावकारी” भएको घोषणा गरेको थियो । फ्रान्सलगायत धेरै जसो युरोपियन देशहरूले यो खोपको प्रयोगलाई स्थगित गरिसकेका थिए भने शुक्रवारदेखि फेरि लगाउने घोषणा गरियो ।

तपाइँको प्रतिक्रिया