बिहीबार, वैशाख ६, २०८१

महाविर पुनको आविष्कार केन्द्लाई सहयोग संकलन अभियान शुरु

नेपाल प्लस२०७७ चैत ९ गते १०:२४

गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई करीव एक करोड रुपैयाको सहयोग प्रदानकालागि अर्थ संकलन अभियान शुरु गरेको छ ।

यो सहयोग आविष्कार केन्द्रमा अत्यवाश्यक ठानिएको फलाम तथा स्टील काट्ने लेजर मेशिन खरिदका लागि हुनेछ ।

गएको शनिवार गैर आवासिय नेपाली संघले ‘मेक इन नेपाल’ नामको भर्चुअल कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा डा महाविर पुन सँग एनआरएनका पूर्व तथा वर्तमान अध्यक्षहरु लगायत विभिन्न एनआरएनए अभियन्ताहरुको सहभागि थियो । यहि कार्यक्रम मार्फत यो रकम संकलनको अभियान शुरुवात गरिएको हो ।

गैर आवसीय नेपाली संघका पूर्व उपाध्यक्ष कूल आचार्यले पाँच लाख रुपैया दान दिने घोषणा गरि शुरु भएको यो अभियानमा संस्थाका वर्तमान अध्यक्ष कुमार पन्तले पनि पाँचै लाख थपेका छन् । त्यस्तै, गैर आवासिय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले पनि पाँच लाख रुपिया$$ दान गर्ने घोषणा गरेका छन् । कार्यक्रमको अन्त्य सम्म करिव २५ लाख रुपिया उठिसकेको छ भने बाँकी रकम उठाउन विश्वभर छरिएर रहेका एनआरएनएका शाखाहरुमा सर्कुलर गरिने जानकारी अध्यक्ष कुमार पन्तले दिए ।

बिदेशमा सिकेर गएको शिपलाई आविष्कार केन्द्रमा गएर पुन प्रयोग गर्ने अवसर डा पुनले दिएको उल्लेख गर्दै अध्यक्ष पन्तले आफूलाई देशको भविष्य यहि केन्द्रसँग जोडिएको छ भन्ने महशुस भएको बताए । गैर आवासिय नेपाली संघका साथीहरु सँग उक्त केन्द्रको भ्रमण गर्दा आफूहरुलाई सँस्थागत सहयोग गर्नुपर्छ भन्ने भावना मनमा आएको कुरा व्यक्त गरे।

गैर आवासिय नेपाली संघका एसिया क्षेत्रीय सयोजक पारस मणी पोख्रेलद्वारा सन्चालित उक्त कार्यक्रममा डा महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको भर्चुअल टुर गराएका थिए । केन्द्रमा रहेका वायोमेडिकल कक्ष स्वास्थ्य सामाग्री शैक्षिक सामाग्री तथा कृषी र पर्यटन कक्षहरुको अवलोकन गराउँदै पुनले केन्द्रमा सबैभन्दा बढी कृषी औजार तथा सामाग्रिहरु निर्माण तथा आविष्कारको माग आएको उल्लेख गरे ।

कार्यक्रममा गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पैसाको कमी भएको नठानीकन काम गर्नु नै महाविर पुनको महानता भएको उल्लेख गरे । पुनले डा महतोलाई भने वायोमेडिकल क्षेत्रहरुमा लगानी गर्न अनुरोध गरे ।

एन आर एन एका पूर्व अध्यक्ष जीवा लामिछानेलले राष्ट्रिय आविष्कार केन्द्रसँगै मिलेर काम गर्न भरपर्दो पार्टनरको रुपमा रहेको उल्लेख गरे भने पूर्व अध्यक्ष भवन भट्टले आविष्कार केन्द्रद्वारा तयार हुने खाद्यान्न सामाग्रीहरु बिदेश निर्यात गर्न गैह्र आवासिय नेपाली सँघकै च्यानल प्रयोग गर्न सकिने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रलाई सक्दो सहयोग दिने उदेश्यले बेलायतमा गठीत फ्रेन्ड्स अफ एनआइसी नेपालका अध्यक्ष हरिकृष्ण न्यौपानेले राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरुको तथ्यांक र सूची तयार पार्ने काम भैसकेको उल्लेख गरे । नेपालमा इन्टरेनेट र बिजुली नभएका ठाउँका बिद्यार्थीहरुलाई पठन पाठनका लागि सघाउने उदेश्यले आफूहरुले माइक्रोसफ्ट कम्पनी सँग सहकार्य गर्न गइरहेको पनि उनले उल्लेख गर्नुभयो ।

तपाइँको प्रतिक्रिया