शुक्रबार, चैत १६, २०८०

ट्याक्टरमा भेडाबाख्राझैं मजदूर कोचेर वनमन्त्री गैंडा गणनामा

नेपाल प्लस२०७७ चैत ९ गते १८:३५

वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले गैंडा गणनाका लागि अगाडि पछाडि सुरक्षाकर्मी लिएर चितवन पुगे । सुविधासम्पन्न बिदेशी गाडीमा हुइँकिए । तर उनले गैंडा गणकालागि आवस्यक मजदूरहरु यति धेरै लिएर गए कि तिनलाई ट्याक्टरको टेल्लरमा भेडाबाख्राझैं कोचेर लगिएको छ । नेपालको यातायात, ट्राफिक कानुन र मजदूर कानुनको सबै उल्लंघन गर्दै पचासौं मजदूरलाई ट्याक्टरको टेल्लरमा कोचेर लगिएको छ ।

ट्याक्टरको टेल्लरमा सयौं मजदूर कोचिएर उभिँदै गएका छन् । तर सुविधासम्पन्न रुपले चितवन पुगेका वनमन्त्री आलेले त्यसको कुनै मतलब गरेनन् । तिनको सुविस्थाको ख्याल त झनै के गर्थे । ति मजदूर मध्ये कोहि टेल्लरबाट खसेर दूर्घटना हुनसक्ने कुराको हेक्कापनि राखेनन् ।

आजैदेखि विश्वकै दूर्लभ एक सिंगे गैंडा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको गैंडा गणना कार्यक्रममा वनमन्त्री प्रेम आलेलगायत उच्‍च सरकारी पदाधिकारीहरू हात्तीको बथानसहित चितवन राष्ट्रिय निकुञ्‍ज पुगेका छन् । वनमन्त्री आलेले मात्रै होइन ति उच्च अधिकारीलेपनि ति मजदूरको सुरक्षाकालागि हेक्का खेनन् । अर्थात् मजदूरको शोषण गरे ।

गैंडा गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गरिने छ । घेरो पारेर वा स्थान छुट्याएर गैंडा गणना थालिनेछ । गणनामा प्रयोग गर्न ४० वटा हात्तीमा प्राविधिकहरु रहने छन् । ति चालिस जनाले हात्तीमा बसेर गैंडा गन्ने छन् । गैंडा गन्ने प्राविधिकबाहेकपनि केहि हात्ती सुरक्षा र अन्य केहि प्राविधिककालागि छन् ।

चितवन राष्ट्रिय निकुन्जको प्रतापपुर क्षेत्रबाट गणना सुरु हुनलागेको छ । चितवन राष्ट्रिय निकुञका गैंडा गनिसकेपछि चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्जमा गनिने छ । त्यसपछि फेरि चैत १९ देखि शुक्लाफाँटामा कति गैंडा छन् तिनको गणना गरिने छ । गैंडा गणना यस अघि ६ वर्ष पहिले भएको थियो । पाँच पाँच वर्षमा गरिने गैंडा गणना यो पटक ६ वर्षमा गर्न लागिएको हो ।

(फोटोहरु- गोरखापत्र / थाहाखबरबाट)

तपाइँको प्रतिक्रिया

फेसबुक