बिहीबार, वैशाख ६, २०८१

चाकडीको उत्तम नमूना : ‘मास्क उतारेरै महाप्रबन्धक किन फोटो सेसनमा लागे ?’

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ चैत १० गते १५:३७

‘युवा र सुधारमुखी’ भनाउँदा तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले निजि स्वार्थमा भित्र्याएका निगम महाप्रबन्धक डिमप्रसाद पौडेल(प्रकाश)ले निगमलाई अर्कमण्ययताको बन्दी बनाएका छन् । पौडेल निगममा छिरेको ६ महिनायता निगमको अवस्था झनै दयनिय भएको छ । यसबीचमा कुनै आशातित योजना र लक्ष्य पनि सार्वजनिक भएको छैन ।

निगम उकास्न योजनागत र कार्यगत लक्ष्य लिएर अघि बढ्नुपर्नेमा सत्ता–शक्तिको निकटस्थ बन्नलाई राष्ट्रपति बिद्यादेवी भण्डारीको बिशिष्ट भ्रमण टोलीमा मिसिएर सोमबार उनी नेपाल वायुसेवाको जहाजभित्रै ‘फोटो सेसन’ गराइरहेका थिए । यो तस्वीरलाई आफ्नो र आफन्तलगाययत निकटतम व्यक्ति, अपरेशन्स निर्देशक दिपू ज्वारचनको सामाजिक संजालमार्फत प्रचार गर्न लगाएर महाप्रबन्धक पौडेलले अर्को लाजलाग्दो हर्कत देखाएका छन् । नेपाल वायुसेवाको आरए ००१ बाट ढाका उडेकी राष्ट्रपति भण्डारीको निकटस्थ बन्नैका लागि यो कोरोना कहरमा पनि बिना मास्क फोटो सेसनमा उभिएका छन् ।जबकि यही तस्वीरमा राष्ट्रपति भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका अधिकारी मास्क लगाएर सतर्कताका साथ उभिएका देखिन्छन् ।

स्थलगत कामकारवाहीको कुरा गर्ने हो भने क्यापटेनको गलत ल्याण्ड्ङिका कारण निगमको एक वाईडबडी जहाज बिगत एक महिनायता ‘ग्राउण्डेड’ भएको छ जसले निगमका कैंयौ नियमित उडानहरु रद्व भएको अवस्था छ । जहाज ‘एएलजेड’लाई यसरी गलत ल्यान्डिङ गराउने पाइलट सुनिल श्रेष्ठ र एमएम डंगोल थिए जो अहिले पनि कुनै स्पष्टीकरण वा कारवाहीबिनै महाप्रबन्धक डिमप्रसाद वरपर घुमिरहेकै छन् । यो प्रकरणले पनि दैनिकि संचालनमा समेत निगमलाई अझै करोडौ रुपैंया घाटा बढेर गएको स्थिती छ ।

अहिले यो जहाजको मर्मतमा मात्रै प्रारम्भिक अध्ययन अनुसार ४० करोडरुपैंया भन्दा बढी लाग्ने देखिन्छ । पाइलटको गल्तीका कारण भएको क्षतिमा न बीमा दाबी गर्न सकिने अवस्था छ, न यो रकम जोहो हुन सक्ने देखिन्छ । जानीजानी मानबीय त्रुटीले गर्दा भएको घटनामा बीमा रकम उपलब्ध भए पनि यसले बीमा प्रिमियम बढाउने निश्चित छ । यसरी गल्ती देखिएकै अवस्थामा पनि स्पष्टीकरण वा कारवाही गर्न नचाहेर वा नसकेर महाप्रबन्धक मौन बस्नाको कारण उनको यति समुहसँगको संग्लग्नता पनि हो यसमा पनि अपरेशन्स निर्देशक दिपू ज्वारचनकै हात र साथ रहेको छ ।

तपाइँको प्रतिक्रिया