शनिबार, वैशाख १५, २०८१

सडकका बिचमा रुख जोगाउनु किन नराम्रो ?

नेपाल प्लस२०७७ चैत ११ गते १४:३५

              फोटो- ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठको फोटो, मार्फत् अनलाईन खबर

वीरगञ्ज–ठोरी हुलाकी सडक अन्तर्गत शिकारीबास क्षेत्रको हुलाकी सडकमा सालको रुख राखेर सडक कालोपत्रे गरियो । ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले फोटो आफ्नो फेसबूकमा राखे । शुरु भयो सामाजिक सन्जालमा आलोचना । दूर्घटना हुनसक्छ भन्ने गलत तर्क दिएका केहि मानिसको लहैलहैमा लागेर धेरैले आलोचना गरिरहेका छन् । तर के सडकको बिचमा यसरि सालको रुख नकाटिकनै त्यसलाइ बरु जोगाएर सडक कालोपत्रे गर्नु राम्रो होइन र ?

विकसित देशका ठूला सडकको बिच भागमा यसरिनै रुखहरु लगाइएका हुन्छन् । अझ दुइतर्फीरुपमा गाडीहरु गुड्ने सडक भए त फूलबारीनै बनाउने चलन छ ।

यसोगर्दा दुई तर्फी गुड्ने गाडीहरु एकापसमा नठोक्किने, सुरक्षित रहेर आफ्नै साईडबाट चलाउन पाइन्छ । यस्ता रुखले वातावरणिय स्वच्छतापनि कायम गर्छन् । अक्सिन दिन्छन् । सडकलाई सुन्दरपनि बनाउँछ ।

दुईतर्फी गाडी गुडाउन पर्याप्त ठाउँ हुँदाहुँदै सडक दूर्घटना हुन्छ भन्नु सहि तर्क हुँदै होइन । बरु यस्तो तर्कले जसरिपनि मनपरि गाडी चलाउनपाउनुपर्छ । आफ्नो साईड नहेरि अर्को तर्फबाट आ उने गाडीको सडक क्षेत्रलाईपनि च्यापेर गुडाउन पाउनुपर्छ भन्ने गलत तर्कलाई बल दिन्छ र त्यसरि चलाउँदा झन बढि दूर्घटना हुन सक्छ । चालकहरुलाई गलत तरिकाले गाडी चलाउन छुट दिनुपर्छ भन्ने वकालत गर्छ ।

सडकको बिचमा पर्खाल लगाएर दुई लेन छुट्ट्याउनुभन्दा रुख विरुवा लगाउनु उचित हो । यो अझ बैज्ञानिक तरिका हो । चालकहरुले आफ्नो मार्गमा ध्यान दिएर, सवारी नियमको पालना गरेर पो चलाउनुपर्छ । यस्ता रुखले बरु दुईतर्फको बाटो कोरिदिनाले दुई तर्फी गाडी चलाउनेलाई आफ्नो साईड कुन हो भनेर छुट्त्याउन मद्दत गर्छ । आर्काको साईड च्यापेर चलाउनेलाई सतर्क गराउँछ । टाढैबाट आफ्नो र बिपरित दिशाबाट आउनेको सडक क्षेत्रको सूचना, संकेत गरिदिन्छ ।

तपाइँको प्रतिक्रिया