शनिबार, वैशाख ८, २०८१

झण्डै १२०० किमीको यात्रा ह्विलचेयरमा

नेपाल प्लस२०७७ चैत ११ गते १९:१५

फोटो- कनकमणी दिक्षितको फेसबूक

कति सकारात्मक । कस्तो उपलब्धी ! कति बहादुरीपूर्ण काम । कस्तो जोखिमपूर्ण यात्रा । राम बहादुर तामाङ गोलेले एक हजार एक सय किमी भन्दा लामो दूरीको यात्रा व्हिलचेयरमै गरेका छन् ।

पूर्वको मेचीदेखि पस्चिमको महाकालीसम्म उनले व्हिलचेयरमै यात्रा गरेका हुन् । पत्रकार कनकमणी दिक्षितको जानकारि अनुसार उनले ११५३ किमीको यात्रा आजै पार गरेका हुन् । यति यात्रा गर्न उनलाई काकडभिट्टाबाट प्रस्थान भएपछि २६ दिन लागेको छ । बयालिस दिनको लक्ष्य राखेपनि उनले त्यस अघिनै २६ दिनमै पुरा गरेका छन् ।

त्यसो त, उनले यस अघिपनि व्हिलचेयरमा नमोबुद्ददेखि लुम्बिनीसम्मको ३६६ किमीको यात्रा गरेका थिए । त्यस्तै, लुम्बिनीबाट भारतको बोधगयासम्मको ५५३ किमी यात्रापनि व्हिलचेयरमै गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक