बिहीबार, वैशाख ६, २०८१

युरोपेली आयोगद्वारा कोरोना खोप निर्यातमा कडाई, बेलायती प्रधानमन्त्रीद्वारा चेतावनी

नेपालप्लस संवाददाता२०७७ चैत १२ गते १३:१६

कोरोना भाईरसको तेस्रो लहर चलेसँगै युरोपेली युनियनले कोरोना भाईरसको खोप निर्यातमा कडाई गर्ने घोषणा गरेको छ ।

यूरोपेली आयोगले बुधवार कोरोना खोप निर्यात नियन्त्रणलाई सुदृढ पार्ने भन्दै यस्तो घोषणा गरेको हो । युरोपेली आयोग (ईयु) का २७ देशमै खोप आपूर्तिको खाँचो रहेकोले ईयुले यस्तो निर्णय गरेको हो । एस्ट्राजेनेका प्रयोगशालाले ईयुलाई वितरण गर्ने भनेर गरेको प्रतिबद्धताहरूको सम्मान नगरेको भन्दै उसले बितरणमा कडाई गर्न लागेको छ ।

युरोपेली आयोगले बुधवार मार्च २४ मा आफ्नो भूमिमा निर्मित कोरोना खोपको निर्यात नियन्त्रणलाई कडा बनाउने गरी एस्ट्राजेनेका र बेलायतलाई पूर्व शर्तहरु पालना गराउने र उचित पहुँचका लागि दबाब दिनपनि यस्तो निर्णय गरेको हो ।

ईयुले “कोरोना भाईरसबिरुद्द लड्ने रोग निरोधक क्षमता युरोपमा भन्दा बढि भएको, आफ्नै खोपहरू उत्पादन गर्ने देशहरूमा समेत महत्वपूर्ण मात्रा निर्यात गर्ने क्रम जारी रहेको उल्लेख गरेको छ । “हामीले यी असंतुलनहरूलाई समाधान गर्न वर्तमान संयन्त्रमा दुईवटा समायोजन अपनाएका छौं । निर्यातमाथिको कडाई त्यसैभित्रको एक हो” यूरोपेली आयोगका कार्यकारि अध्यक्ष भाल्डिस डोम्ब्रोभ्स्कोले भनेका छन् ।

एएफपीका अनुसार युरोपेली आयोगले परामर्श गरेको नियममा संशोधनको मस्यौदामा भनिएको छ ‘केही देशहरूले ईयूमा डोजको निर्यातलाई कानूनद्वारा वा अनुबन्ध वा खोप निर्माताहरूले गरेका अन्य व्यवस्थाद्वारा रोकिरहेका छन्।’

बेलायती प्रधानमन्त्री बोरिस जोसनले लगानीको सन्दर्भमा “मनोमानी नाकाबन्दी” भन्दै ईयुको नतिजालाई चेतावनी दिएका छन् ।

यस निर्णयको उद्देश्य यूरोपेली आयोगमा खोपको आपूर्ति बृद्धि गर्ने हो । यो विषयलाई आज विहिवार हुने २७ ईयु राष्ट्रको भिडियो कन्फरेन्समा एजेन्डाका रुपमा राखिएको छ । युरोपेली देशहरुमा कोरोना भाईरसको तेस्रो लहरले गाँजिरहेकाले ईयुले आफ्नो देशमा उपलब्ध गराउन निर्यात रोक्न खोजेको हो ।

ईयुले गर्न खोजेको निर्यात प्रतिबन्ध बेलायतलाई लक्षित गर्ने उपाय हो । त्यसबाहेक जुन देशका धेरै जनसंख्याले खोप लगाइसके ति देशमा हुँदै आएको निर्यातलाईपनि कडाई गर्न खोजिएको छ ।

युरोपेली आयोगले फेब्रुअरी १ र मार्चको बीचमा सबै खोपहरू अर्थात् करिब एक करोड डोज बेलायतलाई निर्यात गर्‍यो । तर यसको ठीक विपरीत ईयुले बेलायतमा उत्पादित कुनै डोज उत्पादन प्राप्त गरेन । जबकि एस्ट्राजेनेकाले हस्ताक्षर गरेको करारमा बेलायतका दुई कारखानहरूमा उत्पादन खोपपनि वितरणका लागि प्रदान गर्नुपर्ने भन्ने उल्लेख छ ।

युरोपेली परिषदका अध्यक्ष उर्सुला भोन डेर लेयनले यदि ईयूले पहिलोपटक प्रतिज्ञा गरिएको आपूर्ति प्राप्त गरेन भने एस्ट्राजेनेकाको निर्यात रोक्ने भन्दै शनिवार चेतावनी दिएकि थिईन । स्वीडेन र ब्रिटिश प्रयोगशालाले ईयूलाई ७० लाख डोज पुर्‍याउने योजना बनाएको छ र त्योपनि उपलब्ध गराएको छैन । तर उसले ईयुलाई एक करोड ८० लाख मात्रा उपलब्ध गराउने मन्जुरि गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक