बिहीबार, वैशाख १३, २०८१

माईक फुकेर सडकमा न्याय माग्दै गृहमन्त्री बादल

नेपाल प्लस२०७७ चैत १२ गते १४:४३

फोटो- अनलाईन खबर

जसले न्याय दिने हो उहि न्याय माग्दै सडकमा पुग्यो भने त्यो देशको न्याय, जनताको हालत कस्तो हुन्छ ? अझ शान्ति कायम गर्नुपर्ने, जनतालाई सुरक्षा दिने निकायको प्रमुखनै माईकबाट चिच्याउँदै जनताको साझा सडकमा कुर्लिँदै न्याय माग्यो भने ? जनताको जिउज्यानको सुरक्षा भएन, जनता अनाहकमा जेलनेल परे । अन्यायपूर्ण तरिकाले जनताको नेता जेलपर्‍यो भन्दै न्यायको अधिकार बोकेका सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ नै सडकमा पुगेका छन् । जनताले अन्याय ब्यहोर्दा, न्याय माग्न पुग्ने सडकमा आज गृहमन्त्रीनै धर्ना बसेर माईक फुकिरहेका छन् ‘रेशम चौधरीलाई न्याय देउ ।’

टिकापुर कैलाली हत्याकाण्डमा जघन्य अपराधको योजनाकार रेशम लाल चौधरी भएको बिभिन्न सरकारी अध्ययनहरुले किटान गरेका हुन् । त्यसैको आधारमा रेशम चौधरी अहिले जेलमा छन । हो तिनै रेशम चौधरीलाई रिहाई गर्नुपर्ने माग केहि राजनितिक दल, नेता र खासगरि समाजावादी जनता दलले गरिरहेको छ । रेशम चौधरि रिहाईको लागि आज भएको प्रदर्शनमा गृहमन्त्री आफैं माईक बोकेर पुगेका हुन् । उनले माईकबाटै रेशम चौधरीको रिहाईको माग गरे । यस्तो माग उनले माईकबाट कोकोहोलो हाल्दै आफैंसमक्ष राखेका छन् । अर्थात् गृहमन्त्री आफैंले आफू र आफ्नै सरकारसित माग गरेका छन् । आफूले यस्तो माग राखेको सडकमा गएर माईक मार्फत जनतालाई सुनाएका छन् ‘रेशम चौधरीको रिहाईको लागि वार्ता टोली बनाएर आउनुस् ।’

निलम्बित भएका सांसद रेशम चौधरीको रिहाईको गर्न माग गर्दै थारु कल्याणकारिणी सभाका अगुवाहरु काठमाडौं माईतिघर मण्डलामा धर्नामा बसेका छन् । तिनलाई भेटेर रेशम चौधरीको रिहाईको माग गर्न वार्ता टोलीसहित आउन आग्रह गरेका छन् । उनले वार्तासहित आएपछि प्रधानमन्त्रीसमक्ष राख्ने र मन्त्रीपरिषदमा प्रस्ताव गर्ने आस्वाशनपनि दिएका हुन् । यसको अर्थ एक्लिँदै गएको सरकारको समर्थन लिने प्रयासमा ओली सरकार छ ।

समाजवादी जनता दलको भात्री संस्था थारु कल्याणकारी सभाले आफ्नो पार्टीलाई ओली सरकारमा जान रेशम चौधरीको रिहाईको माग तेसारेको छ । यो माग पुरा गरेरैपनि ओली सरकार समाजवादी जनता दलको समर्थन लिने, सरकारमा समाबेश गराएर आफ्नो सरकार टिकाउने पक्षमा देखिन्छ । जनता समाजवादी दलको समर्थन खोज्न गृहमन्त्रीले यस्तो संकेतपनि गरे ‘हामी रेशम चौधरीको रिहाईको वार्ता टोली गठनपछि सरकारमा सहभागि हुनकालागिपनि वार्ता टोली गठन गर्छौं ।’

कैलालीमा भएको थारुहटको त्यो आन्दोलनमा दशौं हजार प्रदर्शनकारीहरु छुरा भाला र अन्य घरेलु हतियार लिएर उत्रिएका थिए । तिनले एसएसपी न्यौपानेलाई भाला रोपीरोपी हत्या गरेका थिए । एसएसपी न्यौपाने र दुई इन्स्पेक्टर सहित ७ जना सुरक्षाकर्मीको ज्यान लिएका थिए । सशस्त्रका हवल्दार रामबिहारी थारुलाई जिउँदै आगो लगाएर हत्या गरेका थिए । त्यो नियोजित थियो । घाइते भएर पानी मागिरहेका कर्मीहरुलाई मुखमा भाला रोपिएको थियो । त्यो जघन्य अपराधको योजनाकार रेशम लाल चौधरी भएको बिभिन्न सरकारी अध्ययनहरुले किटान गरेपछि उनलाई अदालतले जन्मकैदको सजाय  सुनाएको हो । त्यसैको आधारमा रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । ।

यसैसित संवन्धित तल्लो लेखपनि हेर्नुस्

यो अपराधीक माग केका लागि कमरेड ?

तपाइँको प्रतिक्रिया