बिहीबार, चैत १५, २०८०

श्रम विभाजन गर्दा उमेर नहेर्ने कमिलाको समूदाय

नेपाल प्लस२०७७ चैत १३ गते १६:५६

कमिलाको समूदायमा श्रम विभाजन गर्दा उमेरको मतलव गरिन्न । तर यसमा अन्य सामान्य कारकहरू हुन्छन् । तिद्वारा स्पष्ट निर्धारण गरिएको हुन्छ ।

महिला कमिलाहरूले गुँडभित्रका रानी र लार्भाको हेरचाह गर्छन् । किभने बाहिर निस्किएर खानाको खोजीमा उद्यम गर्दछन् । स्विजरल्याण्डको लोजान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले खानाको खोजि गर्न जाँदा कसले कस्तो काम गर्छ । कर्तव्य मात्र बुढाबुढीको हो की ? वा अधिक अनुभवी कमिलाहरु द्वारा गरीएको थियो कि भनेर जान्न चाहेका थिए ।

स्विजरल्याण्डका अनुसन्धानकर्मीहरुले ५०० वटा कमिलाहरुको समूदायमा भएका लाखौं संचार आदानप्रदान, सामाजिक अन्तर्क्रियाको अध्ययन गरे । काम गर्दा उमेरले यिनको समूदायमा कुनैपनि प्रभाव नपार्ने रहेछ । उमेर बढि हुनेलाई प्राथमिकता । कम हुनेलाई कम काम । वा उमेरको हदले काम र लाभको बिचमा कुनै भिन्नता नगरिने रहेछ ।

प्रत्येक महिला कामदारहरूले बिल्कुल समान मौका पाउँछन् । समान जिम्मेवारी बहन गर्छन् । तिनलाई नर्सरीबाट खाना खोज्ने, झिक्ने भूमिका प्रदर्शन गर्न अरुलाई भन्दा लगभग तिन प्रतिशत बढि प्रमोशन गरिन्छ ।

“जनावरको समाजमा भूमिका परिवर्तन सामान्य प्रक्रियाद्वारा विनियमित छन् भनेर देखाउने पहिलो प्रयास हो । यो खोजले सामाजिक कीराहरूमा कामको नियमनको बारे हाम्रो बुझाइको लागि महत्त्वपूर्ण परिणामहरू देखाउँछन्” युरोपियन इकोलोजी र इभोलुसन विभागका प्राध्यापक लरेन्ट केलर भन्छन् ।

नर्सरीमा आहारा खोज्ने, त्यसबाट आहारा झिक्ने र त्यसलाई बोक्ने कामदारहरू बीच सही सन्तुलन सुनिश्चित गर्न सबैभन्दा प्रभावी तरीका खेलेको देखिन्छ । अन्वेषकहरूले यो पनि पत्ता लगाए कि चारा खोज्नेहरु नर्सरीमा काम गर्न परेमा गुँडमापनि फर्किन्छन् यदि अवस्थाले यस्तो माग गरेको खण्डमा ।

तपाइँको प्रतिक्रिया