मंगलबार, वैशाख ४, २०८१

आइएलओ-एनआरएन प्रोजेक्ट : भ्रस्टाचारको बचाउ, नागरिक गोप्यताको उल्लंघन (प्रमाणसहित)

नेपालप्लस विशेष संवाददाता२०७७ चैत १३ गते १८:४८

फोटो क्रेडिट- एनआरएनए

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपाली श्रमिकहरुलाई उद्दार र पूनर्स्थापनाकालागि दिएको आर्थिक सहयोग परियोजनाको बिवाद उत्कर्षमा पुगेको छ । यस अघि नेपालप्लसले यो परियोजनामाथि भएका आर्थिक अनियमितताका बारेमा तिन रिपोर्ट सार्वजनिक गरेको थियो । यसको रिपोर्टपछि एनआरएनए केन्द्रले यो परियोजनाका बारेमा केकति सहयोग भयो भन्ने रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा परियोजनाको बचाउ गर्न खोजिएको छ । आइएलओ अनियमितताका बारेमा ब्यापक प्रश्न उठ्न थालेपछी एनआरएन केन्द्रलेनै छानविन समिती गठन गरेको छ र सो समितीले अझैसम्म आफ्नो रिपोर्ट बुझाई सकेको छैन ।

एनआरएनले यसरी छानविनकै क्रममा रहेको विषयमा अचानक र छरितो तरिकाले रिपोर्ट आउँदा पक्कै पनि छानविनमा प्रभाव पार्दछ । संघका एकजना पदाधिकारी भन्छन- “छानविनको क्रममा रहेको विषयमा यसरी रिपोर्ट आएको छ मानौं केही भएकै छैन । झट्ट हेर्दा छानविनलाई नै प्रभाव पार्न ल्याइएको जस्तो देखिन्छ” ।

रिपोर्टले एनआरएन एकै भाषा र ब्याख्यामा नागरिकको गोपनियता उल्लंघन गरेको छ । नेपालप्लसमा अनियमितताको रिपोर्ट निरन्तर प्रकाशित भएपछि एनआरएनले हतार हतारमा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा खासगरेर आफै १७ वटा प्रश्न बनाइएको छ । ति प्रश्न नेपालप्लसले उठाएकै १७ प्रश्न जस्तो देखिन्छ । त्यसको उत्तर पनि लेखिएको छ । तर सबै प्रश्नका उत्तरहरु पत्यारिला र भरपर्दा जस्ता लाग्दैनन् । त्यो रिपोर्टको ११ पेजको दोस्रो प्रश्न – ‘कार्यक्रममार्फत उद्दार गरिएका व्यक्तिहरुको विवरण कहाँ छ ?’ भन्ने छ । त्यसको जवाफमा एनआरएनएको जवाफ त्यसै पेजमा छ । जवाफ यस्तो छ ‘उद्दार गरिएका व्यक्तिहरुको नामावली अद्यावधिक रुपमा सुरक्षित साथ संघको सचिवालय, काठमाडौंमा राखिएको छ र आवश्यक पर्दा उक्त नामावली संस्थाले देखाउन सक्नेछ । तर उनीहरुको व्यक्तिगत विवरणको गोपनियता सुरक्षित राख्नुपर्ने भएकोले सार्वजनिक गरिएको छैन ।’

आम नागरिकले भ्रस्टाचार भयो । अनियमितता गरिएको छ । ठगी भयो भन्ने प्रश्नको जवाफ यहिँनिर एनआरएनए आफैंले दिएको छ । घरबास नभएर, खान लाउन नपुगेर, सडकको बास नभएर, नेपाल फर्किने कुनै आधार नभएर जसले सहयोग लिए के ति नेपालीले आफ्नो नाम, ठेगाना खुलाउन पाइन्न भने होलान् ? ल ठिक छ भनेको भएपनि एनआरएनए आफैंले त्यस्तो ब्यक्तिगत परिचय दिनुहुन्न भन्ने सोच्यो । उसो भए यहि रिपोर्टको अन्त्यमा साउदी अरबबाट ७ वर्ष सम्म अस्पतालमा झण्डै अचेत अवस्थामा परेका नेपाली श्रमिकलाई उद्दार गरी नेपाल फर्काईएको फोटो किन राखियो ?

‘कामको सिलसिलामा अपांगता भएका एकजना नेपाली श्रमिकलाई उद्दार गरी यातायात खर्च समेत प्रदान गरी घर पठाईएको’ भनेर चित्र सहित हाल्दा के उनको गोपनियता भंग भएन ? अस्पतालमा अचेत भएकाको फोटोसहित राख्न हुने तर नाम लेख्न नहुने, देश खुलाउन नहुने यसको अर्थ के हो ?

रोजगारीका सिलसिलामा मलेसियामा लुटेराहरुले घाईते बनाई अपांगता भएका नेपाली श्रमिकलाई मलेसियाबाट उद्दार गरी घर पठाइएको भन्दै एक नेपालीको दयनिय तस्विर राख्ने अधिकार र नैतिकता एनआरएनएलाई कहाँबाट आयो ?

रसियामा अलपत्र परेकी एकजना नेपाली महिला श्रमिक तथा उनको बच्चा सहित उपाध्यक्ष डा। बद्री केसीको पहलमा उद्दार गरी नेपाल फर्काई आफ्नो परिवारको साथ घर पठाईएको भन्दै एनआरएनएका उपाध्यक्ष डा बद्री केसी महिलाको सामुन्ने बसेर फोटो खिचेका छन् । मानविय हितको यो सेवा गरेको तस्विर शानका साथ एनआरएनएको रिपोर्टमा राखिएको छ । र यिनैले माथि भनिरहेका छन् ‘सहयोग लिएका ब्यक्तिको गोपनियता सुरक्षित राख्नुपर्ने भएकोले नाम सार्वजनिक नगरिएको ।’ सहयोग लिनेको नाम सार्वजनिक गर्दा गोपनियता भंग हुने तर बच्चा सहितकि महिलाको तस्विरनै रिपोर्टमा राख्ने यो नैतिकता कुन देश, समाज, कानुन, सामाजिक संस्थासित मेल खान्छ ?

यिनले पाएको वा आफूले गरेको सहयोगको कुनैपनि तस्विर बाँकि राखेका छैनन् । त्यस्तै उदाहरण हो कम्बोडियाको पनि । एनआरएनएको रिपोर्टमा राखिएको तस्विरमा “कम्बोडियामा अलपत्र नेपालीहरु्रलाई उद्दार गरिएको” भन्दै एक सामूहिक तस्विर राखिएको छ- नेपालीहरुको । यति धेरै नेपालीको फोटो के सोधेरै राखिएको हो ? के यि नेपालीको गोप्यताको अनादार गरिएन ?

आफूले गरेको सानो कामको जसपनि पाएसम्म फोटोमा ब्यक्त गर्न एनआरएनए चुकेको छैन । ‘मलेसियाको नजरबन्दमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी घर पठाईएको’ भन्दै नजरबन्दमा परेका नेपालीको तस्विरसमेत रिपोर्टमा हाकाहाकि राखिएको छ । नजरबन्दमा परेको ब्यक्तिको फोटो त के नाम सम्म सार्वजनिक गरिन्न । नजरबन्दमा परेको ब्यक्तिको फोटो यसरि राखी दिँदा त्यो ब्यक्तिलाई समाजले कसरि हेर्छ ? सामाजिक अपहेलनाको जिम्मेवारी के एनआरएनएले लिन सक्छ ?

अझ लज्जास्पद त के छ भने युएईमा अलपत्र नेपाली महिला श्रमिकहरुलाई खाद्यान्न राहत वितरण गरिएको तस्विरसमेत दुई ठाउँमा राखिएको छ । खाद्यान्नपनि फोहोर जम्मा गर्ने प्लास्टिक (डस्टबिन ब्याग) मा बाँधेर भुइँमा राखेको फोटो सार्वजनिक गरिएको छ । एकातिर खान र बस्न, पिसिआर, हवाई टिकटकोलागि मद्दत गरेका नेपालीको नामसम्म दिन नमिल्ने उल्लेख यहि रिपोर्टमा छ । अर्कोतिर यहि रिपोर्टमा खाना बाँडेको फोटो राखिएको छ ।

रिपोर्टमा ‘सहयोग लिएका ब्यक्तिको गोपनियता सुरक्षित राख्नुपर्ने भएकोले नाम सार्वजनिक नगरिएको’ भन्ने भनाई र सहयोग पाउनेको फोटो सार्वजनिक गर्नुको पछाडि एनआरएनएको स्वार्थ र आर्थिक अपचलनकै मुख्य भूमिका देखिन्छ । नाम गोप्य राख्ने भन्दा बित्तिकै सहयोग पाउनेको नाम जसको गोप्य राखेपनि भयो । र त्यो नाम दिन नमिल्ने भन्ने अर्थ लगाएका छन् । खासमा जसलाई सहयोग गरिएको हो उसको सचित्र ब्याख्या गर्ने, क्रेडिट लिने योजना देखिन्छ । आर्थिक चलखेल र अनियमितता गरिएको रकममा ‘नाम उल्लेख गर्न नमिल्ने भन्दै किर्ते नाममा रिपोर्ट, बिल तयार पार्न खोजिएको आरोप मध्यपूर्वका नेपालीले लगाएका छन् । मध्यपूर्वका ति नेपालीको यो आरोप गलत जस्तो देखिन्न ।

नोट- यहाँका सबै तस्बिर एनआरएनएको रिपोर्टबाट लिईएको हो-सम्पादक)

आईएलओ – एनआरएन प्रोजेक्ट : बस्ने खाने सहयोग भन्दा मानसिक परामर्श लिने बढि (रिपोर्टको प्रमाण सहित )

आइएलओ -एनआरएन भ्रस्टाचार काण्ड : राजनितिक भागबण्डा र केन्द्रकै मिलोमतोमा आर्थिक गोलमाल !

आइएलओ-एनआरएन प्रोजेक्ट- भ्रस्टाचारको बचाउ, नागरिक गोप्यताको उल्लंघन (प्रमाणसहित)

तपाइँको प्रतिक्रिया