शुक्रबार, चैत १६, २०८०

कांग्रेस नेता जोशीको निधन

नेपालप्लस समाचार२०७७ चैत १३ गते २३:४९

कांग्रेस नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएपछी उनलाई एक महिना अघि नर्भिक अस्पातलमा भर्ना गरिएको थियो । उनको शुक्रबार साँझ निधन भएको अस्पतालले जनाएको छ । जोशीलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो ।

अस्पातलका अनुसार शुक्रवार बिहानै देखि जोशीको मुटुले काम गर्न छोडेको थियो । अस्पातलले भनेको छ- उपचारका सबै प्रयास जारी रहेकै अवस्थामा उहाँको निधन भयो । जोशीको निधनमा पार्टी सभापति शेर बहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला तथा गगन थापा लगयतका नेताहरुले नेपाली कांग्रेसले एक कुशल संगठक गुमाएको बताउदै शोक ब्यक्त गरेका छन ।

२०३६ सालबाट विद्यार्थी हुँदै देखी राजनीतिमा लागेका जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक