बिहीबार, वैशाख १३, २०८१

सुदूरपस्चिमलाई हेर्ने सरकारी आँखा र एनआरएनले अफ्रिकालाई हेर्ने दृष्‍टिकोण उस्तै

अफ्रिकामा संघर्ष गर्नेहरु पनि नेपाली नै हुन, हेर्ने दृष्‍टिकोण किन फरक ?

नेपालप्लस समाचारदाता / पेरिस (फ्रान्स)२०७७ चैत १५ गते १३:४१

अफ्रिकाका बिभिन्न मुलुकमा ब्यापार ब्यवसाय र कामको शिलशिलामा पुगेका एनआरआरएन अभियन्ताहरुले नेपाल सरकार र एन आर एन ए केन्द्रलेसमेत अफ्रिका महादेशलाई महत्वको सुचिमा नराखेकोमा गुनासो गरेका छन ।

उनिहरुले अफ्रिका जस्तो प्रचुर सम्भावना रहेको महादेशमा नेपाल जस्तो मुलुकले आफ्नो कुटनैतीक संजाल बिस्तारलाई ढिलो गर्न नहुने आवश्यकता औंल्याए । उनिहरुको भनाइ थियो, ‘यदी नेपाल सरकारले गतिलोसँग पहल गर्ने हो भने हामीले द्विदेशिय ब्यापारका सम्भावना समेत पहिल्याउने छौं ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले शनिवार आयोजना गरेको ‘टल्क अफ्रिका’ कार्यक्रमका सहभागिहरुले भने- अफ्रिका महादेश भविष्यको आर्थिक केन्द्र हो । यो कुरालाई नेपाल सरकारले समयमै बुझ्ने हो भने हामीले प्रचुर फाईदा लिन सक्दछौं ।

कार्यक्रममा एनआरएनका पुर्व कोषाध्यक्ष तथा साहित्यकार हिक्मत थापा, एनआरएन अफ्रिका क्षत्रिय संयोजक रोशन थापा, दक्षिण अफ्रिकाका एनआरएन अध्यक्ष डा पुष्पराज भट्टराई र एनआरएन केन्याका पूर्व अध्यक्ष कुल कार्की सहभागि थिए । उनिहरुले अफ्रिकामा रहेका नेपालीहरु नेपाल सरकार तथा एनआरएन केन्द्रको महत्व भन्दा बाहिर परेको बताउँदै चिन्ता ब्यक्त गरे ।

अफ्रिकाका ५४ वटा मुलुकहरु मध्ये जम्मा दुई वटा मुलुकहरु इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपालको कुटनैतीक नियोग छ भने युगाण्डा र केन्यामा महावाणिज्यदुत छन । यिनै दुई नियोग र दुई महावाणिज्य दुतले पुरै अफ्रिकालाई नियाल्नु पर्ने वाध्यता छ । तर नेपालीहरुको उपस्थिती भने अफ्रिकाका अधिकांश मुलुकहरुमा रहेको अभियन्ताहरु बताउँछन् ।

उनिहरुका अनुसार अहिले अफ्रिकाभरी अनुमानित दस हजार नेपाली रहेका छन । ति मध्ये ठुलो संख्याको नेपाली समुदाय न त नेपाल सरकारको संपर्कमा छ न एनआरएनको । अझ पछील्लो समय मानव तस्करहरुले अफ्रिकालाई ट्रान्जिट पारेर जाने र कतिलाई त्यही छोडिदिने घटना बढीरहेका छन । त्यसरी ल्याइएका नेपालीहरुको ठूलो संख्या संघसंस्थाहरुको संपर्क भन्दा बाहिर छ । मानव तस्करहरुले उनिहरुलाई यस्ता वाह्य संपर्क भन्दा निकै पर राखेका हुन्छन् ।

हिक्मत थापा भन्छन- एनआरएनले यसरी सबै संपर्कबाट विस्थापित गराइएका नेपालीहरुको उद्दारका लागि बिभिन्न प्रयासहरु गरिरहेको छ । तर यस्तो सानो प्रयासले मात्र यो समस्या समाधान हुँदैन ।

अफ्रिकाको अर्को विकराल समस्या भनेको नेपाली चेलीहरु त्यहाँका ‘डान्स वार’ हरुमा बेचिनु हो । बिभिन्न प्रलोभनमा परेर अफ्रिका पुग्ने नेपाली चेलीहरुलाई मुजुरा (रेष्टुरेन्टहरुमा नाचिने नाच) सम्म त्यहाँका स्थानिय दलालहरुले पुर्याउने गर्दछन । जहाँँ उनिहरुको यौन शोषण गरिन्छ र शारिरिक यातना समेत दिइन्छ । थापाले भने “यो समस्याको समाधानका लागि नेपाल सरकारले नै पहल गर्नुपर्दछ ।’

अफ्रिकामा दक्ष कामदार र ब्यापार ब्यवशाय गर्न चाहनेहरुका लागि ब्यापक अवसर भए पनि अज्ञानवस मानव तस्करको चंगुलमा पर्न सकिने सम्भावना पनि उत्तिकै छ । त्यसैले अफ्रिका आउनुपूर्व एनआरएन अफ्रिका क्षेत्रमा संपर्क गरेर मात्र आउन अर्का अभियन्ता रोशन थापाले सल्लाह दिए । उनले भनेका छन- एनआरएन अफ्रिका हरेक किसिमको सल्लाह र सहयोग गर्न तयार छ । त्यसैले जानकारी लिएर आउन उनले सुझाएका छन । उनले भने “अफ्रिका अ औनु अघिनै हामीसित सललह लिए आ उनेलाई सास्ति कम पर्छ । आ इसकेपछि उद्दार गर्नुपर्दा आ उनेलाईस् आस्ति र हामी उद्दार गर्नुपर्नेलाईपनि ज्यादा महँगो पर्न जान्छ ।”

एनआरएनए केन्द्रले समेत अफ्रिकाका नेपालीलाई हेप्ने गरेको गुनासोपनि अभियन्ताहरुले गरेका छन् । एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक तथा ब्यापारी रोशन थापाले एनआरएनए भित्रपनि अफ्रिकालाई पिछाडिएको क्षेत्रका रुपमा हेर्ने गरिको गुनासो गरे । उनले भने ‘नेपालमापनि त गरिब भएपछि हेप्छन् नी । त्यो नेपालीको संस्कार हो । त्यस्तै अफ्रिकाका नेपालीपनि पिछडिएका, गरिब भनेर हेर्ने गरिन्छ ।”

एनआरएनएका पूर्व केन्द्रिय कोषाध्यक्ष तथा साहित्यकार हिकमत थापाले त झन नेपाल सरकारले सूदुर पस्चिमलाई जसरि हेर्छ एनआरएनए केन्द्रले अफ्रिकालाई त्यसैगरि हेर्ने गरेको गुनासो गरे । उनका अनुसार एनआरएनले अफ्रिका र अन्य देशलाई हेर्ने दृष्‍टिकोणमा असमानता छ । अफ्रिकामा एनआरएनको नाममा जति काम भएको छ त्यसमा केन्द्रको भूमिका भन्दा त्यहिँको प्रयासले भएको छ । केन्द्रको सहयोग मागिएको र पाएको पनि छैन अफ्रिकाले ।

थापाका अनुसार कोरोना भाईरसको महामारीका बेला केन्द्रले अफ्रिकाका नेपालीकोलागि परामर्शसमेत गरेन । त्यहाँ दुख पाएका नेपालीलाई सहयोग र उद्दारको काम एनआरएनए अफ्रिकालेनै गर्‍यो । आइेएलओले दिएको राहत कोष होस् वा एनआरएनएले चलाएको सहयोग अभियान त्यसबाट अफ्रिकालाई कुनै राहतको प्रस्ताव पनि गरिएन । थापाले भने “नेपाल सरकारले सुदूर पस्चिमलाई जसरि हेर्छ एनआरएनएले पनि अफ्रिकालाई उसैगरि हेर्छ । कोरोना भाईरसको महामारीका बेलापनि एनआरएनए केन्द्रले हामीलाई तपाईहरुलाई अप्ठेरो परेको छ कि भनेर सोधखोजपनि गरिएन ।”

अफ्रिका महादेशमापनि मजदूरहरु छन् । श्रम गर्नेहरु निकै भैसके । कोरोना भाईरस संक्रमणले अफ्रिकालाईपनि अप्ठेरो पारेको थियो । तर एनआरएनए केन्द्रले त्यहाँ केहि नभएझैं ठान्यो । “अफ्रिका बस्नेलाई किन वास्ता गर्ने ? हामी धनीमानी देशमा बस्छौं, राम्रो देशमा बस्छौं भन्ने लागेको होला” हिकमत थापाले दोहोर्‍याए ।

तर रोशन थापा भने यसमा खासै गुनासो गर्दैनन् । “हामी केहि दिन आएका हौं ,  लिन आएका होइनौं । एनआरएनएले प्लेटफर्म दिएको छ भन्ने सोचेर आफैंले उठाइउठाई सहयोग गर्‍यौं ।”

तपाइँको प्रतिक्रिया