बुधबार, कार्तिक ३, २०७८

बागमती किन चुपचाप बगिरहेकी छन ?

सन्जय घिमिरे२०७७ चैत १५ गते १७:३९

मेरो लेखनमा शायद मैले धेरै पटक उद्रित गरेहुँला असामी गायक भुपेन हजारीकाको एउटा गित –
“बिस्तार हे अपार,
प्रजा दोनो पार करे हाहाकार ,
निशब्द शदा , ओ गंगा तुम बहती हे क्युँ ?”
यो अजम्बरी गित मलाइ सधै उस्तै प्रिय लाग्छ ।

हेर्नुस न कस्तो बिडम्बना । जुन गित प्रिय लाग्छ, त्यसले मनलाइ शान्त होइन, अशान्त बनाउँछ । जब म यो गित सुन्न बस्छु, अशान्त हुन्छु । बिथोलिन्छु ।
सोच्छु– साँच्चीकै यत्रो हुने–नहुने हुँदा पनि ती गंगा निशब्द किन बगिरहेकी छन ?

एक जमाना थियो, जतीबेला हामी नेपालमा पत्रकारिता गर्थ्यौं । र हाम्रो बिट थियो– परराष्ट्र । शायद २०५५–५६ साल वा त्यसको केही अघि वा पछि हुनसक्छ । उ बेला, नेपालको परराष्ट्र मन्त्रालयमा दक्षिण एशिया डेस्कका प्रमुख थिए सहसचीब लीलानाथ शर्मा । अध्ययन र अनुभवले खारिएका, अली कडा मिजासका । उनीबाट समाचार फुत्काउन असाध्यै कठिन हुन्थ्यो । हामीले अर्थात थानेश्वर सापकोटा र मैले हर प्रयत्न गर्यौं– खोजेजस्तै समाचार फुत्काउन । अहँ, दाल गलेन ।
लिलानाथ शर्मा पग्लिएनन् ।

लिलानाथ शर्मालाइ पगाल्न खोज्दा खोज्दै, समय क्रममा हामीले एउटा कुरा भने थाह पायौं, लिलानाथ भनेका मन र चेतनाका असाध्यै संवेदनशील मान्छे हुन । र सोच्यौ– भुपेन हजारीकाको गित मार्फत लिलानाथ शर्मालाइ फकाउन सकिन्छ ।

एकदिन थानेश्वर र म, भुपेन हजारीकाको ‘गंगा तुम बहती हे क्यु ?’ को क्यासेट बोकेर लिलानाथ शर्माको शितल निवासस्थित भव्य कार्यकक्ष भित्र छिर्यौ । उनलाइ क्यासेट दियौं । हो त, लिलानाथ शर्मा साँच्ची कै पग्लिए ।

हामी जस्तै उनले पनि भुपेन हजारिकाको गित ‘ओ गंगा , निशब्द शदा शदा बहती हे क्यु ?’ बिसौ पटक सुने । यसपछि बल्ल उनी हामीसँग नजिकिए । यती नजीकिए कि हामी संगैबसेर ‘ड्रिङ्क शेयर’ गर्ने चरणमा पुग्यौं ।

पिएको बेला शर्मा भन्थे– हाम्रा चेलीहरु जतीन्जेलसम्म बम्बैमा बेचीरहन्छन र भुटानी शरणार्थीहरु जतीजेन्ल आफ्नो भुमि फर्कन पाउँदैनन, त्यतीन्जेसम्म म पनि भुपेन हजारीका जस्तै सोधीरहने छु– “ओ गंगा, निशब्द सदा बहती हे क्यु” ?

मलाइ थाह छैन, आज लिला शर्मा कहाँ, कुन अवस्थामा छन ? अवस्था भने आज पनि उही छ । आज पनि हाम्रा चेलीहरु बम्बैका कोठीमा छँदै छन् । आज पनि भुटानी शरणार्थीहरु नेपालमा छँदैछन ।

म त आज अझ सुनीरहेको छु– हाम्रा नेपाली चेलीहरु अफ्रिकाहरुतीर मुजुरा नाचीरहेका छन । हरे शिब, नेपाल, के गरिरहेको छ ?

म त्यो गंगाको ठाउँमा आज बागमती सम्झिरहेको छु । र मलाइ पनि भुपेन हजारीका जस्तै गंगाको ठाउँमा बागमतीलाइ राखेर प्रश्न गर्न मन लागीरहेको छ–
नैतीकता नष्ट भयो,
मानवता भ्रष्ट भयो,
निर्लज्ज भावले,
बागमती किन बगिरहेकी छौ ?

साँच्चीकै यती निर्लज्ज भएर त्यो काठमान्डौंमा ती बागमती किन बगिरहेकी छन ?
म कहिलेकाँही वागमतीलाइ महाभारतकी द्रौपदीका रुपमा देख्छु । र, चिरहरण गर्नमा रमाइलो मान्ने दुर्योधनहरु दृश्यमा आउँछन ।

मलाइ आजकाल किन किन मेरो त्यो प्रिय काठमाडौं, दुर्योधनहरुले कब्जा गरेको शहर जस्तो लाग्छ, जहाँ चिरहरण एक दिन खास परिस्थतीमा होइन, हरेक दिन हुन्छ ।
किन किन मलाइ आजकाल त्यो काठमान्डौ सिताहरण गर्ने रावणको शहर जस्तो लाग्छ ।

दुर्योधनले द्रोपदीको सारी तानेको तान्यै छन । रावणले सितालाइ लतारेको लतारयै छन । मलाइ गुनासो छ–बागमतीप्रती भुपेन हजारीकाको जस्तै – निशब्द शदा, ओ बागमती तुम बहती हे क्युँ ?

मलाइ थाह छैन बागमती कहिले बोल्छिन ? वा बोल्दै बोल्दिनन ? मलाइ यत्ती चाहीं थाह छ– बागमतीका वरीपरी, जे भैरहेको छ, त्यो ठिक भैरहेको छैन । तर के गर्नु दूर्भाग्य, धृर्तराष्ट्र वा गान्धरी अन्धा वा अन्धी छन ।

मलाइ किन किन आजकाल त्यो काठमान्डौं स्रिप दूर्योधन र धृतराष्ट्रहरुको शहर जस्तो लाग्छ । दुर्योधन, जो दुष्ट छन् । धृतराष्ट्र वा गान्धारी, जो अन्धा वा अन्धी छन् ।
कृपया मलाइ ठयाक्कै नसोध्नुहोला को धृतराष्ट्र र गान्धारी हो भनेर । यत्ती मात्र म भन्न सक्छु ती कतै बागमतीको वरिपरी छन् । र, महाभारतको मन्चन गरिरहेका छन् । मेरी प्रिय बागमतीका वरिपरी आज, जो महाभारत भैरहेको छ, तपाइ हामीले देखिरहेकै छौं ।

फेरि पनि मेरो गुनासो त, बागमती माथी हो – निशब्द सदा, बहती हे क्यु ?
मलाइ त दूर्योधन, धृतराष्ट्र, गान्धारीमाथी उहिलेपनि विश्वास थिएन । आज पनि छैन, ती जो महाभारत मच्चाउन खडा छन । ती जो महाभारत मच्चाइरहेका छन ।
र तपाँइ हामी आज एउटा अर्को दूर्लभ महाभारत हेरिरहेका छौ ।

यस्तो बेला, सुतेका, लडेका, पसारीएका बुढानलीलकण्ठमाथी भरोसा हुने त कुरै भएन । अहँ पटक्कै भरोसा छैन । मलाइ थाह छैन मान्छेहरु किन सुतेका, सर्वकाल पसारीएका बुढानीलकण्ठलाइ पुज्छन ? भगवानै भएपनि, जो अक्सर निदाउँछ, उसलाइ पुज्ने भक्तहरु देखेर पो म आश्चर्यचकित हुन्छु ।

म त चाहन्छु – ती बुढानीलकण्ठ उसैगरी निदाइरहुन्, पल्टिरहुन् । पहिले त, ती जाग्नै सक्दैनन् । दोस्रो, ती जाग्नुको कुनै अर्थ छैन ।

मेरो गुनासो त बागमती माथी हो –
“इतिहासकी पुकार
करे हुँकार,
ओ बागमतीकी धार
निर्वल जनको
सबल संग्रमी, समग्रोगमी बनाती नही हो क्यु ?”
बिचरा बागमती ।
ती पनि के गरुन ?
मैले बागमतीसँग गुनासो त गरें । तर मलाइ थाह छ बागमतीका पनि आफ्नै गुनासा छन् ।

आजकाल यस्तो लाग्छ, मेरो प्रिय काठमाडौं वा मेरो प्रिय नेपाल, गुनासाहरुको थलो हो, जहाँ एकातीर दुष्ट दुर्योधनको राजकाज छ, अर्कोतीर अन्धा धृतराष्ट्र वा गान्धारी ।

दुष्ट र अन्धाहरुका अगाडी बिचरा बागमतीले पनि गरुन के ?

मेरो मातृदेश जहाँ स्वंय गृहमन्त्री धर्नामा छन् । र जहाँ धुर्मुस नामका एक मनुवा, क्रिकेट रंगशालाका लागी रौएर हिंडिरहेका छन् । त्यहाँ म के आश गरुँ ?

मेरो गुनासो बागमती माथी छ – निशब्द सदा बहती हे क्युँ ?

तपाइँको प्रतिक्रिया

फेसबुक