शुक्रबार, चैत १६, २०८०

बलात्कारको आरोपपछि अष्ट्रेलियाका दुई मन्त्रीलाई शिर्ष पदबाट हटाईयो

नेपालप्लस संवाददाता२०७७ चैत १६ गते १२:२२

अस्ट्रेलियाका दुई क्याबिनेट मन्त्रीहरूलाइ बलात्कारको आरोपपछि शीर्ष पदबाट हटाईको छ । ति दुई मन्त्रीहरुलाई आजै सोमबार पदबाट हटाइएको हो । सत्तारुढ कट्टरपन्थी पार्टीलाई यो बलात्कार काण्डले राष्ट्रिय राजनीतिमा प्रतिकुल प्रभाव पारिरहेको छ । र सतारुढ पार्टीको प्रभावलाई विफल पारेको छ ।

लिन्डा रेनोल्ड्सलाई रक्षामन्त्री र क्रिश्चियन पोर्टरलाई महाधिवक्ताको रूपमा हटाइएको हो । प्रधानमन्त्री स्कट मोरिसनले बढ्दो सार्वजनिक दबावको अगाडि झुकेर तिनलाई हटाएका हुन् ।

पोर्टर सरकारको शीर्ष कानूनी अधिकारी र एक पूर्व राज्य अभियोजक (प्रोजिक्युटर) थिए । उनमाथि सन् १९८८ मा १६ वर्षीया आफ्नै किशोरी साथीलाई (विद्यार्थी) लाई बलात्कार गरेको आरोप छ । तर उनले भने यो आरोप अस्विकार गर्दै आएका छन् । ति महिलाले गत जुन महिनामा आत्महत्या गरेकि थिईन् ।

रेनोल्डलाई उनको संसदीय कार्यालयमा एक जवान कर्मचारीमाथि बलात्कारको आरोपमा अनुसन्धान गर्दा गलत अर्थ लगाउने र महिलालाई “लाईक काउ” (लाईङ काउको अर्थ अन्तिममा हेर्नुस्) भनेर सम्बोधन गरेको आरोप लगाइएको थियो ।

(लाईङ काउ : जब गाईहरु भुइँमा बस्छन् तब अब पानी पर्छ भनेर गाईलाई थाह हुन्छ । तर गाई बस्नुभनेको पानी पर्दैन भनेर ढुक्कले बसेझैं देखिन्छ । वास्तवमा गाई त्यसरि बस्नुको अर्थ शरिरले भुइँको घाँस ढाकिने हुँदा घाँस भिज्दैन र पानी रोकिएपछि नभिजेको घाँस खान पाइयोस भनेर हो । त्यसैले अष्ट्रेलियामा जानी जानी नाटक गरेको, झुटलाई सत्य सावित गर्न खोजेको भन्नुपर्दा लाईङ काउ () भन्ने चलन छ ।

दुबै मन्त्री हप्तौं बिदामा छन् । मोरिसनले पहिले उनीहरूलाई आफ्नो काममा फर्कन जोड दिएका थिए । अबपनि ति दुबै सरकारमा रहनेछन् । रेनोल्डका लागि सरकारी सेवाहरूको कम प्रतिष्ठित विभागहरूको जिम्मा हुने छ । पोर्टरले उद्योग, विज्ञान र टेक्नोलोजी सम्हाल्ने छन् ।

फेरबदलको क्रममा मोरिसनले मन्त्रीपरिषदमा महिलाको लागि केहि पदोन्नतिको घोषणा पनि गरेका छन् । “यो अष्ट्रेलियाको मन्त्री परिषदमा अहिलेसम्मकै सबैभन्दा बलियो महिला प्रतिनिधित्व हो” प्रधामनमन्त्री मोरिसनले भनेका छन् ।

महिलालाई लोभ्याउने उनको यो प्रयासले सरकार, विशेष गरी सरकारमा हुने बदमाशी, उत्पीडन र यौन हिंसाको बारेमा भैरहेको व्यापक सार्वजनिक क्रोधलाई साम्य पार्नसक्छ कि सक्दैन भन्ने हेर्न बाँकि छ ।

पोर्टर र रेनोल्ड विरुद्ध लगाइएको आरोपले अष्ट्रेलियाभरि महिला प्रदर्शनलाई प्रोत्साहित गरिरहेको छ । हजारौं महिला लैंगिक समानता र यौन हिंसा अन्त्यको लागि सडकमा उत्रिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक