शुक्रबार, चैत १६, २०८०

स्विस महिला सैनिकका लागि छुट्टै वर्दी !

नेपाल प्लस२०७७ चैत १६ गते १६:५७

credit-thelocal.ch

स्विजरल्याण्डको रक्षा मन्त्रालयले स्विस महिला सैनिककालागि छुट्टै बर्दीको ब्यवस्था गर्ने भएको छ । स्विस महिला सैनिकहरुले चाँडैनै आफ्नो शरीरका लागि मिल्नेगरि विशेष गरी वर्दी र अन्य साधन र उपकरण प्राप्त गर्नेछन् ।

अहिले स्विस सेनामा महिला र पुरुष दुबैकालागि समान खालको बर्दीको ब्यवस्था छ । स्विस सेनामा महिलाको संख्या शुन्य दशमलव नौ प्रतिशत छ । महिलाको संख्या बढाउन भन्दै स्विस रक्षा मन्त्रालयले यस अघिनै महिलालाई सेनामा भर्ति हुन पटक पटक आव्हान गरिसकेको छ ।

स्विस महिलालाई आफ्नो लिंगिय शारिरिक ढाँचाका आधारमा मिल्ने, सुहाउने र छरितो र कार्यक्षमतामा सहज हुनेगरि बनाईने छ” स्विस सैनिक प्रवक्ता काज-गुन्नार सिएभरले आइतबार बताएको महिला पत्रीका फेमिनामा उल्लेख छ ।

यस्तो खालको पोशाक र साधनहरु पुरुष स्विस सैनिय आपूर्तीकर्ताकालागिपनि छुट्टै बनाइदै छ । पोशाक हाल परिक्षण भैरहेको छ ।

स्विजरल्याण्ड भरिका करिब ३५० सनिकमा यस्तो अलग पोशाकको परिक्षण भैरहेकोपनि सैनिक प्रवक्ताले किस्टोन न्युजलाई बताएको भन्दै स्विस इन्फो डट सिएचले उल्लेख गरेको छ ।

अहिले परिमार्जन गर्न लागिएको स्विस सैन्य पोशाकमा लडाईको गियर, आफ्नो नाप अनुसारको आकार, ब्याकप्याक (झोला), लडाईमा लगाउने गियर, बुलेटप्रुफ लुगा र हाइड्रेसन प्रणालीहरूमा लागू हुन्छ । आगामी वर्ष स्विस सेनामा यि सबै प्रस्तुत गर्नुपर्ने छ । काम नगरेका बेला लगाउने पोशाक (अफ ड्युटी युनिफर्म) पनि परिमार्जित हुने छ । हालको बर्दी र पोशाक सन् १९८० मा तयार गरिएको हो ।

स्विस सेना र स्विस सशस्त्र बलमा सेवा गर्ने महिलाहरूको संख्या बढाउन रक्षामन्त्री भियोला अमहर्डले महिलाको प्रगतिका लागि विशेष अभियान शुरू गरेका छन् । उनले महिलालाई सैन्य सेवामा आकर्षित गर्न सैन्य सेवा, प्रशिक्षण, क्यारियर र परिवारको अनुकूलता सुधार्नुपर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक