बुधबार, साउन २०, २०७८

मनको रेल कुदाउने ‘तिम्रो म’ बजारमा

नेपाल प्लस२०७७ चैत १७ गते १६:१८

अहिलेको युवा पिँढीलाई लक्ष्य बनाएर युवा पात्रको उपस्थितिमा रचिएको ‘तिम्रो म’ नामक उपन्यास बजारमा आएको छ । उपन्यास युवाहरूको मनको आवाज हो । बदलिँदो युगको प्रवासिने युवाहरूको प्रेम हो । बिछोड र यसले युवामा पार्ने असरको बारेमा सरल र सहज रूपमा रचिएको कृति पनि हो यो । सामु उप्रेतीकृत ‘तिम्रो म’ उपन्यास विदेशमोह र विदेसिएपछि आइपर्ने माया र बिछोडभित्र केन्द्रित छ ।

रचनाकार सामु उप्रेती सानैदेखि कथा, कविता लेख्न्ने गर्थिन् । उनले ती रचना आफ्ना साथीसँगीलाई पनि सुनाउने गर्थिन् । साथीहरले फेरि सुनौं सुनौं गर्थे । ती कारणहरूले पनि उनलाई अझ लेखिरहन ऊर्जा मिल्ने गर्थ्योे । त्यहि उर्जाको बलमा उनले निरन्तर कलम चलाइरहिन् ।

उनलाई जीवन, जगत र प्रेमका रचना गर्न मनपर्छ । बाटोमा हिँड्दाहिँड्दै हतारमा दौडीरहेका ती बटुवाहरु देख्ता उनीहरुसँगसँगै ऊभिएर मनमनै कथा बनाउन घोत्लिन्छिन् सामु । आँगनमा फुलेका फूल, वरीपरीका प्राकृतिक सुन्दरताहरुमा बेजोडको सङ्गीत देख्छिन् उनी । र थाल्छिन्, गीत लेख्न तिनै फूल र प्रक्रितिका रचनाको ।

त्यति मात्र कहाँ हो र ! प्रेमीप्रेमिकाको कल्पनामा डुबेर उनी कविता बनाउँथिन् । त्यसैगरी चौतारीमा बसेका जोडीलाई हेरेर उनी जीवनकथा बुनिदिन्छिन् । बतासले जिस्काएर ढल्मलिइरहेका, सुसेली हानेका रुखका पातहर छमछमाएको, हल्लिएको देख्ता त्यसको फेदीमा बसेर खाली पानाहरु भर्न उनी हतारिन्थिनपनि । किशोरावस्थाको त्यहि चक्र पार गरिन् । युवा अवस्थामा छिन् उनी । अहिले ‘तिम्रो म’ भित्रै उनी बयेली खेरिहेकी छन् ।

उनले कोर्दै गईन् । उनका लेख रचनाहरु पत्रपत्रिकामा छापिँदै गए । फेरि आफ्नो जिन्दगीमा भएका कथा र देखेसुनेका तथ्यले नयाँ कापीका पृष्ठहरू भरिए । तर उनलाई लागिरह्यो ‘खै ती मेरा कथा र रचनागर्भ कहाँ गए ?’ ती आफ्नै मनका स्पन्दनहरू अहिले उनी आफैँ भेट्तिनन् । शायद तिनले बाटो बिराए । बाटोको खोजिमा कतै रोइरहेका थिए होलान् । बाटो बिराएका तिनै कथाहरूलाई सम्झेर कैहिलेकाहीँ उनी सोच्ने पनि गछिन् ‘त्यो समय, त्यो पल बाँचेका भए यति बेलासम्ममा मेरा धेरै कथा बन्दाहुन् । अझै उपन्यासहरु समेत पनि बन्ने थिए होलान् ।’

मानिसको चोला न हो, समय र परिस्थिति कहाँ एकै रहन्छन् र ! अस्ट्रेलिया आएपछि उनले धेरै परिस्थितिहरूसँग लडाई गर्नुपर्यो । त्यसैमाझ उनी भित्रभित्रै गुम्सिएका आफ्ना कथा, कविताहरु पनि त्यसै छोपिएर, पिल्सिएर र कुहिएर गए । आफूले स्रिजना गर्न सक्ने ति पललाई छोड्दा तिपनि उनका पछि लागेनन् । तिनलेपनि सामुलाई छोडिदिए ।

तर उनले हार भने खाईनन् । अब फेरि उनका ती बन्धक बनेका खुसीहरु फर्किएको अनुभूत गरेकी छन् । मनमा थाती बसेका भ्रूणहरु बाहिर ल्याउन सुरु गरेकी छन् । ‘मनको म’ ले तिनलाई फेरि जगाइदिएका छन् । सुस्तसुस्त लेखनको दुनियाँमा जिस्काउन लागेका छन् । ‘साँच्चै हो, अब यो मेरो मनको छुकछुके रेल कुदीनैरहनेछ’ उनी भन्छिन् ।

उनको यो पहिलो रेलको इन्जिनमा इन्धन भर्ने काम अथवा ‘तिम्रो म’ जनसमक्ष पुग्ने मेलो नइ प्रकाशनबाट पाएकी छन्। ‘तिम्रो म’ को प्रकाशनबाट उनले आफूलाई खुशि पाएकि छन् । प्रफुल्लित छिन् । पाठकको तुलोमा तौलिने अवशरपनि पाएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक