बिहीबार, वैशाख ६, २०८१

फ्रान्समा कोरोनाको लहर उच्च, अस्पतालमा सघन उपचार कक्ष क्षमता बाहिर पुग्नसक्ने संकेत

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ चैत १७ गते १७:१५

फ्रान्समा कोरोना भाईरसको तेस्रो लहर उच्च स्थानमा पुगेको छ । कोरोनाका विरामीहरुको संख्या तिब्ररुपमा बढ्नाले अस्पतालका सघन उपचार कक्षहरुको क्षमता धान्नैनसक्ने अवस्थामा पुग्न लागेको छ ।

फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवा विभागले कोरोना भाईरस लागेका विरामीको संख्या सघन उपचार कक्षमा चार हजार नौ सय ७४ पुगेको उल्लेख गरेको छ । नोभेम्बरमा दोस्रो लहर उच्च पुगेको बेला भन्दापनि विरामीको संख्या सघन उपचार कक्षमा हाल बढि छ ।

कोरोना भाईरसका विरामीको संख्या नाटकिय रुपमा बढेपछि सामाजिक स्वास्थ्य प्रतिरक्षा विभागको वुधवार ३१ मार्चका दिन बैठक बस्दै छ । बैठकले केहि गम्भिर कदम चाल्ने बताइन्छ । हालको लकडाउनलाई अझै कडाई गर्न सक्ने संकेत मेडियाहरुले गरिरहेका छन् ।

स्वास्थ्य रक्षा परिषदले निर्णयक निर्णय लिने भनिएको एक दिन अघिदेखिको स्वास्थ्य अवस्था फ्रान्समा राम्रो छैन । सोमवार साँझ सघन उपचार कक्षमा भर्ना भएका कोरोना संक्रमित विरामीको संख्या चार हजार नौ सय ७४ पुगेपछि अधिकारीहरु थप चिन्तित छन् । एकै दिन १०२ जना सघन उपचार कक्षका विरामी बढेका छन् ।

पहिलो लहरको व्रिद्दिको अनुपातमा हाल संक्रमणको चुचुरो तलै रहेपनि दोस्रो लहरको बेला भन्दा बढि भएका छन् । यसले स्वास्थ अधिकारीहरुलाई गम्भिर अवस्था स्रिजना हुनसक्ने त्रास निम्त्याएको छ । कोरोना भाईरसको पहिलो लहर उत्कर्षमा पुगेका बेला सघन उपचार कक्षमा सात हजार भर्ना भएका थिए ।

जनस्वास्थ्य सेवा विभाग, फ्रान्सका अनुसार हाल २८ हजार तिन सय २२ विरामी अस्पताल भर्ना भएका छन् । गत २४ घण्टामै ३६० जनाको कोरोनाबाट म्रित्यु भएको छ । हालसम्म कोरोना भाईरसबाट ९४ हजार नौ सय ५६ को म्रित्यु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक