शुक्रबार, चैत १६, २०८०

आइएलओ भ्रस्टाचार काण्डको रिपोर्ट बुझाउने समितिलाई केन्द्रिय उपाध्यक्ष र महासचिवबाट धम्कि

नेपालप्लस संवाददाता२०७७ चैत १९ गते ११:३३

आइएलओले कोरोना भाईरस प्रभावित मजदूर,श्रमिकहरुको राहत तथा उद्दारकालगि एनआरएनएमार्फत् दिएको आर्थिक सहयोगमा ब्यापक भ्रस्टाचार भएको भन्दै रिपोर्ट बुझाउने छानबिन समितिलाई केन्द्रिय समितिका महासचिव र उपाध्यक्षले धम्कि दिएका छन् । सात सदस्यिय छानबिन समितिका सदस्य भुवानी प्रसाद तिमिल्सिनाले आफूहरुमाथि महासचिव डा हेमराज शर्मा र उपाध्यक्ष डा बद्री केसीले धम्किदिएको सामाजिक सन्जाल फेसबूक मार्फत् सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो फेसबूकमा धम्कि आएको पुष्टि गर्दै भनेका छन् ” आजको ९ घन्टा लामो जुम बैठक को निर्णय ३५ दिन मेहनत गरेर ८४ पनाको प्रतिबेदन तथ्यसहित बुझाएको ४८ घन्टा पनि बित्दा नबित्दै आइसिसीका बरिस्ठ उपाध्यक्ष र महासचिवज्युबाट मिल्नैपर्ने दबाब । नमिले एनआरएनए एनसिसि युएईको निर्णय आइसिसि (केन्द्र) बाट मान्य नगर्ने धम्की ।’

समितिलाई धम्कि आएको भन्दै भुवानी शर्माले फेसबूकमा राखेको जानकारि

यसरि बिफल भएको थियो रिपोर्ट गोप्य राख्ने केन्द्रको प्रयास

चैत्र १४ गते छानबिन समितिले केन्द्रिय समितिलाई रिपोर्ट बुझाउनासाथ केन्द्रिय समितिमा हल्लीखल्ली मच्चिएको थियो । उक्त रिपोर्टमा आइएलओले एनआरएनलाई दिएको रकममा किर्ते बिल प्रस्तुत, छली र अनियमितता भएको निचोडसहित सप्रमाण छानबिन समितिले बुझाएको थियो । यो रिपोर्ट आउनसाथ केन्द्रिय समितिका केहि पदाधिकारीहरु रिपोर्टलाई गुपचुप राखेर रिपोर्ट सच्याउने प्रयासमा दिनभरि, रातीपनि पटक पटक अनलाईन बैठकमा थिए । छानबिन समितिका केहि सदस्यलाई चित्त बुझाएर, प्रलोभनमा पारेर रिपोर्ट सच्याउने प्रयास गर्न लागेको नेपालप्लसले जानकारी पाएको थियो । उक्त जानकारि पाएलगत्तै नेपालप्लसले सो गोप्य रिपोर्ट सार्वजनिक गरिदिएपछि छानबिन समितिको रिपोर्ट सच्याउने एनआरएनए केन्द्रिय समितिको प्रयास बिफल भएको थियो ।

छनाबिन समितिले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार कारवाहि र त्यसलाई सच्याउने, माफी माग्नेतर्फ नलागेर केन्द्रिय समितिका पदाधिकारीहरु ‘यो रिपोर्ट कसले नेपालप्लसलाई दियो ?’ भन्दै धम्क्याउने र फकाउनेतर्फ लागेका थिए । त्यसको खोजि हालसम्मपनि भैरहेको छ ।

नेपालप्लसमा चैत्र १६ गते ‘आइएलओले एनआरएनलाई दिएको रकममा किर्ते बिल प्रस्तुत, छली र अनियमितता (छानबिन समितिको गोप्य रिपोर्ट र बिलको प्रमाणसहित’ शिर्षकमा सप्रमाण समाचार आएपछि केन्द्रिय समितिका पदाधिकारीहरुले छानबिन समितिका केहि सदस्य र केन्द्रिय पदाधिकाबिच पटक पटक बैठक गरेका थिए ।

केन्द्रिय पदाधिकारीहरुले छानबिन समितिसित हिजो बुधवार अर्थात् चैत्र १८ गते अनलाईन मार्फत् बैठक बसेका थिए । बैठक लगभग पाँच घण्टा चलेको थियो । उक्त बैठकमा केन्द्रिय उपाध्यक्ष डा बद्रि केसी र केन्द्रिय महासचिव डा हेम राज शर्माले धम्कि दिएको छानबिन समितिका एक सदस्य भुवानी प्रसाद तिमिल्सिनाले हाकाहाकी आफ्नो फेसबुकमा उल्लेख गरेका हुन् । हिजो गरिएको बैठ नियोजित भएको समेत उल्लेख गरेका छन् ।

छानबिन समितिले रिपोर्ट बुझाउनासाथ आफूलाई शंका लागेको समेत उल्लेख गर्दै भुवानी प्रसाद तिमिल्सिनाले फेसबुकमा भनेका छन् “हिजोको बैठक नियोजन थियो । छानबिन समितिले बुझाएको प्रतिबेदन जब बजारमा आयो मलाई संका लागिसकेको थियो । यहाँ केही जालझेल हुँदै छ भनेर ८४ पेज को प्रतिबेदन र गल्ती गरेका प्रमाणहरु दिंदै गर्दापनि आ इसिसीका उपाध्यक्ष र महासचिवले हिजो देखाएको नाङ्गो नाच अब विश्व भरी फैलाउन पर्छ ।”

भुवानी प्रसाद तिमिल्सिनासित नेपालप्लसले यसका बारेमा थप जानकारि लिन पटक पटक कोसिस गरेको थियो । उनलाई फेसबूकमार्फत् खबर गरेपनि उनी सम्पर्कमा आएनन् ।

छानबिन गर्न भन्दै समिति बनाउने र समितिले दिएको रिपोर्टलाई कार्यान्वयन गर्नुको साटो समितिका सदस्यहरुलाईनै ‘तिमीहरु मिल्नुपर्छ, नमिले तिम्रो रिपोर्ट मान्य गर्दैनौं’ भन्दै धम्कि दिन थालेपछि युएईका नेपालीहरु झन क्रुद्द बनेको तिनको सामाजिक सन्जालमा छरपस्ट भएको छ । एनआरएनए केन्द्रिय समितिका पदाधिकारीहरुले अझैपनि ‘छानबिन समितिले गोप्य रुपमा केन्द्रलाई पठाएको रिपोर्ट कोमार्फत् नेपालप्लसमा पुग्यो’ भन्दै ब्यापक खोजिगरिरहेका छन् ।

यसैसित संवन्धित तलका रिपोर्टपनि पढ्नुस्

अनियमितताको खुलस्त प्रमाण हुँदा हुँदै स्पष्टिकरणको नाटक किन ?

ब्रेकिङ न्युज : आइएलओले एनआरएनलाई दिएको रकममा किर्ते बिल प्रस्तुत, छली र अनियमितता (छानबिन समितिको गोप्य रिपोर्ट र बिलको प्रमाणसहित)

आइएलओ-एनआरएन प्रोजेक्ट : भ्रस्टाचारको बचाउ, नागरिक गोप्यताको उल्लंघन (प्रमाणसहित)

आइएलओ मार्फत् एनआरएनलाई प्राप्त रकम उद्धारको आवरणमा ‘श्रमिक हकहितको हरण, एजेन्सी र रोजगारदाताको स्वार्थ रक्षा’

आईएलओ – एनआरएन प्रोजेक्ट : बस्ने खाने सहयोग भन्दा मानसिक परामर्श लिने बढि (रिपोर्टको प्रमाण सहित )

आइएलओ -एनआरएन भ्रस्टाचार काण्ड : राजनितिक भागबण्डा र केन्द्रकै मिलोमतोमा आर्थिक गोलमाल !

(एनआरएन, अनियमितता र प्रवाशका ताजा, लुकेका खबर तुरुन्तै थाहा पाउन हामीलाई फेसबुकट्वीटरमा फलो गर्नुहोस् !)

तपाइँको प्रतिक्रिया

फेसबुक