मंगलबार, वैशाख ४, २०८१

कमला ह्यारिसको चित्रले शीशाको छत भंग

नेपाल प्लस२०७७ चैत १९ गते १६:३५

एक जना स्विस कलाकारले अचम्मको कला देखाएका छन् । त्योपनि शक्तिशाली राष्ट्र अमेरिकी उपराष्ट्रपतीको । अमेरिकी उपराष्ट्रपती कमला ह्यारिसको चित्रले शीशाको छत भंग गरेको देखाइएको छ । स्विस आर्टिस्टको शीशा चकनाचुर पार्ने काम कहिलेकाहिँ गलत रूपमा स्विजरल्याण्डमा तोडफोडको लागि प्रयोग गरिएकोपनि छ । तर शिमोन बर्गेरले हालसालै बनाएको कलाले भने सबैलाई अचम्मित पारिदिएको छ । यसले चर्चापनि निकै कमाएको छ ।

बर्गेर र अमेरिकी फोटोग्राफर सेलेस्टे स्लोम्यान दुवैले मिलेर अमेरिकी उप राष्ट्रपति कमला ह्यारिसको पोर्ट्रेट बनाए । यो कला बनाउन काष्ठकलाकर्मी बर्गेरले सेलेस्टलको फुटेका सिसाको फोटो प्रयोग गरेका थिए ।

यस्ता सिसा झर्‍यामझुरुम नपारिकिनै चर्काउने कला बर्गेरमा थियो । यो प्रविधी उसले आफैं रचेका थिए । टुक्रा टुक्रा परेका सिसालाई घनले सुस्त सुस्त हानेर उसले चर्काउने बनाए । उनले उपराष्ट्रपती पदमा सपथ लिँदाको क्षणपनि चर्किएको सिसाबाटै बनाए । तिनले यो अमेरिकाको वाशिंटन डिसीस्थित नेशनल मल स्थित वाशिंटन स्मारक र लिंकन मेमोरियलको बीचमा प्रदर्शन हुँदा यस कलाकृतिलाई राम्रोसित स्वागत गरियो ।

‘गिलास सिलि’ शब्दले अक्सर अदृश्य बाधालाई जनाउँछ जुन धेरै महिलाहरू क्यारियर सफलताको लागि प्रयास गर्दा देखिने गर्छन् । बर्गेरको कामले ह्यारिसको यो अवरोधको प्रख्यात चित्रण गर्‍यो । अर्थात् ह्यारिसले यहाँसम्म आइपुग्दाको कठिन काम, प्रयासको चित्रण गरेको हो जो एकैसाथ दक्षिण एशियाई मूलको महिला उपराष्ट्रपती बनिन् । अझ कालो वर्णकि महिला पहिलो अमेरिकी उपराष्ट्रपति बनिन् ।

यसलाई वाशिंगटनको राष्ट्रिय महिलाको इतिहास संग्रहालय बाह्य लिंकले प्रस्तुत गरेको थियो । लगभग दुई मिटर अग्लो ग्लास पोर्ट्रेट हो यो । यसको वजन १६० किलोग्राम छ । बनाएको बेला मलबाट हटाइएको थियो । संग्रहालयले अब यात यसलाई प्रदर्शनीमा राख्ने वा भ्रमणमा पठाउने विचार गरिरहेको बताइएको छ ।

(All photo- swissinfo.ch and screen shot of washingtonian.com)

तपाइँको प्रतिक्रिया