बिहीबार, चैत १५, २०८०

स्विस संविधानको प्रस्तावनामा रहेको सर्वशक्तिमान भगवान शब्द हटाउन माग

नेपालप्लस न्यूज डेस्क२०७७ चैत २० गते ०:२०

स्विटजरल्याण्डको संविधानको प्रस्तावनामा रहेको सर्वशक्तिमान भगवान शब्दले सबै स्विस नागरिकलाई नसमेटेको भन्दै सो शब्द हटाउन संसदभित्रै माग गरिएकोछ ।

ग्रिन र लिबरल पार्टीका नेताहरुले प्रस्तावै लगेर सो माग गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै ग्रिन पार्टीकी सांसद फाबियाना मोलिनाले संघियता र धर्म निरपेक्षताको वकालत गर्ने देश
स्विजरल्याण्डले आफ्नै संविधानको प्रस्तावनामा सर्वशक्तिमान भगवानको नाममा भन्ने शब्द राख्नु न्यायोचित नभएको बताएकी थिइन् । एउटा सर्वेक्षण अनुशार स्विजरल्याण्डमा ३० प्रतिशत मानिसहरु कुनै पनि धर्म मान्दैनन् ।

उनीहरु आफूलाई कुनै पनि धर्म नमान्ने तर सबै धर्मलाई सम्मान गर्ने नागरिकको रुपमा चिनाउन चाहन्छन् । यहाँ मुस्लिम
लगायत अरु विभिन्न धार्मिक सम्प्रदायका स्विस नागरिकहरुको पनि बसोबास छ । सार्वजानिक विदाहरु, चाडपर्व सबै क्रिश्चियन क्याथोलिक परम्परा अनुसार हुने तर देशको व्यवस्था भने सबै धर्मलाई बराबर मान्यता दिइने भनेर मानिने कुरा विरोधाभाषपूर्ण रहेको हुँदा संविधानको प्रस्तावनामा राखिएको ईश्वर शब्द नै खारेज गर्नुपर्ने उनको धारणा छ ।

क्याथोलिक क्रिश्चियनहरुको मुख्य धार्मिक थलो भ्याटिकन दरबारमा पोप र सिंगो भ्याटिकनको सुरक्षाको जिम्मामा स्विस नागरिकहरु खटिने गरेका छन् । स्विस सैनिकहरुको विशेष तालिमप्राप्त
टुकडीले वर्षौंदेखि सो सेवा दिइरहेकाछन् । देश पनि क्याथोलिक बहुल नै छ तर स्विजरल्याण्डबाटै रोमन क्याथोलिक धर्ममा सुधारको आन्दोलन शुरु भएको हो ।
तत्काल संशोधन हुने संभावना निकै कम भए पनि संसदमै यसरी ईश्वरको नाम हटाउन माग हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक