शनिबार, वैशाख १५, २०८१

सबैको एउटा मात्रै मिर्गौला भएको नेपालको एक गाउँ

नेपालको होक्सेलाई "किडनी गाउँ" नाम दिइएको छ

नेपालप्लस वैदेशिक संवाददाता२०७७ चैत २२ गते १४:५०

Source: CNN via historyofyesterday.com

यस लेखको शीर्षक पढ्दा तपाई सोच्नुहुन्छ होला, यस गाउँमा मानव मृगौला बलिदान गर्ने अनौठो परम्परा छ । तर सत्यता भिन्नै छ । दुखद छ । होक्से एउटा सानो गाउँ हो जुन नेपालको पूर्वी भागमा पर्छ । प्रति व्यक्ति आम्दानी हुने एसियामा सबैभन्दा गरीब व्यक्तिहरुका रूपमा चिनिन्छ यो देश । र यो निश्चित रूपले केही व्यक्तिले बाँच्नको लागि गरेको कठोर उपायहरू हेर्दा त्यो प्रमाणितपनि हुन्छ । यति गरीब छन् मानिस कि होक्सेका अधिकांश गाउँलेहरूले आफ्ना मृगौलाहरू कालो बजारमा बेचेका छन् । ति हरेकसित एउटा मृगौला मात्रै छ ।

उनीहरूले मृगौला बेचेर प्राप्त गरेको पैसाबाट तरकारी उब्जाउने र बाँच्न सक्ने जग्गाको एक टुक्रा किन्ने गरेका छन् । समस्या यो छ कि धेरैजसो यी व्यक्तिहरूले अंग किनबेच गर्नेहरूबाट मृगौला बेचेको पैसा पनि प्राप्त गर्दैनन् । अथवा उनीहरूले कालो बजारमा चलेको मूल्य भन्दा धेरै कम प्राप्त गर्छन् ।

गरीबीको कारण उत्पन्न एक विवादास्पद स्थिति

यी व्यक्तिहरू गरीबीमा जन्मेका हुन् । जीवनको उत्तम उपाय, गुणस्तरिय जिवन गुजारा गर्ने विकासको कुनै अवसर बिना जन्मेका थिए । यो ठाउँमा धेरै काम पाइन्न । त्यसैले, गरिबीले च्यापिएका प्रायजसो यि मानिसहरूको परिवारलाई खुवाउन मृगौला बेच्नु पर्छ । मृगौलाका लागि कालो बजार एक लाभदायक उद्योग भएको छ विश्वमै । प्रति वर्ष ६५ करोड अमेरिकी डलर भन्दा बढीको मृगौला ब्यापार हुन्छ ।

यी अंग तस्करहरू एक विश्वब्याती संगठनमा काम गर्छन् । तीनको ध्यान विशेष गरी गरीबीको गम्भिर सामना गरिरहेका देशहरूमा केन्द्रित हुन्छ । तिनीहरूले सामान्यतया निर्दोष मानिसहरूलाई अपहरण गर्छन् । बलपूर्वक, लोभ्याएर, प्रलोभनमा पारेर उनीहरूको मृगौला निकाल्छन् । होक्सेमा सबैजना केही पैसाका लागि मृगौला निकाल्न तयार छन् ।

सन् २००७ मा नेपाल सरकारले पैसाको बदलामा मृगौला दान गर्न प्रतिबन्ध लगायो । तर यसले अंग तस्करहरूका लागि बजार मात्र खोल्यो । एक अनुमान अनुसार प्रति वर्ष १० हजार भन्दा बढी मृगौला झिकिने प्रक्रियाहरू पुरा गरिन्छ ।

कालो बजारमा मृगौलाहरूको लागि यतिनै मूल्य भन्ने निर्क्यौल छैन । तर एउटा मृगौलाका लागि ३० हजार देखि ७० हजार अमेरिकी डलर बिच मोलमोलाई हुन्छ । अब कल्पना गर्नुहोस्, के दान दिनेहरूले यही मूल्य पाउँछन् ? अहँ, पाउँदैनन् । सिएनएनका अनुसार चार छोरीकि एक नेपाली आमाले आफ्नो एउटा मृगौला जम्मा एक हजार पाँच सय डलरमा बिक्रि गरेकि छन् । जबकि मृगौलाको अन्तर्राष्ट्रिय कालो बजारमा मूल्य कम्तिमा ३० हजार अ मेरिकी डलर छ ।

विश्वव्यापी समस्या

तर यस्तो घटना होक्से गाउँमा मात्रै छैन । बरु मानव अंगको तस्करी एक विश्वव्यापी मुद्दा हो जुन अधिक रुपमा फैलिँदै गएको छ । यो समस्या गरीबीको रेखा मुनि भएका मानिसमा बढि छ । यस्तो प्रलोभनले जिवन धान्न कठिन संघर्ष गरिरहेका मानिसहरूलाई बढि प्रभाव पार्छ ।

यो अवस्थाको दोषी नेपाल सरकार र अन्य गरीब देशहरूका अन्य सरकारहरू हुन् जसले यी गरिब मानिसहरूलाई उनीहरूको कठिन जीवनस्तर माथि उठाउन मद्दत गर्दैनन् ।

मानव अंगको तस्करी रोक्नु ठूलो चुनौती हो जुन आफैमा गाह्रो छ । किनकि यो एक विश्वव्यापी आपराधिक संगठनसित संवन्धित छ । यो मानव अंगहरूको उच्च मूल्यमा निर्मित छ । मानिस जिउने वा मर्ने भन्ने विषयले गर्दा यस्तो तस्करी हुने गरेको छ ।

किन यस्तो भैरहेको छ भने मानव शरिर एउटै मृगौलालेपनि बाँच्न सक्छ । मृगौला निकालिएकाको स्वास्थ्य खराब हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न सिफारिश गरिन्छ । होक्सेका गाउँलेहरू यस बारे सचेत छन् । तर उनीहरूसँग स्वास्थ्य जाँचको लागि पैसा भने पुग्दैन ।

(हिस्ट्री अफ यस्टर्डे डकमको आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया