शुक्रबार, चैत १६, २०८०

एस्ट्राजेनेकाको खोप लगाएका सात जनाको मृत्यु !

नेपालप्लस संवाददाता२०७७ चैत २३ गते १७:१२

बेलायतमा कोरोना भाईरस बिरुद्दको एस्ट्राजेनेकाको खोप लगाएका सात जनाको मृत्यु भएको छ । ब्रिटिश मेडिसिन एजेन्सी (एमएचआरए) का अनुसार एस्ट्राजेनेका एन्टी-कोविड भ्याक्सिन लिएका सात व्यक्तिको रगतको थक्का (ब्लड क्लट) वा रगत जमेर मृत्यु भएको छ ।

यो खोप लगाइसकेपछि त्यसको असरले अन्य ३० जनामा खराबी देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एमएचआरएले मार्च २४ सम्ममा सेरेब्रल भेनस थ्रोम्बोसिसका बाईस घटना र प्लेटलेटको अभावसँग सम्बन्धित थ्रोम्बोसिसका आठ अन्य घटनाहरूको रिपोर्ट प्राप्त गरेको जनाएको छ । यि दुबैको अर्थ रगत बाक्लो हुने, रगत थलथल बन्ने र खराबी देखिने हो । लगभग एक करोड ८१ लाख डोज दिईएका मध्ये ३० जनाको मृत्यु भएको समाचारहरुमा उल्लेख छ ।

“हाम्रो प्रतिवेदनको गहन समीक्षा जारी छ” एमएचआरएका निर्देशक जून राइनले एक विज्ञप्तिमा भनेका छन् “फाइजर बायोटेक खोपका लागि त्यस्तो कुनै पनि घटना देखिएको छैन। ” कोविड १९ को संक्रमण र यसको जटिलताबाट बचाउनका लागि एस्ट्राजेनेका खोपका फाइदाहरू जोखिमभन्दा बढी देखिईनैरहेकोछ । त्यसैले सम्भव हुँदा मानिसले यो खोप लगाउन अघि बढ्नुपर्दछ” उनले थपे ।

बिहीबार बिभिन्न मुलुकमा खोपको साइड इफेक्टको बारेमा राय प्रकाशित गर्दै एमएचआरएले यस प्रकारको रक्तको थक्ली (ब्लड क्लट) हुने जोखिम एकदम कम हुने संकेत दिएको छ । “सामान्यतया अहिलेसम्म रिपोर्ट गरिएको साइड इफेक्टको संख्या र प्रकृति सामान्य प्रयोगमा खोपका अन्य प्रकारहरूको तुलनामा असामान्य छैनन् ” एमएचआरएले बिज्ञप्तीमा भनेको छ ।

अक्सफोर्ड युनिभर्सिटीले विकसित गरेको एस्ट्राजेनेका खोप धेरै देशहरूमा रगत थल परेको गम्भीर प्रकरण भएपछि शंकाको विषय बनेको छ । कसैकसैले यो केहि निस्चित उमेरलाई मात्रै काम लाग्ने निर्णय गरेका छन् ।

जर्मनीमा मंगलबार लिइएको यस्तै निर्णय पछि नेदरल्याण्ड्स र जर्मनीले ६० बर्ष भन्दा कम उमेरकालाई यस उत्पादनको खोप अस्थायी रूपमा स्थगितको निर्णय गरेका छन् । त्यस्तै, फ्रान्स र क्यानडामा ५५ वर्ष तथा स्विडेन र फिनल्यान्डमा ६५ लाई मात्रै लगाउने निर्णय गरेका छन् ।

मार्चको मध्यमा यूरोपियन मेडिसिन्स एजेन्सीले एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको र यो रगत थलथल हुने उच्च जोखिमसँग सम्बन्धित नभएको भन्ने सार्वजनिक गरेको थियो । एजेन्सीले बुधबार कुनै खास जोखिमका कारकहरू उमेर, लिंग वा मेडिकल ईतिहास जस्ता कुनै विषयसित संवन्धित जोखिम नभेट्टाएको बताएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक