शुक्रबार, वैशाख ७, २०८१

कोरोना बिरुद्दको खोप वुधवारबाट फ्रान्सले आफ्नै देशमा उत्पादन गर्ने

नेपाल प्लस२०७७ चैत २३ गते १८:३१

Image: REUTERS/Dado Ruvic/File Photo via timeslive.co.za

फ्रान्सले यहि वुधवारदेखि कोरोना भाईरस बिरुद्दको खोप आफ्नै भूमीमा उत्पादन गर्ने भएको छ । फाईजर बायोएनटेक खोप वुधवारदेखि फ्रान्सले युर ए ल्वा स्थित कारखानाबाट उत्पादन गर्ने भएको हो । देलफाम सह ठेकेदार रहेको कम्पनीले पहिले केहि परिक्षण मात्राहरु उत्पादन गर्ने छ । त्यसपछि बल्ल खोपलाई बजारमा लैजाने निर्णय गर्ने छ ।

कोरोना भाईरस बिरुद्दको खोप उत्पादन फ्रान्समा योनै पहिलो हुने छ । वुधवारबाट फाईजर र बायोएनटेकको खोप उत्पादन गरेर बोटलिङसमेत शुरु हुने छ । फ्रान्सको अर्थतन्त्र र वित्त मन्त्रालयले सोमबार अप्रिल ५ मा यस्तो घोषणा गरेको हो ।

“जर्मन प्रयोगशालाको तर्फबाट फ्रान्सको उत्तर-पश्चिममा पर्ने युर-ए-ल्वा क्षेत्रस्थित, सँरेमी-सुर-आब्रमा रहेको डेल्फर कारखानाबाट यस हप्ता सुरु हुने छ” अमेरिकी फाइजरको पार्टनर बायोटेकले एएफपीलाइ बताएको छ ।

“उनीहरूले सुरुमा टेस्ट ब्याचको उत्पादन शुरू गर्नेछन् । सबै कुरा अपेक्षित गुणस्तरको पालनासहित हुनेछ । र त्यसपछि व्यावसायिक ब्याचको उत्पादनमा सकेसम्म चाँडो हुनेछ” फ्रान्सेली अर्थ मन्त्रालयले भनेको छ ।

फ्रान्सेली देलफार्म सह ठेकेदार कम्पनी फ्रान्सेली सरकारद्वारा सहयोग प्राप्त केहि कम्पनी मध्येको एक हो । गएको जून महिनामै यो कम्पनीले फाइजर र बायोएनटेकले उत्पादन गरेको खोप आफ्नो देशमापनि उत्पादन गर्ने घोषणा गरेको थियो ।

तर यो केम्पनीले कति खोप उत्पादन गर्ने भन्ने चाहिँ खुलाएको छैन । डेल्फार्म बाहेक फ्रान्सको स्वेद फेरिफार्म भन्ने अर्को कम्पनीलेपनि अमेरिकी मोडेर्ना खोप आगामी अप्रिलको मध्यबाट उत्पादन शुरु गर्ने छ ।

त्यसैगरि फ्रान्सेली अर्को कम्पनी सानोफीलेपनि जोनसन एण्ड जोनसनको खोप उत्पादन गर्ने उल्लेख गरेको छ । आफ्नै भूमीमा खोप उत्पादन शुरु भएपछि फ्रान्समा खोप अभियान तिब्रताकासाथ अगाडि बढ्ने आसा गरिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक