शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सको विमान कंपनीलाई युरोपेली परिषदद्वारा चार अर्ब युरो सहयोग

नेपालप्लस संवाददाता२०७७ चैत २४ गते १५:०६

फ्रान्सको ध्वजाबाहक विमान कंपनी एयर फ्रान्सलाई युरोपेली परिषदले चार अर्ब युरो सहयोग दिने घोषणा गरेको छ । कोरोना संक्रमणले विमान कंपनीहरु धराशाहि हुन लागेका बेला एयर फ्रान्सलाई परिषदले यस्तो सहयोग घोषणा गरेको हो ।

ईयूले आजै मंगलबार अप्रिल ६ मा फ्रान्सको सरकारले माग गरे अनुसार एयर फ्रान्समा चार अर्ब युरोसम्म सहयोग गर्ने योजनालाई अनुमोदन गरेको घोषणा गरेको हो । महामारीको क्रममा यात्रुहरु नभएर विमानहरु ग्राउन्डेड भएको र कंपनी आर्थिक रुपमा झन खस्कँदै गएपछि त्यसलाई धान्न यस्तो सहयोग घोषणा गरिएको हो ।

ईयूसँग हप्तौंको वार्तापछि चार अर्ब युरोकोको यो सम्झौताले मूर्त रुप लिएको हो । राज्यको सहायताले कम्पनीहरूलाई अनुचित फाइदा नदिने कुरा सुनिश्चित गर्नुपर्ने संझौतामा उल्लेख गरिएको छ ।

यो संझौता अनुसार सहयोग लिईसकेपछि एयर फ्रान्सले आफ्ना विमानहरु अर्ली विमानस्थलका १८ वटा स्लटहरुबाट त्याग्नुपर्ने छ । ति ठाउँमा अन्य विमानले स्थान पाउने छन् । अर्ली चार्ल्स द गोल पछि फ्रान्सको दोस्रो ठूलो विमानस्थल हो ।

यसले प्रतिस्पर्धी विमान कंपनीहरुलाई यस एयरपोर्टमा आफ्नो गतिविधि विस्तार गर्ने अवसर दिन्छ । उचित मूल्य र युरोपेली उपभोक्ताहरूको लागि बढ्दो छनोटको सुनिश्चितता गर्छ ।

फ्रान्सेली अर्थमन्त्री ब्रुनो ल मेयरका अनुसार ईयूले फ्रान्सेली राज्यलाई पनि राष्ट्रिय ध्वजावाहकमा आफ्नो हिस्सा ३० प्रतिशतसम्म बढाउन अनुमति दिएको छ जुन हालको अवस्थामा १४ दशमलव नौ प्रतिशतभन्दा बढी हो ।

एयर फ्रान्सलाई सन् २०२० मा सात अरब १० करोड घाटा परेको छ । विश्वका बाँकी एयरलाइन्सको जस्तै कोरोना भाइरस प्रतिबन्धको कारण पनि उसको व्यवसाय डामाडोल बनेको हो ।

युरोपको प्रतिद्वन्दी एयरलाईन रायन एयरले राष्ट्रिय ध्ववाहक विमानहरुलाई राज्य वा युरोपेली युनियनका तर्फबाट द ईने अनुदानको बिरोध गर्दै आएको छ । रायन एयरको यो आलोचनालाई युरोपेली परिषदले समर्थन गर्दै आएको छ । रायन एयरको भनाईमा यस्ता सुविधा सम्पन्न एयरलाईनसलाई राज्यले अनुदान दिँदा उसले आफ्नो सुविधा सुधार्दैन, प्रतिस्पर्धी बन्नुको साटो उसले अनुदानका भरमा पेलानको निति लिन्छ । त्यसले गर्दा अन्य विमान कम्पनीलाई प्रतिस्पर्धा गर्न मुस्किल पर्छ । रायन एयर आयरिस लगानीको कंपनीको हो ।

ग्राहक बोक्ने हिसाबले रायन एयर युरोपको सबैभन्दा ठूलो विमान कम्पनीपनि हो । यसले जर्मनीले लुफ्थान्सालाई दिने अनुदानका बिरुद्दपनि अदालती कारवाहीमा जान खोजिरहेको छ । रायन एयरले त्यसबाहेक स्पेन, नेदरल्याण्ड्स, डेनमार्क र पोर्चुगलमा यस्तै योजना ल्याएर दिने सहयोगका बिरुद्दपनि युरोपेली अदालतमा कदम चाल्न खोजिरहेको छ ।

तपाइँको प्रतिक्रिया