शुक्रबार, चैत १६, २०८०

कोरोना बिरुद्दका खोप भण्डार गरेकोमा एम्नेस्टीद्वारा धनी देशको निन्दा

नेपालप्लस संवाददाता / फ्रान्स२०७७ चैत २५ गते १६:०३

(एम्नेस्टी ईन्टनेशलकि महासचिव आन्य कालामार्ड-फोटोएम्नेस्टी)

एम्नेस्टी इन्टरनेसनलले कोरोना भाईरसका खोपहरु भण्डार गरेकोमा धनी देशहरूको निन्दा गरेको छ । “धनी देशहरूले कोविड खोपहरू जम्मा गरेर विश्वव्यापी एकताको प्राथमिक परीक्षा असफल गरिरहेका छन्” एम्नेस्टी इन्टरनेसनलले आजै बुधवार भनेको छ । चीन र अन्य व्यक्तिहरूले मानवअधिकार हनन गर्न महामारीको शोषण गरेको आरोप पनि एम्नेस्टीले लगाएको छ ।

आफ्नो वार्षिक प्रतिवेदनमा मानव अधिकारको अभियान संचालन गर्ने यो संगठनले भनेको छ ‘स्वास्थ्य संकटले उनीहरुको छिन्नभिन्न नीतिलाई उजागर गर्यो । अबको एक मात्र मार्ग भनेको सहयोग हो ।”

महामारीले प्रभावकारी र न्यायसंगत सहयोग गर्न विश्वको असक्षमता देखाएको भन्दै एम्नेस्टि ईन्टनेशनलका महासचिव आन्य कालामार्डले धनी देशहरुको कडा आलोचना गरेकि छन् ।

“धनी देशहरूले विश्वका खोपहरूको आपूर्तिमा लगभग एकाधिकारको प्रभाव देखाएका छन् । थोरै स्रोत भएका देशहरूलाई सबैभन्दा खराब स्वास्थ्य र मानव अधिकारको नतिजा भोग्नुपर्ने बनाएका छन्” एम्नेस्टीका महासचिवको भनाई छ ।

एम्नेस्टीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट महामारीको बीचमा डब्ल्युएचओलाई दिएको सहयोग फिर्ता लिने निर्णयको कडा आलोचना गरेको छ । तर यो कदमलाई अहिले ट्रम्पको उत्तराधिकारी जो बाइडेनले सच्याएका छन् ।

कालामार्डले विश्वभरिनै खोप अभियानलाई तिब्र पार्न आव्हान गरेकि छन् । उनले विश्वका कम प्रभावशाली आर्थिक रुपमा कमजोर देशका नागरिककालागि पनि खोप सर्वसुलभका बनाउन अनुरोध गरेकि छन् । यसको लागि अभियान चलाउनुपर्ने खाँचो उनले औंल्याएकि छन् । उनले भनेकि छन् “खोप विश्वको सबैभन्दा आधारभूत माग हो अहिलेकोलागि । सबैले सहयोग पाउनकोलागि विश्वको क्षमताको परिक्षण यहिनै हो ।”

कोरोना भाइरस सन् २०१९ को आखिरीमा चीनमा देखा परेपछि यो महामारीले विश्वव्यापी रूपमा २८ लाख भन्दा बढीको ज्यान लिएको छ र कम्तिमा १३ करोड मानिसहरूलाई संक्रमित गरेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूले विश्वव्यापी ऐक्यबद्धताको लागि नियमितरुपमा आह्वान गरेपनि तथ्यांकले खोपको पहुँचमा असमानता बढाउँदै लगेको देखिएका छन् ।

एएफपीको गणनाका अनुसार विश्वव्यापी रूपमा संचालन गरिएको ६८ करोड भन्दा बढी औषधिहरू संयुक्त राज्य अमेरिका, बेलायत र इजरायल जस्ता उच्च आय भएका देशहरूमा सिमित गरिएको छ र सबैभन्दा गरीबले शुन्य दशमलव एक प्रतिशत मात्र पाएको छ ।

मार्चको अन्त्यमा डब्ल्यूएचओले खोपको बढ्दो असन्तुलित वितरण भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको थियो ।

राम्रोसित प्रयोग नगरिएको क्षमतालाई प्रयोग गर्न, खोप उत्पादन साईटहरुमा ति प्रयोग गरेर विशेषगरि अफ्रिका, एशिया र ल्याटिन अमेरिकामा सहज बनाउनुपर्ने भनाई डब्ल्युएचओको छ ।

एम्नेस्टीले जि २० जस्ता धनाढ्य देशहरुको समूहले दिएको ऋण ७७ देशलाई मिनाहा गर्न र केहि ऋण खारेज गर्न माग गरेको छ ।

एम्नेस्टीले महामारीको बेलामा चीनको “घोर गैरजिम्मेवारीता” लाई पनि औंल्याएको छ । बेइजिङले स्वास्थ्यकर्मी र पत्रकारहरुलाई समाचारमा सेन्सर गरेको र समाचारको पहुँचमा बन्देज गरेको आरोप लगाएको छ । प्रकोपको शुरुवातमा अलार्म बजाउन खोजेका बेला चीनले त्यस्तो अवरोध गरेको भनाई एम्नेस्टीको छ ।

एम्नेस्टीका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र हंगेरी जस्ता राष्ट्रहरूले उक्त महामारीको खोजतलास गर्दा आलोचनालाई थप चुपचाप गर्न लगाएका थिए । सन् २०२० मा प्रदर्शनकारी र आन्दोलनको विरुद्ध ब्राजील र नाइजेरियामा सुरक्षा अधिकारीले हिंसालाई बढावा दिएका थिए ।

“केहि नेताहरूले कोभिडलाई आफ्नै शक्ति समेट्ने अवसरको रूपमा देखेका छन् । जनतालाई समर्थन र सुरक्षा दिनुको सट्टा जनताको अधिकारलाई उन्मूलन गर्न यो महामारीलाई हतियार मात्र बनाइदिएका छन” महासचिव कालमार्डले थपिन्।

एम्नेटीका अनुसार स्वास्थ्य आपतकालमा महिला र आप्रवासी जस्ता समूहहरू विश्वको केही भागमा सीमान्तकृत भएका थिए । दशकौं देखिको विषाक्त नेतृत्वको परिणाम स्वरूप विद्यमान असमानताले जातीय अल्पसंख्यक, शरणार्थी, वृद्ध व्यक्ति र महिलालाई असमानतामा नकारात्मक असर पारेको छ ।

“हामी दुखको संसारमा सामना गरिरहेका छौं । महामारीको यस घडीमा सबैभन्दा भ्रममा परेका नेताहरूले समेत हाम्रो सामाजिक, आर्थिक र राजनीतिक प्रणाली भंग भएको छ भन्ने कुरालाई अस्वीकार गर्न संघर्ष गर्नुपर्ने हुन्छ” कालामार्डले भनिन्।

तपाइँको प्रतिक्रिया

फेसबुक