बुधबार, वैशाख १२, २०८१

फ्रान्समा कोरोना खोप उत्पादन शुरु

नेपाल प्लस२०७७ चैत २५ गते १८:१८

Photo-EFP via goodwordnews.com

आज बुधवारदेखि फ्रान्सले आफ्नै भूमीमा कोरोना भाईरसबिरुद्दको खोप उत्पादन शुरु गरेको छ । अमेरिकी फाईजर र जर्मनीको बायोएनटेक कम्पनीले आविस्कार गरेको खोपनै फ्रान्सले आफ्नो कारखानाबाट उत्पादन शुरु गरेको हो ।

फ्रान्सले बुधवारबाट कोरोना बिरुद्दको खोप बृहत्तररुपमा उत्पादन सुरु गरेको औषधि निर्माता र विकासकर्ता देलफार्मले घोषणा गरेको छ । फ्रान्समा यो खोपको उत्पादन कम्तिमा केन्द्रबाट शुरु गरिने छ । एक वर्षमा २५ करोड मात्रा उत्पादन गर्ने लक्ष्य लिईएको छ ।

यि खोपहरु फ्रान्सकालागि मात्रै नभएर अन्य देशमापनि पठाईने फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले उल्लेख गरेका छन् ।

खोपहरु बुधवार बिहानबाट सुरु भएको छ” एएफपीलाई देलफार्म समूहले बतायो । उत्पादित खोपलाई युर-ए-ल्वामा लगेर बोटलिङ गरिने राष्ट्रपती एमानुएल माख्रोंले आफ्नो ट्विटर मार्फत् पुष्टि गरेका छन् ।

“सन् २०२१ मा फ्रान्समा कोविड १९ खोपको २५ करोड डोज उत्पादन हुन्छ । यो हाम्रो लक्ष्य हो” एमानुएल माख्रोंले भने “यसलाई पुरा गर्न आज सँ-रेमी-सुर-आब्रमा रहेको देलफाम साइटमा उत्पादन हुने छ । पहिलो उत्पादन बायोटेक-फाइजर खोपबाट सुरु हुन्छ । सबै टोलीहरूलाई बधाई छ” उनले भने ।

बुधवार फ्रेन्च कारखानाबाट जर्मनी लगायतका ठाउँमा खोप बाहिरिएपनि तिनीहरू तुरून्त लगाइने छैनन् । किनकि उनीहरूलाई अनुमोदन गर्न लगभग एक महिना लाग्ने छ ।

फ्रान्समा उत्पादित वा बोटलिङ गरिएपनि ति खोप तुरुन्तै फ्रान्सेलीहरुले लगाउन पाउने भने छैनन् । किनकि खोपमा युरोपेली युनियनले कोटा पद्दती अपनाएको छ र त्यसलाई फ्रान्सलेपनि आदर गर्नुपर्ने छ । फ्रान्सले शुरुमा त्यो कोटा अन्तर्गत १५ प्रतिशत खोप पाउने छ । फ्रान्सले मोडेरना र जोनसन एण्ड जोनस कम्पनीको खोप पनि उत्पादन गर्ने यस अघिनै सार्वजनिक गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया